Friday, July 21, 2017  |    

ताजा अपडेट

पर्यटकीयस्थल २४ घण्टा खुल्ने व्यवस्था गर्न गृहमन्त्री शर्माको निर्देशन

साउन ५, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले पर्यटकीयस्थलहरु काठमाडौंका ठमेल, दरवारमार्ग तथा पोखरा २४ घण्टा खुल्ने निर्णय सरकारले गरिसकेकोले आवश्यक व्यवस्था…

यू–१९ विश्वकप छनोट, नेपालको लगातार दोस्रो जित, मलेसिया ५ विकेटले पराजित

काठमाडौं, ३ साउन । यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। सिंगापुर क्रिकेट क्लवको मैदानमा भएको खेलमा नेपालले मलेसियामाथि…

राष्ट्रिय

प्रधानन्यायाधीश कार्कीद्वारा खुलासाः ‘लोकमानलाई कारबाही नगर्न प्रधानमन्त्रीको दबाब

जेठ २१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानन्यायाधीश सुशीला कार्कीलाई लोकमानसिंह कार्कीको मुद्दा तत्काल फैसला नगर्न दबाब दिएको खुलासा भएको छ । प्रधानन्यायाधीश कार्कीले ‘नेपाल’ साप्ताहिकसँगको अन्तर्वार्तामा यो तथ्य सार्वजनिक गरेकी हुन् ।


तुइन भएको ठाउँमा झोलुङ्गे पुल बनाउने कार्य अन्तिम चरणमा

जेठ १८, काठमाडौं । आगामी साउनको अन्त्यसम्ममा तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापन गर्ने भएको छ। स्थानीय पूर्वाधार विकास तथा तथा कृषि सडक विभागले सबै तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको बताएको छ।


समाचार

यू–१९ विश्वकप छनोट, नेपालको लगातार दोस्रो जित, मलेसिया ५ विकेटले पराजित

काठमाडौं, ३ साउन । यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। सिंगापुर क्रिकेट क्लवको मैदानमा भएको खेलमा नेपालले मलेसियामाथि ५ विकेटको जित हात पारेको छ। उत्कृष्ट बलिङ गरेको नेपालको दोस्रो खेलमा पनि ब्याटिङको समस्या कायमै रह्यो। ५९ रनको झिनो लक्ष्य भेट्टाउन नेपालले ५ विकेट गुमाउनुपर्‍यो। टस जितेर बलिङको निर्णय गरेको नेपालले मलेसियालाई २५।५ ओभरमा ५९ रनमा समेटेको थियो। मलेसियाको इनिङमा कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। उसका लागि विरानदिप सिंह र हाइकल खैरले सर्वाधिक ९र९ रन बनाए। मलेसियाले पहिलो ओभरमा कुनै पनि रन जोड्न नसक्दै विकेट गुमाएको थियो। मलेसियाका कुनै पनि ब्याट्सम्यानले दोहोर अंक छुन नसक्दा नेपालले अत्तिरिक्त ११ रन दिएको थियो। उत्कृष्ट बलिङ गरेको नेपालका लागि कप्तान सन्दीप लामिछानेले आज पनि ५ विकेट लिए। सन्दीपले सिंगापुरविरुद्धको पहिलो खेलमा पनि ५ विकेट नै लिएका थिए। पवन सराफले ३ विकेट लिँदा सन्दीप सुनार र किशोर महतोले एकरएक विकेट हात पारे। ब्याटिङका नेपालको प्रदर्शन आज पनि कमजोर रह्यो। ५९ रनको झिनो स्कोर पछ्याउने क्रममा नेपालले ५ विकेट गुमायो। ओपनर सन्दीप सुनार व्यक्तिगत ६ रनमा आउट भए। अर्का ओपनर आसिफ सेखले २३ रन बनाए।


भूकम्प प्रभावितलाई कुहिएको खाद्यान्न

काठमाडौं, ३ साउन । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत उहिया, सिर्दिवास क्षेत्रका भूकम्प प्रभावित गाउँलेलाई बाटो बनाएबापत उपलब्ध गराइने खाद्यान्न कुहिएको फेला परेको छ । विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी० ले गोरेटो गोरखासँगको साझेदारीमा ती गाउँमा खाद्यान्न ९दाल र चामल० वितरणका लागि पुर्‍याएको थियो । खच्चरमार्फत खाद्यान्न ढुवानी गर्दा पानीले भिजेको र सुरक्षित ठाउँमा खाद्यान्न भण्डारण गर्न नसक्दा उहिया र सिर्दिवासका बासिन्दाले तोकिएको परिमाणानुसार खाद्यान्न पाउन सकेका छैनन् ।


अन्तरवार्ता

गन्तव्य

आन्तिरिक भ्रमण बर्षको नयाँ गन्तव्य टिष्टुङ बज्रवाराही

असार ४, काठमाडौं । सरकारले २०७३ लाई आन्तिरिक भ्रमण वष घोषणा गरेको छ । देशभित्र रहेका नयाँ पर्यटकीय गन्तव्यको खोजी र प्रर्वद्धनमा डोमेस्टिक पर्यटनले निकै महत्वपुर्ण भुमिका निर्वा गर्न सक्छ । त्यस्तै आन्तिरिक पर्यटककका लागि उपयुक्त गन्तव्य ठहरिन सक्छ मकवानपुरको टिष्टुङ बज्रवाराही । स्वस्थ्य वातावरणको खानि यो ठाँउ शरहरको धुलो र धुवाँ बाट एकछिन छुटकारा दिलाउन सक्छ । लिच्छविकालीन अभिलेखहरूको भण्डार मानिने यो क्षेत्र पछिल्लो समय पर्यटकीय आकर्षणको गन्तव्य बन्न थालेको छ ।


नारायणी किनार, ४३ लाखमा सौर्यबत्ती जडान

साउन, चितवन । चितवनको नारायणगढस्थित नारायणी नदी किनार पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको छ । सुन्दर रमणीय क्षेत्र र नदी किनारको मजा लिन सकिने भएकाले यहाँ अहिले आन्तरिक पर्यटकको दैनिक भीड हुने गरेको छ ।

 

ब्याक्तित्व

अरु त, त्यस्तै हो, टाउकोमा किताब राखेर नाङ्गै त्रिशुली नदी तरेको अझै याद आउँछ : मगर

असार २२, काठमाण्डौ । हो, हामी पनि स्कुल जान्थ्यौ । तर नलेखिएका ईतिहास जस्ता लाग्ने म र मेरा समकालिन साथीहरुको स्कुल जाने र आउने शैलीलाई अझैपनि कर्णाली अञ्चलका दुरदराजमा बस्ने नानीबाबुहरुले बिद्यालय जान अपनाउने गरेकै छन ।

खेलकुद

एएफसी यू–च्याम्पियनसिप छनोट खेलमा नेपालले यही शनिबार युएईसँग खेल्ने

असार २९, काठमाडौं । सन् २०१८ मा छिमेकी चीनमा एएफसी यूच्याम्पियनसिप आयोजना हुँदैछ। त्यसैको लागि अर्को हप्ताबाट छनोट चरणका खेलहरु सुरु हुँदैछन्। यसमा नेपालसहित कूल ४० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। छनोट चरणबाट छानिएका १६ टोलीले अन्तिम चरणमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

मनोरञ्जन

नृपेशको मुसाफिर

‘म त अलपत्रै पर्छु तिमी नभएको बेला मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला’ बैशाख १०, काठमाण्डौ । चलचित्र प्रेमगीतमा समावेश यो गजल निक्कै फिल्मी अवार्डहरुमा नोमिनेसनमा पर्यो । बरिष्ठ गजलकार डा. कृष्णहरी बरालले उत्कृष्ठ गीतकारको अवार्ड पनि हात पारे यहि गजलबाट । तर, कुनै पनि अवार्ड आयोजकले यो गजललाई गजल हो भनेर बुझेनन् अथवा गजल मान्न तयार भएनन्, गजल भनेर सम्बोधन गरेनन् ।

सुचना प्रबिधी

अब इन्टरनेट शुल्क कम हुने

असार १३ , काठमाडौं । इन्टरनेट सेवा प्रदायकले आगामी डेढ बर्षभित्र न्यूनतम ५ सय १२ केबीपीएस डाउनलोड गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा तीन सय ७७ रुपैयाँमा उपलब्ध गराउनुपर्ने भएको छ ।


लोकसेवाको सुब्बामा फारम भर्ने म्याद थपियो

माघ १८, काठमाडौं । लोकसेवा आयोगको वेबसाइटमा समस्या आएपछि नायब सुब्बा पदका लागि अनलाइन आवेदन फारम भर्ने म्याद थप गरिएको छ ।


भिडियोहरु

अझ बढी

ब्याबसायिक आवाज

टान चरम आर्थिक संकटमा फस्दै जानुमा मुख्य दोषि को ?

प्रबास

अमेरिकन विश्वविद्यालयमा आक्रमण, १३ को मृत्यु, दर्जनौ घाईते

भदौ ९, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा रहेको अमेरिकी विश्वविद्यालय आक्रमणमा १३ जनाको मृत्यु भएको छ । जसमध्ये ७ विद्यार्थी रहेको काबुल प्रहरीले जनाएको छ । हमलाको दस घण्टापछि विश्वविद्यालयमा हमलामा संलग्न दुई बन्दूकधारी सेनाको जवाफी कारवाहीका क्रममा मारिएका छन । आक्रमणकारीको खोजीमा जुटेको सुरक्षा निकायले भवनमा बन्द रहेका विद्यार्थी तथा विश्वविद्यालयका कर्मचारीलाई छोडेको थियो । काबुल प्रहरीका प्रमुख अब्दुल रह


विचित्र संसार

सुँगुर चढेर विवाह

विश्वमा निकै रोचक रोचक घटना घट्ने गर्दछ । चीनको बीजिंग गाउँमा बिवाह पश्चात दुलहीलाई सुँगुरमा चढाएर बिदा गरिएको छ ।


स्वास्थ्य

१० वर्षीया बालिकाको पेटमा ७ किलोको ट्युमर

असार २२, काठमाडौं । कान्ति बाल अस्पतालमा १० वर्षीया एक बालिकाको पेटबाट सात किलोग्रामको ट्युमर (गाँठो) शल्यक्रिया गरेर निकालिएको छ । प्यूठानको भेडाबारीकी ती बालिका ८ महिनाकी छँदै पेटमा गाँठो पलाएको थियो । उक्त गाँठो बिस्तारै बढ्दै गएको थियो ।