Thursday, November 21, 2019

यसवर्षको कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन मनाइने

प्रकाशित मिति: 2019/10/21

४ कार्तिक, काठमाडौँ । पञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको जानकारी गराएको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गरी समितिले कात्तिक १० गते कुकुर तिहार र लक्ष्मीपूजा परेको जानकारी दिएको हो ।

कार्तिक ८ गतेदेखि सुरु हुने तिहारको पहिलो दिन यमदीपदान, कार्तिक ९ गते शनिबार कागतिहार पर्ने सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताएका छन् । हरेकजसो तिहारमा गाईपूजा र लक्ष्मीपूजा एकै दिन पर्ने भए पनि यो वर्ष भने कुकुर तिहारको दिन परेको हो ।

त्यस्तै कार्तिक ११ गते गाईगोरु पूजा, म्हपूजा पर्ने भनिएको छ ।

तर नेपाल सम्वतको प्रारम्भ भने कार्तिक १२ गतेमात्र हुनेछ । म्ह पूजाको दिन नै नेपाल सम्वत प्रारम्भ हुने भए पनि यस वर्ष भने म्हः पूजाको भोलिपल्टदेखि नेपाल सम्वतको नयाँ वर्ष ११४० प्रारम्भ हुनेछ । भाइटीका कार्तिक १२ गते पर्ने र शुभसाइत दिनको ११ः५५ मा रहेको समितिका सदस्य सचिव ढुंगेलले जानकारी दिएका छन् ।

तपाईंको बिचार