Sunday, August 25, 2019

६ साउनबाट ढाका उड्ने भयो हिमालय एयरलाइन्स

प्रकाशित मिति: 2019/07/11

असार २६ , काठमाडौं । हिमालय एअरलाइन्सले ६ साउनबाट नेपालबाट बंगलादेशको राजधानी ढाकामा सिधा उडान गर्ने भएको छ ।

निजी लगानीको नेपाली अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले १५० इकोनोमी क्लास र ८ प्रिमियम इकनोमी क्लास सीट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ बाट उडान थाल्न लागेको जानकारी दिइएको छ ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले ढाका उडानले छिमकी मुलुकहरुबीच नेपालको पर्यटन र अन्य व्यवसाय प्रवद्र्धनमा टेवा पुर्‍याउने बताए । ‘दुई देश बीचको सम्बन्धलाई अझै मजबुत बनाउँदै यस सञ्जालले नेपाल र बंगलादेश बीच व्यावसायिक अवसर सिर्जना गर्नेछ’ उपाध्यक्ष श्रेष्ठले भने । यो उडानले मध्यपूर्वी मुलुक र बंगलादेश बीच पूलको रुपमा काम गर्ने विश्वास कम्पनीको छ ।

बंगलादेश धेरै नेपाली विद्यार्थी भएको मुलुक पनि हो । बंगलादेशबाट पनि ठूलो संख्यामा पर्यटन नेपाल भ्रमणमा आउने गरेका छन् । हिमालय एअरलाइन्सले मध्यपूर्वी एसियाका गन्तव्य दोहा, दुबई÷आबुधावी र दमाममा उडान गरिरहेको छ ।

तपाईंको बिचार