Thursday, July 18, 2019

त्रिभुवन विमानस्थलमा यति एयरको जहाज चिप्लियो

प्रकाशित मिति: 2019/07/12

असार २७, काठमाडौं ।  ६६ यात्रु चालक र तीन जना चालक बोकेको यति एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएर  भएको छ ।

नेपालगञ्जबाट आएको यति एयरको उडान नम्बर एनवाइटी–४२२ को एटीआर जहाज अवतरणको क्रममा शुक्रबार बिहान ११ बजेर ५ मिनेट जाँदा धावनमार्गबाट चिप्लिएको हो। 

विमानस्थल प्रवक्ता प्रताप तिवारीका अनुसार जहाजका दुई यात्रु सामान्य घाइते भएका थिए भने अरूलाई सकुशल उद्धार गरिएको थियो।

धावनमार्गमा जहाज चिप्लिएपछि अहिले विमानस्थलमा उडान र अवतरण बन्द भएको छ।

तपाईंको बिचार