Monday, October 21, 2019

हिमालय एयरलाइन्सको संस्थागत नयाँ लोगो सार्वजनिक

प्रकाशित मिति: 2019/09/29

असोज १२, काठमाडौं । नेपालको निजि क्षेत्रबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको हिमालय एयरलाइन्सले आफ्नो संस्थागत नयाँ लोगो सार्वजनिक गरेको छ । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच रणनीतिक योजनासँगै एयरलाइन्सले नयाँ संस्थागत लोगो सार्वजनिक गरेको हो । एयरलाइन्सलाई क्रमिक रुपमा विकास गर्दै अगाडी लैजानेक्रममा बल, सामन्जस्यता र शान्तिको अंकित गर्ने लोगो सार्वजनिक गरेको छ ।

संस्थाका प्रेसिडेन्ट झो एन्योङ र भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले लोगो सार्वजनिक गरेका हुन् । कार्यक्रममा एयरलाइन्सकी ब्राण्ड एण्ड सर्भिस विभागकी प्रमुख उज्ज्वला दलीले एयरलाइन्सको नयाँ लोगोको बारेमा जानकारी दिएकी थिइन् ।

हिमालयको नयाँ लोगोको व्याख्या
हिमालय एअरलाइन्सको नयाँ लोगोले ‘हिमालय’ मा भएको तीनवटा अंगे्रजी अक्षर  ‘ए’ को संयोजनले उड्दै गरेको चीललाई चित्रित गर्दछ । चील हिमालय श्रृंखलामा पाइने पंक्षी हो र यसलाई दृढता र साहसको प्रतिक मानिन्छ जसले हिमालय एअरलाइन्स्को धेरै उचाईमा उड्न सक्ने साखलाई संकेत गर्दछ । त्यस्तै, लोगोमा उल्लेख गरिएको हिमालले हिमालय एअरलाइन्सको नाम र स्थान व्याख्या गर्दछ । 

त्यसैगरी, लोगोमा प्रयोग भएको निलो, सेतो र सुन्तला रंगहरुको संयोजनले ‘एकीकृत र मेलमिलाप’ को भावलाई प्रतिनिधित्व गर्दछ । निलो रंगले आकाशलाई प्रतिनिधित्व गर्दछ, जसको अर्थ हो भद्र, शिष्ट र विश्वसनीयता । सेतो रंगले हिउ“ले भरिएको पहाडलाई प्रतिनिधित्व गर्दछ, जसको अर्थ हो पवित्र, शान्ति र पारदर्शिता । त्यसैगरी सुन्तला रंगले जनता र उत्पादकत्वलाई प्रतिनिधित्व गर्दछ, जसको अर्थ हो शुभ, सक्रिय र प्रगति । यो संयोजनले हिमालय एअरलाइन्सको संस्थागत मूल्यमान्यतालाई वास्तविक रुपमा प्रतिबिम्बित गर्दछ । 

हिमालय एअरलाईन्सको बारेमा
नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउ“दै आएको निजी वायुसेवा कम्पनी हो । ‘हिमालय’ शब्दले नेपालको पहाडहरुलाई संकेत गर्दछ, जुन देशको नाम उ“चो बनाउन प्रतिबद्ध छ, त्यसरी नै हिमालय एअरलाइन्स् उच्च उडान लिएर आफ्नो नामलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आकांक्षा राख्दछ । सुरक्षा, भरपर्दो सेवा र समयमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यस एअरलाइन्स्ले नेपालमा आफ्नो उच्च पहिचान कायम गरिसकेको छ ।

एउटा विमान र एउटा गन्तव्यबाट आफ्नो काम सुरु गरेको एअरलाइन्स्ले तीन बर्षको छोटो अन्तरालमै आफ्नो स्वामित्वमा तीनवटा ए३२० जहाज कायम गर्न र पा“चवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । एयरलाइन्स्ले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहाको लागि भरेको थियो र तत्पश्चात विभिन्न एसियाली मुलुकहरुमा आफ्नो सञ्जाल विस्तार गरेको र हालै सन् २०१९ मा युएईको आबुधावी र बंगलादेशको ढाकालाई आफ्नो सञ्जालमा जोडेको छ । अहिले हिमालय एयरलाइन्स्ले अबुधाबी, दमाम, दोहा, ढाका र क्वालालम्पुरमा उडान सेवा भर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने एक मात्र एयरलाइन्स् हिमालय एयरलाइन्स हो । 

८ प्रिमियम इकोनोमी क्लास र १५० इकोनोमी क्लास सीट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी एयरक्राफ्टले सेवा उपलब्ध गराउ“दै आएका छन् । साथै निकट भविष्यमा नै ल्हासा जस्ता उच्च स्थानमा उडान भर्नका निम्ति एअरलाइन्स्ले ए ३१९ जहाज खरिद गर्ने योजना पनि बनाएको छ । चीनसँग सञ्जाल विकास गर्ने विचार गरी एयरलाइन्स्ले बेइजिङमा पहिलो उडान सुरुवात गर्ने छ र क्रम्शैस् चाङसा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र शेन्जेङ्गमा विस्तार गर्नेछ । 

व्यावसायिक रुपमा काम सुरु गरेको एक बर्षमै हिमालय एयरलाइन्स्ले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड ९साटा०को ‘लिडिङ न्यू इन्टरनेशनल एयरलाइन्स् इन साउथ एसिया’ अन्तर्राष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो । यस अवार्डले गुणस्तरीय सेवाको विकास र सञ्जाल विस्तारमा एयरलाइन्स्ले गरेको अथक प्रयासको सम्मान गरेको छ र आगामी दिनमा उड्डयन क्षेत्रमा हिमालय एयरलाइन्सलाई अझै परिस्कृत गर्दै लैजान उर्जा प्रदान गरेको छ । हाम्रो टोली बहुसांस्कृतिक र विविध पृष्ठभूमिबाट निर्मित छ र ‘अथिति देवो भवः’ ग्राहक नै भगवान भन्ने बर्षौं पुरानो परम्परालाई मनन् गर्दै विशुद्ध नेपाली सत्कारसहित उच्च गुणस्तरीय ग्राहक सेवा उपलब्ध गराउन प्रतिबद्ध छ ।

डक्सिङ विमानस्थलमा उडान गर्न स्लट पायो 
केहि दिन अघि मात्र संचालनमा आएको संसारकै ठूला विमानस्थलमध्ये एक बेइजिङको डक्सिङ विमानस्थलमा उडान गर्न नेपालको हिमालय एयरलाइन्सले स्लट प्राप्त गरेको छ । चीनका विभिन्न शहरमा उडानको तयारी गरिरहेको उक्त एयरलाइन्सले बेइजिङको नयाँ विमानस्थलमा स्लट प्राप्त गरिसकेको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

विमानस्थलले वायुसेवा कम्पनीलाई उडान तथा अवतरणका लागि उपलब्ध गराउने समयलाई स्लट भनिन्छ । डाक्सिङमा दैनिक एक उडान गर्ने गरी स्लट प्राप्त भएको उनले बताए ।

कम्पनीले करिब एक महिनापछि चीनमा उडान विस्तारको योजना बनाएको छ । हिमालयले चीनमा उडान बिस्तार गर्न सके त्यो नेपाली कम्पनीको प्रतिनिधित्व गर्ने एक मात्र कम्पनी हुनेछ । 

मलेसियामा पुनः उडान शुरु गर्ने
मलेसियाको रोजगारी खुलेसँगै हिमालय एयरलाइन्सले मलेसियामा उडान विस्तार गर्ने भएको छ । मलेसियामा यस अघि नै उडान गरेको कम्पनीले मलेसियाको रोजगारी बन्द भएपछि उडान कटौती गरेको थियो ।

तपाईंको बिचार