Tuesday, February 18, 2020

पर्यटन बर्ष प्रबद्र्धनका लागि एनएसीका जहाजमा भ्रमण वर्षको लोगो

प्रकाशित मिति: 2019/11/25

९ मंसिर, काठमाडौं । नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार तथा प्रबद्र्धनका लागि नेपाल वायुसेवा निगमले आफ्ना सबै जहाज र अन्य सवारीसाधनमा नेपाल भ्रमण वर्षको लोगो राख्ने भएको छ । यो निर्णयले भ्रमण बर्षको प्रबद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने बिश्वास गरिएको छ ।

निगमका सहप्रवक्ता सुलेख मिश्रका अनुसार नेपाल सरकारद्वारा घोषित नेपाल भ्रमण वर्षलाई सफल बनाउन रणनीतिक कार्ययोजनालाई थप परिष्कृत एवम् परिणाममुखी बनाउने निर्णय गरेको छ ।

उहाँका अनुसार निगमले डिजिटल मिडिया सेलवाट फेसबूक, ट्विटर, ईन्स्ट्रग्राम र यूट्युवमा पर्यटनसम्वन्धी सामग्री प्रसारण गर्ने निर्णयसमेत गरेको छ । साथै केन्द्रीय कार्यालयस्थित विक्री कक्ष राती ८ बजेसम्म खूल्ला राख्ने निर्णय समेत गरेको छ । यसले पर्यटकलाई निकै सजिलो हुने निगमले जनाएको छ ।

 

तपाईंको बिचार