Friday, October 20, 2017

त्रिभुवन विमानस्थलको काम अझै अघि बढ्न सकेन

प्रकाशित मिति: 2017/03/02

फागुन १९, काठमाडौं । स्पेनिस कम्पनी सान्जोसेले त्रिभुवन विमानस्थलमा निर्माणको काम रद्द भएपछि त्यस ठाउँमा राखिएको सामाग्री नहटाउँदा नयाँ टेन्डरको लागि समस्या देखिएको छ । 

निर्माणका क्रममा रहेका सान्जोसेका केही सामान त्यहीँ नै छन् । ती सामानहरुको भ्यालुएसन के कसरी गर्ने भन्ने विषयमा नागरिक उड्डयन प्राधिकरण र सान्जोसेवीच छलफल हुन सकेको छैन । सान्जोसेका सामानलाई के कसरी व्यवस्थापन गर्ने भन्ने समस्या परेको छ । ठेक्का रद्द भएपछि निर्माण कम्पनीले सामानहरु त्यहीँ छाडेर हिँडेको हो ।

एसियाली बिकास बैंक (एडीबी) ले प्राधिकरण्लाई यसको टेन्डर छिट्टै निकालेर काम अघि बढाउन आग्रह गरिरहेको छ । तर, प्राधिकरणले भने फेब्रुअरीको ७ तारिखमै टेन्डर खोल्ने भनेर तयारी गरेको भए पनि हालसम्म टेन्डर खोल्न सकेको छैन । एसियाली बिकास बैंकका अनुसार सान्जोसेले विमानस्थल विस्तार कार्यको १७.४ प्रतिशत मात्रै काम सम्पन्न गरेको छ ।

सान्जोसेले सन् २०१६ को अन्त्यसम्ममा ८२ प्रतिशत काम सक्नुपर्दथ्यो । तर, १७ प्रतिशत मात्रै काम सकेकाले यसको सम्झौता नै खारेज भएको छ । यस आयोजनामा एसियाली बिकास बैंकको सहयोग छ । कुल ८० लाख अमेरिकन डलर बराबरको यो सहयोगमा ७० लाख ऋण र १० लाख अनुदानका रुपमा उपलब्ध गराइएको छ ।

तपाईंको बिचार