Friday, July 21, 2017  |    

गोमा एयर दुर्घटनाका सहायक पाइलट मानन्धरको मृत्यु

प्रकाशित मिति: 2017/05/28

सोलुखुम्बु । सोलुखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको जहाज दुर्घटना हुँदा गम्भीर घाइते सहायक पाइलट सृजन मानन्धरको पनि मृत्यु भएको छ ।

गम्भीर घाइते अवस्थामा लुक्ला अस्पतालमै उपचार गराइरहेका मानन्धरको शनिबार अबेर राति मृत्यु भएको हो । शनिबार दिउँसै थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएपनि मौसमका कारण हेलिकोप्टर उडान हुन नसकेपछि उनको उपचार लुक्लामै भइरहेको थियो ।

पाइलट पारसकुमार राईको उपचारकै क्रममा शनिबारै मृत्यु भएको थियो । यता एयर होस्टेज प्रज्ञा महर्जनको स्वास्थ्य भने खतरामुक्त रहेको अस्पतालले जनाएको छ । दुर्घटनाका घाइते एयरहोस्टेज प्रज्ञा महर्जनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । उनलाई हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको हो ।

तपाईंको बिचार