Saturday, December 16, 2017

बाजुराको कोल्टीमा नेपाली सेनाको जहाज दुर्घटना

प्रकाशित मिति: 2017/05/30

जेठ १६, काठमाडौ । काठमाडौंबाट सामान लिएर गएको कल साइन एन ए ०४८ को नेपाली सेनाको जहाज अवतरण गर्ने क्रममा बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना भएको छ। 

सिमीकोटमा अवतरण गर्ने भनिएपनि मौसम खराबी भएका कारण कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा जहाज दुर्घटना भएको प्रहरीले बताए।  विमानमा चालक दलका सदस्य मात्र भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। घटनास्थलमा नेपाली सेना र प्रहरी उद्धारको लागि पुगिसकेका छन्।

तपाईंको बिचार