Friday, December 15, 2017

नागरिक उड्ययन प्राधिकरणको चेतावनीपछि भैरहवा एयरपोर्ट निर्माणले लियो गति

प्रकाशित मिति: 2017/06/08

 जेठ २५, काठमाडौं । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले गति लिएको छ। नेपाल नागरिक उड्ययन प्राधिकरणले ठेक्का तोड्ने चेतावनी दिए पछि चिनियाँ निर्माण कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन कन्सट्रक्सनले कामको गति बढाएको हो। 
 
निर्माण कार्यमा ढिला गरेको भन्दै प्राधिकरणले ६ पटकसम्म कम्पनीलाई ठेक्का तोड्ने चेतावनी दिएको थियो। चिनियाँ कम्पनीले काममा अवरोध गरेपछि पूर्वप्रधानमन्त्री  एवं नेकपा एमालेका नेता झलनाथ खनालका छोरा निर्भिकको कम्पनी नर्थवेष्ट डेभलपमेन्ट नेपाल इन्फ्रा प्रालिलाई चैतमा पेटी ठेकेदारबाट हटाएको थियो। त्यसपछि पनि एयरपोर्ट निर्माणले गति लिन सकेन। निर्भिकको कम्पनीले एक पछि अर्को बखेडा झिकेर काममा अवरोध गरेको थियो। साथै प्राधिकरणले भने तत्काल काम अघि नबढाएर ठेक्का तोड्ने चेतावनी सहित चिनियाँ पक्षलाई दबाब दिँदै आएको थियो। 

अहिले लफडा केहि कम हुनेवित्तिकै चिनियाँ कम्पनीले कामको गति बढाएको हो। बर्षा सुरु हुनु अगावै विमानस्थलको पूर्वाधारको कामका लागि चाहिने निर्माण सामाग्रीको जोहो गर्न कम्पनी जुटेको छ। 

तपाईंको बिचार