Saturday, November 18, 2017

अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्पेनीस कम्पनीले नबनाएपछि चिनियाँ कम्पनीलाई

प्रकाशित मिति: 2017/11/03

काठमाडौं । नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजना अन्तर्गत धावन मार्ग विस्तारको जिम्मा चिनियाँ कम्पनी साङ्सी कन्स्ट्रक्सनलाई दिइएको छ । प्राधिकरणले धावन मार्ग ३ सय मिटर विस्तारको लागि आह्वान गरिएको ग्लोवल टेन्डरमा चिनियाँ साङ्सी कन्स्ट्रक्सन कम्पनीले पाएको हो । 

गत वर्ष आयोजनाको ठेक्का पाएको स्पेनीस कम्पनी कन्स्ट्राक्टोरा सान्जोसेसँग ठेक्का सम्झौता तोडिएसँगै सबै काम ठप्प भएको थियो । चिनियाँ कम्पनीले कोटेश्वर तर्फ ३ सय मिटर धवन मार्ग विस्तार गर्ने छ । १८ महिनामा सम्पन गर्ने लक्ष्य राखिएको एनसीभी ०१ प्राजेक्टको लागत झन्डै ५९ करोड रुपैयाँ रहेको छ । विस्तारपछि धावनमार्गको लम्बाइ ३३५० मिटर हुनेछ । हाल लम्बाइ ३०५० मिटर र चौडाइ ६० मिटर रहेको छ ।

तपाईंको बिचार