Saturday, November 18, 2017

भैरहवामा नेपाल एयरलाइन्सको विमान दुर्घटना

प्रकाशित मिति: 2017/11/06

भैरहवा। भैरहवामा नेपाल एयरलाइन्सको विमान दुर्घटना भएको छ । ल्याण्ड गर्ने क्रममा नेपाल एयरलाइन्सको ९ एकेएफ जहाज दुर्घटना भएको हो । जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको बाँया पट्टीको टायर पंचर भएको विमानस्थलका प्रमुख सिसेल चित्रकारले जानकारी दिए ।

उनका अनुसार जहाजमा दुई जना पाइलट मात्र थिए । उनीहरु दुवै जना सकुशल छन् । जहाज रनवे देखि एक मिटर छेउमा गएको छ । पाइलटले पश्चिमबाट पूर्वतर्फ ल्याण्ड गरेका थिए । रनवेमा जहाज दुर्घटना भएपछि अहिले उडान प्रभावित भएको छ । 

तपाईंको बिचार