Saturday, November 18, 2017

कतार एयरवेजले विशेष छुटका साथै २०औं वर्षगाँठ मनायो

प्रकाशित मिति: 2017/11/07

काठमाडौं । कतार एयरवेजले नेपालमा उडान गरेको २०औं वर्षगाँठ बौद्ध स्तुपामा दीप प्रज्वलन गरि मनाएको छ । पर्यटनमन्त्री तथा नागरिक उड्डायनमन्त्री जितेन्द्र नारायण देवले कतार एयरवेजका २० जना ट्राभल एजेन्टसँगै स्तुपामा दीप प्रज्वलन गरि कम्पनीको वर्षगाँठको शुभारम्भ गरेका हुन् । 

कार्यक्रममा बोल्दै कतार एयरका कन्ट्री म्यानेजर जयप्रकाश नायरले कतार एयरवेजको यात्राको बारेमा प्रकाश पारेका थिए । उनले नेपालमा अझै कसरी कम्पनीले यात्रुहरुलाई सहज रुपले सेवा दिन सकिन्छ भन्नेबारेमा आफूहरु लाग्ने बताए ।

२०औं वर्षगाँठको अवसरमा एयरवेजले विजनेश र इकोनोमी दुवै टिकटमा विशेष छुट दिनुको साथै २० जना भाग्यशाली यात्रुलाई गोल्ड क्लवको सदस्य र टिकटमा ५० प्रतिशतसम्म छुट दिने आफर गरेको छ ।

साथै कतार एयरवेजले १ नोभेम्बर २०१७ देखि ३१ अक्टोबर २०१८ सम्म, एक वर्षका लागि आफ्ना विशेष ग्राहकका लागि विजनेश कक्षको एउटा टिकट किन्दा अर्को एउटा निशुल्क र इकोनोमी कक्षको दुई वटा टिकट किन्दा एउटा निशुल्क दिने अफर पनि ल्याएको छ ।

तपाईंको बिचार