Saturday, December 16, 2017

जुफाल विमानस्थल संचालनमा

प्रकाशित मिति: 2017/11/15

काठमाडौं । सीता एयरले डोर्नियर डिओ–२२८ रजिस्ट्रेशन ९ एन–एएचबी विमानद्धारा आज नेपालगञ्ज विमानस्थलबाट उडान गरि जुफाल विमानस्थल, डोल्पामा सफलतापूर्वक परिक्षण उडान अवतरण गरेको छ ।

सफल परीक्षण उडानको नेतृत्व पाइलट रबिन गौचन र पाइलट किशोर भट्टचनले गर्नु भएको थियो भने साथमा एफ÷ओ अबिन गौचन, परिचारिका नविना बिष्ट र नागरिक उड्ड्यन प्राधिकरणका अधिकारी पनि रहनु भएको थियो।

सीता एयरले हाल नेपालगंज विमानस्थलबाट डोर्नियर डिओ–२२८ विमानबाट सुर्खेत, सिमिकोट र जुम्ला विमानस्थलमा उडान गर्दै आइरहेको छ भने काठमाण्डौबाट लुक्ला उडान गर्दछ। सीता एयरले आजको सफल परिक्षण उडान पछि जुफाल विमानस्थल, डोल्पामा नियमित व्यवसायिक उडान सुरु गर्ने तयारी गर्दैछ।

डोल्पाका स्थानीयहरूको लागि हवाई यात्रा यातायातको एकमात्र माध्यम हो । विमानस्थलको धावनमार्ग कालोपत्र गरिए पछि विभिन्न निजी विमान कम्पनीहरुले डोल्पा उडानमा रुचि राखेर सेवा विस्तारमा ध्यान दिन थालेसँगै डोल्पावासीको नेपालको अन्य भुभागसम्मको यात्रा सहज हुदै जानेछ भने डोल्पाको पर्यटन विकाशमा पनि यसले ठुलो टेवा पुऱ्याउने छ ।

तपाईंको बिचार