Tuesday, June 19, 2018

हुस्सुले उडान प्रभावित

प्रकाशित मिति: 2017/12/19

काठमाडौं । हुस्सुले भैरहवा, सिमरा, जनकपुर र विराटनगरमा चार दिनदेखि हवार्इ उडान प्रभावित भएको छ।  विराटनगरको लागि भने दिउँसो चारदेखि पाँच घण्टा फ्लाइट संचालन भइरहेको छ । 

हिजो दिउँसो १ बजे देखि ५ बजेसम्म विराटनगरको फ्लाइट भएको थियो, पूर्वमा भन्दा पश्चिमी क्षेत्रको उडानमा प्रभाव परेको छ र यात्रु मर्कामा परेका छन्, । हरेक वर्ष जाडो मौसममा हुस्सुका कारण एक महिना हवार्इ उडान प्रभावित हुँदै आएका छ । विशेष गरि नेपालगन्ज, भद्रपुर, भरतपुर, सिमरा, धनगढी लगायतका तरार्इ क्षेत्रमा हवार्इ उडान रद्द भएको छ ।

भैरहवामा उडान नभएको तीन दिन भइसक्यो भने अरु स्थानमा पनि भिजिविलिटी हेरेर उडान भइरहेको छ । 

तपाईंको बिचार