Sunday, March 24, 2019

आकाशमै आगो लागेर खाली मैदानमा खस्यो विमान, पाइलटसहित १२ जनाको मृत्यु

प्रकाशित मिति: 2019/03/10

फागुन २६, काठमाडौं । कोलम्बियामा विमान दुर्घटनामा भएको छ । शनिवार राति भएको विमान दुर्घटनामा विमान चालकसहित १२ जनाको मृत्यु भएको हो ।  

कोलम्बियाका नागरिक सुरक्षा आपत सेवाले ट्विट गर्दै दुर्घटनाको जानकारी दिएको छ । कोलम्बिया सरकारको अनुसार ‘द डगलस डीसी –थ्रि’ विमान देशको मध्य पूर्व क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

विमान सान जोश देल गुआवियारे र विल्लाविन्सेसियोको लागि उडान भरिरहेको जनाइएको छ ।  दुर्घटनामा तरैरा नगरपालिकाका मेयर, उनका पति र छोरी, विमान चालक र को–चालक, एक उड्डयनविद् लगायतको मृत्यु भएको छ ।
             
कोलम्बियाका राष्ट्रपति इवान डकले दुर्घटनामा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

कोलम्बियाका आपतकालिन नागरिक रक्षाका अधिकारीका अनुसार विमान इन्जिन फेल भएको कारण दुर्घटना भएको हो ।  एजेन्सी

तपाईंको बिचार