Sunday, March 24, 2019

निगमको वाइ–१२ विमानको पुनः उडान सुरु

प्रकाशित मिति: 2019/03/15

१ चैत्र, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाई–१२ विमानले पुनः उडान सुरु गरेको छ । विमानचालक ९पाइलट० अभावले डेढ महिनादेखि थन्केर बसेकोे उक्त विमानले आज काठमाडौँ–दाङ दोहोरो उडान गरेको हो ।

बिरामी बिदामा बसेका पाइलट निपेन्द्र भट्टराई पुनःकाममा फर्किएपछि उक्त विमानले उडान गर्न सुरु गरेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।

निगमले वाई–१२ विमानकै अर्का पाइलट उद्धव घिमिरेलाई ए–३२० को प्रशिक्षणमा पठाएको विरोधमा दुई पाइलट गत माघ २९ गते ९जनवरी ३१० बाट बिरामी बिदामा बसेका कारण निगमका तीन विमान ग्राउन्डेड भएको बताइन्छ ।

आन्तरिक विवादका कारण लामो समयदेखि बिरामी बिदामा बसेका दुई पाइलट भट्टराई र सञ्जय बादे फागुन १३ र १६ गते नै काममा फर्केका थिए । उनीहरू २० दिनभन्दा बढी बिदामा बसेका कारण विमान उडाउनुभन्दा पहिले स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले उडान गर्न पाएका थिएनन् ।

यसअघि ‘पाइलट प्रोफिसियन्सी चेक ९पीपीसी०’ को म्याद सकिएकाले नवीकरणका लागि पाइलट आङनुरी शेर्पा चीन जाने भएका छन् । प्रशिक्षक पाइलटसमेत रहेका शेर्पाको पीपीसी नवीकरण नहुँदा नयाँ थप गरिएका दुई पाइलट पनि कामविहीन भएका छन् । निगमका सहायक प्रवक्ता कोइरालाका अनुसार शेर्पा एक सातापछि पीपीसी नवीकरणका लागि चीन जाँदै छन् । उनी फर्किएपछि नयाँलाई तालिम दिने योजना बनाइएको थियो ।

डेढ महिनाको अवधिमा पाँच क्याप्टेन तयार भई वाई–१२ का सबै विमान सञ्चालनमा ल्याइने योजना छ । निगमसँग वाई–१२ चिनियाँ कम्पनीका चार विमान रहेकामा एक प्राविधिक परीक्षणमा छ भने बाँकी तीन विमानमा पाइलटको वैकल्पिक व्यवस्था गरेर भए पनि उडान गर्ने बताइएको छ । रासस

तपाईंको बिचार