Saturday, September 23, 2017

झोलामा मुटु बोकेर जिम प्रशिक्षण

प्रकाशित मिति: 2016/07/19

साउन ४, काठमाडौं । मुटु फेलियरपछि कृत्रिम मुटु जडान गरेका एक बडिबिल्डर कृत्रिम मुटु बोकेर आफ्नो नियमित काममा फर्किएका छन् ।  उनि झोलामा कृत्रिम मुटु बोकेर  जिमखानामा प्रशिक्षण दिइरहेका छन् ।

अमेरिकाको कनेक्टिकटका एन्ड्रिउ जोन्स दर्गुर्ने क्रममा सन् २०१२ मा श्वास फेर्न गाह्रो भएको थियो ।  त्यसपछिचिकित्सकले उनलाई कार्डियोमायोपेथी (मुटुको मांशपेशीसम्बन्धि बंशानुगत रोग) को उपचार भयो, जसका कारण हिडडुल गर्न पनि सकेनन् । 
केही महिनापछि चिकित्सकले उनलााई मुटु प्रत्यारोपण गर्न सुझाब दिए । प्रत्यारोपण नभएमा मृत्यु हुने खतरा बढ्यो । प्रत्यारोपण गर्ने मुटुको अभावमा उनी झोलामा पछाडि कृत्रिम मुुट जडान गरेका छन् । मृत्युको मुखबाट बचेका उनी पुनः जिममा फर्किएका छन् ।

आफूलाई अहिले निकै कठिनाई भएको उनी गुनासो गर्छन् । ‘श्वास फेर्न, खान सुत्न साहै समस्या भएको छ,’ उनी भन्छन् । यही रोगले आफूलाई डिप्रेसन र शारीरिक पीडा ल्याएको उनी बताउँछिन् ।

उनी १० मिनेट भन्दा बढी उभिन सक्दैनथे । ‘किचन जानु मेरा लागि सबैभन्दा ठूलको पीडा थियो । भ्याङ चढेर माथिल्लो तलामा जानुपथ्र्यो । न त लुगा लगाउन सक्थे । मेरो जीवन साहै्र पीडादायी थियो ।

कार्डिओमायोप्याथीका मुटुको संरचनालाई अशर गर्ने र शरिरमा रगत पम्प गर्ने क्षमतामा हस ल्याइदिन्छ । सोही समस्याले उनी हिँडडुल गर्ने नसक्ने भएका थिए ।

तर, कृत्रिम मुटुको प्रत्यारोपणपछि उनमा बिस्तारै सुधार आएको छ । उनी जिम तालिममा फर्किएका छन् ।

उनले बोकेको कृत्रिम मुटुका दुई ओटा ट्युब छन् । सो ट्युब एउटा मेसिनमा जडान गरिएको छ, जुन मेसिन झोलाभित्र राखिएको छ ।

मेसिनले भेन्ट्रिकल (ह्दयको नजिकको कोष) दबाबपूर्ण हावा प्रदान गर्छ । ताकी शरिरलाई रगत पम्प गर्न सहयोग पुरयाउँछ । उनले जिमखानामा आउने मानिसलाई तालिम प्रदान गरिरहेका छन् । ‘म उही पुरानो एन्ड्रिउ हुँ । जिमखानाको मोहका कारण अहिले पनि उत्साहका साथ तालिम प्रदान गरिरहेको छु,’ उनले भने ।

जोन्सले हर्टस एत लार्ज नामक आफ्नै चेरिटी खोलेका छन् । मुटुको डोनेसनमा सचेतना ल्याउन इस्टरग्राममा यस्तो सचेतना अभियान चलाएका हुन् । उनको यस अभियानमा १४०० फलोअर छन् ।
 एजेन्सिको सहयोगमा 

तपाईंको बिचार