Monday, May 29, 2017  |    

परिपक्व महिला बन्नको लागि पुरुष यौनकर्मीसँग सम्बन्ध राख्नुपर्ने

प्रकाशित मिति: 2016/07/25
 फाइल फोटो
फाइल फोटो

साउन १० । दक्षिण पूर्वी अफ्रिकी देश मलावीमा बालिकाले परिपक्व महिला हुनका लागि पुरुष यौनकर्मीसँग यौन सम्बन्ध राख्नुपर्ने अनौठो चलन रहेको छ ।  
स्थानीय भाषामा ‘हायना’ भनिने पुरुष यौनकर्मीसँग गरिने यौन सम्बन्धलाई बल्तकार नठानिने बीबीसीको समाचारमा उल्लेख गरिएको छ । स्थानीयहरुले यस्तो संस्कारलाई महिलाको ‘शुद्धिकरण’ को रुपमा लिने गरेका छन ।  

संस्कारका नाममा बालिकासँग यौनसम्बन्ध राख्दा कण्डमको प्रयोग गर्न दिँइदैन र यो कुरा भन्न पनि दिँइदैन। त्यसैले यो संस्कारका कारण एड्स र यौन रोगहरू फैलने खतरा रहेको बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।  संयुक्त राष्ट्रसंघका अनुसार मलावीमा १० जना मध्ये १ महिला या पुरुष एसआईभी संक्रमित हुने गरेका छन्।

दक्षिणी मलावीको नीसाँजे जिल्लामा आफ्ना छोरीको शुद्धिकरणको लागि यौन सम्पर्क गर्न हायनालाई भाडामा बोलाउने गर्छन्। शुद्धिकरणको समयमा यदि कोही पुरुषको मृत्यु भएमा उनकी श्रीमती समेत आफ्नो श्रीमानको दाहसंस्कार गर्नुअघि ‘हायना’ सँग सुत्नुपर्छ। यदि कुनै महिलाको गर्भपतन भयो भने उसलाई पनि ‘यौन शुद्धिकरण’ को लागि त्यही प्रकृया बेहोर्नुपर्ने समाचारमा उल्लेख छ।

सबैभन्दा अनौठो कुरा त यो छ की त्यहाँका बालिका पहिलो महिनावारी हुनासाथ उनीहरूलाई ‘शुद्धिकरण’ को यो प्रकृयाबाट पीडित हुनुपर्छ।
बालिकाले सम्बन्ध राख्न अस्वीकार गरेमा उनको परिवार वा पुरै गाउँ बिमारी वा धेरै नराम्रो हुन्छ भन्ने मान्यता रहेको छ।

पूरुष यौनकर्मी (हायना) एरिक एनीवाले भन्छन् ‘मैले जत्तिसँग सम्बन्ध राखेँ उनीहरू मध्ये धेरै स्कुल जाने किशोरी छन, कतिपय त १२ या १३ वर्षका थिए होलान, तर मैले धेरै उमेरका केटीहरू जस्तै व्यवहार गर्छु , ती सबैले मलाई हायनाको रुपमा पाउँदा खुशी हुन्छन्। साँच्चै गर्व गर्छन् र यो मान्छे साँच्चै मर्द हो। यो जान्दछ कि कसरी महिलालाई खुशी राख्नुपर्छ।’ उनको दावी विपरित छिमेकी गाउँका धेरै किशोरीले यो संस्कारविरुद्ध आफ्नो रिस पोखे।

 ति युवती  मध्ये मारियाले भनिन् ‘मेरो सवालमा यस्तो गर्नु बाहेक अर्को उपाय थिएन। मलाई मेरो आमा–बुवाका लागि यो संस्कार मानिदिनु  प¥यो ।  यदि मैले नमानेको भए मेरो परिवार बिमार हुन्थ्यो र उनीहरू मर्न पनि सक्थे। त्यही डरले मैले उक्त संस्कार मान्नुपर्छ।’उनका सबै साथीहरू हायनासँग यौन सम्बन्ध राख्न बाध्य भएको उनले बताइन् ।

व्यवसायिक पुरुष यौनकर्मी एनीवाको उमेर ४० वर्ष जस्तो देखिन्थ्यो । उनलाई आफ्नो उमेर एकिन थाह छैन। उनका दुई श्रीमती र पाँचनजा छोराछोरी छन्। उनका दुवै श्रीमती एनीवाको कामबारे जानकार छन्। एनीवाको दावी छ कि उनले अहिलेसम्म १०४ जना किशोरी र महिलासँग यौन सम्बन्ध राखिसकेका छन्। उनले सन् २०१२ मा पनि स्थानीय पत्रिकामा यत्ति नै संख्या बताएका थिए।

धेरै वर्षअघिदेखि उनले यसको हिसाव राख्न भुले जस्तो छ , तर यो कुरा उनलाई थाह छैन कि कतिजना किशोरी र महिलालाई उनले गर्भवती बनाए।  उनले बताए अनुसार नीसाँजेमा उनी सहित १० जना हायना छन्। जुन जिल्लाका सबै गाउँमा छन्। उनले एक पटक यौन सम्पर्क राख्नका लागि २ सय देखि ५ सय रुपैयाँसम्म पाउने गरेका छन्।

५० वर्ष उमेरका फागीसी, क्रिसी र फेलिया माथि गाउँको यो परम्परा जिवित राख्ने भन्ने जिम्मेवारी छ। उनीहरूले हरेक वर्ष बढिरहेका किशोरीलाई श्रीमती भएर कसरी बस्ने र पुरुषलाई कसरी यौन सुख दिने भनेर सिकाउने गर्छन्। यौनरोगको बारेमा सोध्दा उनीहरूले हायना चरित्रवान पुरुष छानिने हुँदा यस्तो रोग नलाग्ने दाबी गरे।

 

तपाईंको बिचार