Wednesday, October 18, 2017

बिजनेस

केरुङ जान नेपालीलाई फेरि रोक

रसुवा । नेपालको उत्तरी सीमा रसुवागढी नाकाबाट स्थानीय बासिन्दाबाहेक अन्य नागरिकलाई केरुङ जान रोक लगाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेलका अनुसार आगामी कात्तिक १ गतेदेखि चीनमा हुने नेशनल कंग्रेसको चुनावलाई मध्यनजर राखी फाटफुटरुपमा घुम्न केरुङ जाने नेपालीलाई मितेरी पुलबाट नछोड्न चिनियाँ अधिकारीले आग्रह गरेका कारण केही समयका लागि अस्थायी पास भएका व्यक्तिलाई केरुङ जान रोक लगाइएको हो।


पशुपतिको १२ वर्ष अघिदेखि ३५० रोपनी जग्गा अझै भेटिएन

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति गुठीको स्वामित्वमा रहेका करिब ३५० रोपनी जग्गा फेला पार्न सकेको छैन । सांसद्को सार्वजनिक लेखा समितिले १२ बर्षअघि साढे तीन सय रोपनी जग्गा खोजी गर्न निर्देशन दिए पनि अझै त्यो काम हुन सकेको छैन । साविकको लगतमा देखिए पनि उक्त जग्गा फिल्डमा देखिएको छैन ।


द्रुतमार्गको डीपीआर नेपाल सरकारले भारतीय कम्पनीसँग किन्ने

काठमाडौं । सरकारले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणका लागि भारतीय कम्पनीले तयार पारेको विस्तृत प्रतिवेदन अध्ययन (डीपीआर) किन्ने भएको छ ।


बैंकिङ प्रणालीमा लगानीयोग्य पूँजी धेरै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बोलकबोलबाट आज पाँच अर्ब तरलता प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य पूँजी अधिक भएपछि बैंकले बजारबाट उक्त परिमाणको तरलता प्रशोचन गर्न लागेको हो ।


संसदीय समितिले बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गर्न दियो निर्देशन

असोज ९, काठमाडौं । संसदको अर्थ र कृषि तथा जलस्रोत समितिले जलाशययुक्त बुढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णयसहितका सबै प्रक्रिया खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।


राष्ट्रसंघको महासभामा प्रधानमन्त्री देउवाद्वारा समृद्धिको मार्गचित्र प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षौंसम्मको राजनीतिक संक्रमणपछि नेपाल अहिले समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७२औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले समाजका सबै तप्काको समानुपातिक प्रतिनिधित्व नेपालको समावेशी प्रजातन्त्रको केन्द्रीय हिस्सा बनेको बताए ।


सेनाले द्रुतमार्गको डीपीआर परिमार्जन गर्ने

असोज ४, काठमाडौं । नेपाली सेनाले तराई–काठमाडौं द्रुतमार्गको प्रस्तावित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) परिमार्जन गर्ने भएको छ । भारतीय कम्पनी आईएल एण्ड एफसीेले तयार पारेको डीपीआरलाई पुनरावलोकन गरिरहेको सेनाले केही परिमार्जन सहित त्यसलाई स्वीकार गर्ने भएको छ ।


धुर्मुस–सुन्तलीद्वारा सन्तपुर एकीकृत नमूना वस्तीको शिलन्यास

असोज ४, रौतहट । बुधवार बिहान सन्तपुरमा आयोजित कार्यक्रममा सिताराम र उनकी श्रीमती कुञ्जना घिमिरेले रौतहतको सन्तपुरमा एकीकृत वस्ती निर्माणको शिलान्यास गरेका हुन्


अमेरिकाले नेपाललाई ५० अर्ब दिने सम्झौतामा हस्ताक्षर

वासिङ्गटन । अमेरिकी सरकारले नेपालको आर्थिक विकास र गरिबी निवारणका लागि सहयोग गरेको मिलेनियम कर्पोरेट च्यालेन्ज कम्प्याक्ट कार्यक्रमअन्तर्गतको सहयोगसम्बन्धी सम्झौतामा बिहीबार वासिङ्गटन डिसीमा हस्ताक्षर भएको छ।


नेपालको सडक र विजुलीमा ६३ अर्बको कोष, अमेरिकाले ५० अर्ब सहयोग गर्ने

वासिङ्गटन। अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलर अर्थात् करिब ५० अर्ब रुपैयाँ बराबरको रकमसम्बन्धी सम्झौतामा आज वासिङ्गटन डिसीमा हस्ताक्षर हुने भएको छ।


त्रिशूली जलविद्युतको फ्युज शाखामा आगलागी, विद्युत सेवा पूर्ण रुपमा अवरुद्ध

भदौ २९, नुवाकोट। नेपाल विद्युत् प्राधिकरण, त्रिशूली जलविद्युत् उत्पादन गृहस्थित त्रिशूली फ्युज सेवा नो लाइटमा आगलागी हुँदा केन्द्रबाट प्रवाह हुने विद्युत् सेवा अवरुद्ध भएको छ।


निर्वाचन आयोगको लागि पाँच वटा गाडि किन्ने टेण्डर युनाइटेड ट्रेडर्सले पायो

भदौ २८, काठमाडौं । निर्वाचन आयोगले गाडी खरिद प्रक्रियाको टेण्डरलाई स्वीकृति दिएको छ। आयोगले ३० असारमा आह्वान गरेको टेण्डर अनुसार युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लिलाई टेण्डर स्वीकृत गरेको आशय सूचना बुधबार प्रकाशति गरेको छ।


सर्वसाधारणले आजबाट दसैंको लागि नयाँ नोट साट्न पाउने

भदौ २८, काठमाडौं। नेपाल राष्ट्र बैंकले दसैंका लागि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्न थालेको छ। यसपाली राष्ट्र बैंकले तीन सरकारी बैंकमार्फत पनि सटही सुविधा उपलब्ध गराउन लगाएको छ। निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराएको छ।


फेमीली तेल गुणस्तरहीन, शिवशक्ति उद्योगमा शिलबन्दी

भदौ २८, बारा। फेमिली र साजन तोरीको तेल उत्पादन गर्ने शिव शक्ति घ्यु उद्योगमा आपुर्ती व्यवस्था तथा उपभोक्ता संरक्षण विभाग काठमाडौले छापा मारेको छ। गत राती विभागका शाखा अधिकृत मोहन पुडासैनीको टोलीले जीतपुर सिमरा उपमहानगरपालिकाको जीतपुर उखु फारम नजिक रहेको उद्योगमा छापा मारेको हो।


खुले दरबारमार्गका पसल

काठमाडौं । व्यवसायीहरुबीच तव्रि विवादकाबीच दरबारमार्गका पसलहरु खुलेका छन् । व्यवाय बन्द गरेर सरकारविरुद्धको आन्दोलन चर्काउने एक थरी व्यवसायीको भनाई थियो भने अर्काथरी व्यवसायीहरुले आफ्नो व्यवसाय सञ्चालन गर्दै अन्दोलन गर्नुपर्ने भनाइ राखेका थिए ।


ठमेलमा १२८ थान अबैध एटीएमसहित विदेशी नागरिक पक्राउ

काठमाडौं । ठमेल तथा दरबारमार्ग क्षेत्रहरुका विभिन्न बैंकहरुका एटीएम बुथहरुबाट रकम भुक्तानी गर्ने गिरोहमा सक्रिय रहेको भन्दै एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २३ वर्षका बुल्गेरियन नागरिकलाई काठमाडौँ ठमेल क्षेत्रमा पक्राउ गरेको हो ।


अर्थमन्त्रालयले ८८ किलो सुनको छानविन गर्न टोली बनायो

भदौ २६, काठमाडौं । अर्थमन्त्रालयले बरामद भएको ८८ किलो सुन बारे अनुसन्धान गर्न भन्सार विभागका उपमहानिर्देशक कुलराज ज्ञवालीको संयोजकत्वमा छानविन टोली बनाएको छ।


मंगलबारदेखि दशैंका लागि टिकट बुकिङ खुल्ने

भदौ २५, काठमाडौं । सरकारलाई भाडा बढाउन दवाव दिदै आएका यातायात व्यवसायी अन्तत आफै झुकेका छन् । भाडा बढाउनुपर्ने र छतमा यात्रु राख्न पाउनुपर्ने माग गर्दे दशैंका लागि टिकट बुकिङ खुलाउन आनकानी गरेका यातायात व्यवसायीले भदौ २७ गते मंगलबारदेखि लामो रुटका लागि टिकट बुकिङ खुल्ला गर्ने सहमत भएका हुन ।


खासाका तस्कर रसुवाको केरुङ नाका तिर

भदौ २३, काठमाडौं । विगतमा खासा नाका भएर रक्तचन्दन तस्कर गर्दै आएको समूह नै पछिल्ला दिनमा रसुवाको केरुङ नाकाबाट सुन तस्करीमा सक्रिय रहेको पाइएको छ । काठमाडौंमा गत सोमबार बरामद ८८ किलो सुनको अनुसन्धान गर्दा चीन र नेपालमा रहेको पुरानै तस्कर समूह केरुङ नाका हुँदै सुन भित्र्याउन सक्रिय देखिएको प्रहरीले जनाएको छ ।


प्रदेश–२ को चुनावमा पूर्वनिर्धारित बजेटभन्दा अढाई अर्ब बढि खर्च हुने

काठमाडौं । तेस्रो चरणको स्थानीय निर्वाचनका कारण पूर्वनिर्धारित बजेटभन्दा अढाई अर्ब रुपैयाँ खर्च बढ्ने भएको छ । निर्वाचन आयोग र सुरक्षा निकायले तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि छुट्टाछुट्टै रकम मागेपछि अर्थ मन्त्रालयले थप रकम उपलब्ध गराउने भएको हो ।


दशैंका लागि नयाँ नोट आजदेखि कर्मचारीले साट्न पाउने

भदौ २१, काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारी कर्मचारीका लागि आजदेखि नयाँ नोट सट्ने भएको छ। यसअघि प्रकाशित सूचना अनुसार कर्मचारीले आफू कार्यरत कार्यालयको सिफारिस पत्र अनुसार राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीबाट आजदेखि नयाँ नोट साट्न पाउनेछन्। कर्मचारीलाई राष्ट्र बैंकले भदौ ३० गतेसम्म नयाँ नोट उपलव्ध गराउनेछ।


बाढीले फ्रिक स्टेट गार्मेन्ट इन्डष्ट्रिजमा क्षती

काठमाडौं । गत बिहिबार परेको वर्षासँगै आएको बाढीका कारण काठमाडौंको नागार्जुन नगरपालिका वाफलमा रहेको फ्रिक स्टेट गार्मेन्ट इन्डष्ट्रिज प्रालिमा क्षती पुगेको छ ।


चेपाङ मार्ग एडीबीले निर्माण गर्ने

भदौ २०, काठमाडौं । भारत सीमावर्ती ठोरीबाट चीन सीमाको रसुवागढी जोड्ने ‘चेपाङ मार्ग’को स्तरोन्नतीका लागि एसियाली विकास बैंक ९एडीबी०ले लगानी गर्ने भएको छ ।


दरबारमार्गमा सेलका नाममा उपभोक्तामाथि ठगी, २६ सयको जुत्तालाई २६ हजारमा बिक्री

भदौ १९, काठमाडौं । दरबारमार्गमा रहेका ब्राण्डेड शपले ‘सेल’का नाममा ठगी गरेको पाइएको छ। दरबारमार्गमा सबैतिर ५० प्रतिशतभन्दा बढी छुटका बोर्ड राखेका छन्। तर मूल्य भने ५० प्रतिशतभन्दा बढी थपेर सेलका नाममा ठगी गरेको पाइएको हो।


इतिहासकै ठूलो परिमाणको ८८ किलो सुन बरामद

भदौ १९, काठमाडौं । प्रहरीले सोमबार बिहान काठमाडौंको क्षेत्रपाटीमा इतिहासकै ठूलो परिमाणमा सुन बरामद गरेको छ। विशेष सूचनाका आधारमा बिहान २ बजे सुन बरामद गरिएको हो। रसुवाको केरुङ नाकाबाट काठमाडौं ल्याइएको सुन विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो।


दरबारमार्गमा मिल्क एण्ड हनी सिंगापुर फ्रेन्चाइस सुरु

भदौ १८, काठमाडौं । दरबारमार्गस्थित शेर्पा मल सप नम्बर ७ मा रहेको भोजघर प्रालिले मिल्क एण्ड हनी सिंगापुर फ्रेन्चाइस सञ्चालनमा ल्याएको छ । यसको ओपनिङको अवसरमा सबै ग्राहकहरुलाई १० प्रतिसत छुटको व्यवस्था गरिएको भोजघरले जनाएको छ ।


चिनको नेपालमा एक खर्बको पूर्वाधार बैंक खोल्ने प्रस्ताव

काठमाडौं । चीनले नेपालमा एक खर्ब चुक्तापूँजी राखेर पूर्वाधार विकास बैंक खोल्न चासो देखाएको छ । नेपाल राष्ट्र बैंकले अघिल्लो साता पूर्वाधार विकास बैंकको लाइसेन्स खुलाएको थियो । राष्ट्रबैंकलाई चीनले एक खर्ब रुपैयाँको पूर्वाधार विकास बैंक खोल्ने प्रस्ताव पठाएको हो।


आजदेखि नाडा अटो शो सुरु, मन्त्रीद्वारा उद्घाटन

भदौ १३, काठमाडौं । सवारी साधनको कुम्भ मेला भनेर चिनिने नाडा अटो शो राजधानीको भृकुटी मण्डपमा सुरु भएको छ। भौतिक यातायात तथा पूर्वाधार मन्त्री बीरबहादुर बलायरले नाडा अटो शोको उद्घाटन गरे।


विश्वकै सबैभन्दा ठुलो ८० अर्बको चिठ्ठा महिलाले जितिन्

एक अमेरिकी महिलाले अहिलेसम्मको सबैभन्दा ठूलो धनराशीको पुरस्कार जितेकी छन् । सुन्दै अचम्म लाग्ने उनले नेपाली रुपैयाँ ८० अर्ब चिठ्ठा जितेर संसारकै सबैभन्दा धेरै रकम चिठ्ठामा पाउने महिला बनेकी छन् ।


जापानीज खानाका अलावा नेपाली खाना उरुतोरा रेस्टुरेन्ट, पोखरा र चितवनमा पनि खुल्दै

भदौं ११, काठमाडौं । जापानको बिभिन्न शहरमा १२ वटा रेष्टुरेन्ट सञ्चालन गरिरहेको जापानीज चेन रेष्टुरेन्ट उरुतोराले नेपालमा पनि आफ्नो १३ औं ब्रान्चसञ्चालनमा ल्याएको छ । ३ करोड नेपाली रुपैयाँको लागतमा काठमाडौंको बालुवाटारमा सञ्चालनमा ल्याइएको उरुतोरा रेष्टुरेन्टमा २५ जना कर्मचारी छन् । एक सय जनालाइ एकैपटक सर्भिस दिन सकिने प्रशस्त स्थान रहेको रेष्टुरेन्टमा जापानीज खानाका अलावा नेपाली खाना पनि पाइने रेस्टुरेन्टका अध्यक्ष लोकनाथ वस्तीले जानकारी दिए ।


चीनबाट इन्धन ल्याउन बाटो खुला

भदौ ११, काठमाडौं । केही दिनअघि नेपाल भ्रमणका क्रममा चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपाल चीन जोड्ने कोदारी सडक चौडा र रसुवागढीको टुमुरे पुल निर्माण गर्ने आश्वासन दिएसँगै सरकारले चीनबाट इन्धन आयात गर्ने तयारी गरेको छ ।


रोजगारीको लागि अन्तर्राष्ट्रिय श्रम संगठन र नेपालको सहकार्य, अब योग्यता अनुसार रोजगारी पाइने

भदौ ११, काठमाडौं । के तपाई बेरोजगार हुनुहुन्छ भने तपाईले आफ्ना लागि उपयुक्त रोजगारको अवसर www.jobkhoj.gov.np मा गएर खोज्नसक्नुहुन्छ ।


अढाई लाख पर्ने जग्गालाई आयल निगमले १५ लाखमा किनेको खुलासा

चितवन। नेपाल आयल निगमले भण्डारणका लागि यहाँ खरिद गरेको जग्गा बजार मूल्यभन्दा अत्याधिक बढी मूल्यमा खरिद गरेको भनी यहाँका जनप्रतिनिधिले व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समिति मातहत गठन भएको उपसमितिलाई बताएका छन् ।


शुरु भयो इम्वोस्ड नम्बर दर्ता, नम्बर प्लेट जडान गर्न कति लाग्छ त खर्च

भदौ ९, काठमाडौं । सरकाले ल्याएको इम्वोस्ड (डिजीटल) नम्बर प्लेट दर्ता प्रकृया आजबाट शुरु भएको छ। यातायात व्यवस्था विभागले शुक्रवारबाट बागमती यातायात कार्यलयमा दर्ता भएका सवारीको दर्ता गर्ने जानकारी दिएको छ।


नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई देउवाको आग्रह

नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानीका लागि आग्रह गरेका छन्। भारतको राजकीय भ्रमणका क्रममा यहाँ रहेका प्रधानमन्त्री देउवाले हिजो साँझ भारत–नेपाल विजनेश फोरमद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, “हामी नेपालमा लगानीका लागि स्वागत गर्छौं, नेपालमा आउनुस्, लगानी गर्नुस्, रोजगारीका अवसरहरु सिर्जना गर्नुस् र उद्यमशीलताका नयाँ आयामहरुको निर्माण गर्नुस्।”


विद्युत प्राधिकरणले सुरु गर्यो अनलाइनबाटै बिजुलीको बिल तिर्न सकिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले घरमै बसेर बिजुलीको बिल तिर्न सकिने मोबाईल एप्लिकेसन सार्वजनिक गरेको छ ।


भिखारी संघका अध्यक्षको घरमा तीन लाख भेटियो

भदौ ५, विराटनगर । डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट रु तीन लाख १५ हजार रकम फेला परेको छ ।


स्थानीय तहमा तत्काल विकास योजना हस्तान्तरण नहुने

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तत्काल विकास आयोजनाहरु स्थानीय तहलाई हस्तान्तरण नगर्ने जनाएको छ । सडक, पुल जस्ता ठूला आयोजना स्थानीय तहको जिम्मा लगाँउदा अलपत्र पर्ने भन्दै आवश्यक कार्यविधी बनेपछि मात्र त्यस्ता आयोजना हस्तान्तरण गर्ने मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बताए ।


दूधको मूल्य बढ्यो, अब लिटरको ७० रुपैयाँ तिर्नु पर्ने

भाद्र १, काठमाडौं । दुग्ध विकास संस्थान र निजी डेरीले दूधको मूल्य प्रतिलिटर आजदेखि ६ रुपैयाँ बढाएको छ । दुग्ध विकास संस्थान र निजी डेरीको दूधको मूल्य प्रतिलिटर ७० रुपैयाँ हुनेछ। दुग्ध विकास बोर्डले दूधको मूल्य ६ रुपैयाँ बढाउन स्वीकृति दिए लगतै बिहीबारदेखि नयाँ मूल्य कार्यान्वयनमा आएको हो। एक प्याकेट (आधा लिटर) दूधको मूल्य अब ३५ रुपैयाँ कायम भएको छ। यसअघि दूधको मूल्य प्रतिलिटर ६४ रुपैयाँ थियो।


नेपाल र चीनबीच तीन सम्झौतामा हस्ताक्षर, इन्धनको अन्वेषणमा सघाउने

साउन ३१, काठमाडौं । नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्ता आज सोल्टी होटलमा सम्पन्न भएको छ। नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् भने नेपालको प्रतिनिधित्व उपप्रधानमन्त्री विजयकुमार गच्‍छदारले गरेका छन्।


बाढी पीडित लागि पहिलो सहयोगी देश चिन, १० लाख डलर आपतकालिन सहयोग दिने

साउन ३१, काठमाडौं । चीन सरकारले बाढीपहिरोका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ ।


नेपाल र चीनबीच मुख्य तीन विषयमा सम्झौता हुने

साउन ३१, काठमाडौं । चिनियाँ उपप्रधानमन्त्री वाङ याङको जारी नेपाल भ्रमणको क्रममा तीन मुख्य विषयमा सम्झौता हुने भएको छ । पुनर्निर्माणका लागि एक अर्ब चिनियाँ आरएमबी अनुदान सहयोग सम्झौता हुँदैछ । आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि सम्झौता हुने छ ।


पूर्वाधार विकास बैंकको लाइसेन्स खुल्यो, २० अर्ब पूँजीको हुनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको लाइसेन्स खुला गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा भएका कानुनी प्रावधान बमोजिम पूर्वाधार विकास बैंकको लाइसेसन्स सम्बन्धी नीतिगत व्यवस्था २०७४ जारी गर्दे लाइसेन्स खुला गरेको हो ।


जागिरको खोजिमा हुनुहुन्छ, आजदेखि जानुहोस् भृकुटीमण्डपमा

काठमाडौं । बेरोजगार युवालाई रोजगारको अवसर जुटाउने उद्देश्यले ‘जव् एण्ड करिअर फेयर’ (जागिर र अवसर मेला) हुँदैछ । शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने मेलामा रोजगारदाता र बेरोजगार युवाबीच सिधै सम्पर्क गराई जागिरको अवसर दिलाउनका लागि फेयर आयोजना गर्न लागेको फेयरका कार्यक्रम संयोजकले जनाएको छ ।


काठमाडौंमा बनाउँदै गरेको पुल भाँचीयो

साउन २७, काठमाडौं । काठमाडौंको ढल्को चोकमा डेढ करोड खर्चमा बनाएको पुल बनाउने क्रममै भाँचिएको छ । यो पुल आगामी साता उद्घाटन गर्ने तयारी थियो । पुल भाँचिदा ५ जना सर्वसाधारण समेत घाइते भएका छन् । हिमसगरमाथा कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको यो पुलको निर्माण आज सम्पन्न गर्ने जनाएको थियो ।


रक्षा मन्त्रालयको भवन शिलान्यास

साउन २५, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबार परिसरमा नयाँ निर्माण हुन लागेको रक्षा मन्त्रालय भवनको आज यहाँ शिलान्यास गर्नुभयो ।


आज प्रधानमन्त्री देउवा मेलम्ची आयोजनाको निरीक्षणमा जाने

साउन २५, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्न जाने भएका छन् ।


ढल्केबर सब–स्टेसन बनेपछि भारतबाट थप बिजुली ल्याउने

काठमाडौं । निमार्णाधिन धनुषा–ढक्केबर नेपाल विद्युत प्राधिकरणको सब–स्टेसन सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी)ले कात्तिकमा काम सक्ने जनाएको छ ।


चिनियाँ कम्पनीले निमार्ण गरेको गौतमबुद्ध विमानस्थलको ठेक्का रद्द गर्ने अन्तिम तयारी

साउन २२ काठमाडौं । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा निर्माणको जिम्मा पाएको चिनिया नर्थ वेस्ट सिभिल एभिएसन कम्पनीसँग विमानस्थल निर्माण परियोजनाले ठेक्का प्रक्रिया रद्ध गर्ने अन्तीम तयारी गरेको छ ।


२५ मेगावाट सोलार परियोजना कानुन सम्मत : विश्व बैंक

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको २५ मेगावाट सोलार परियोजनाको टेन्डर कानुन सम्मत रहेको दाता विश्व बैंकले जनाएको छ।प्राधिकरणले टेन्डर दिँदा अनिमितता भएको भन्दै संसदको लेखा समितिले रद्द गर्न निर्देशन दिएपछि विश्व बैंकले आफ्नो धारणा सार्वजनिक गरेको हो।


जग्गा खरिद गर्दा आयल निगमले अनियमितता गरेको लेखा समितिको निष्कर्ष

काठमाडौं । सार्वजनिक लेखा समितिले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धि गर्न खरिद गरेका जग्गामा अनियमितता भएको ठहर गरेको छ । आयल निगमले पत्रकार सम्मेलन गरेर जग्गा खरिद विधि सम्भवत भएको जिकिर गरेकै भोलिपल्ट लेखाले अनियमितता भएको निष्कर्ष निकालेको हो ।


शुल्क विवाद मिलेपछि रसुवागढी भन्सारमा कन्टेनरको चाप

रसुवा। शुल्क पुनरावलोकन गरेका कारण आयात ठप्प भएको चिनियाँ सामग्री मंगलबारदेखि नेपाल भित्रिन थालेको छ । सामान आयात निर्यात गर्ने रसुवा जिवजिवेका व्यवसायी धर्म पौडेलका अनुसार चिनियाँ भन्सार प्रतिनिधिले प्रतिटिप एक हजार ५०० यूवान लिँदै आएकोमा लोड व्यवस्थापन गर्न एक्कासी भारी मात्रामा पुनरावलोकन गरी बढाएपछि दुई हप्ता अगाडिदेखि नेपाली व्यापारीले सामान उठाउन बन्द गरेको र वार्ताको माध्यमबाट प्रतिटिप दुई हजार ५०० चिनियाँ यूवानमा काम गर्न सहमत भएपछि केरुङको पाङसिङबाट सामान लोड गरी नेपालतर्फ ल्याउने क्रम शुरु भएको हो ।


मेयरलाई तत्काल सडकको खाल्डाखुल्डी पुर्न र सडक बत्ती बाल्न एसएसपी सर्वेन्द्रको आग्रह

साउन १६, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले सोमबार सडक, यातायात, उपभोक्ता लगायत सरोकारवालाई बोलाएर सडक र ट्राफिक सुधारको लागि काम गर्न आग्रह गरेका छन्।


सहरी बिकास कार्यक्रमको दोषीलाई १५ दिनभित्र कारबाही गर्न निर्देशन

साउन १५, काठमाडौं । एशियाली बिकास बैंकको सहयोगमा वीरगञ्ज, जनकपुर लगायतका शहरमा सञ्चालित एकीकृत सहरी विकास कार्यक्रम लापरवाही भएको व्यवस्थापिका संसदको बिकास समितिले ठहर गरेको छ । समितिले सरकारलाई छानबिन गरी दोषीलाई कारबाही गर्न १५ दिनको म्याद दिएको छ ।


रोजगारीमा कतार जाने नेपालीको संख्या घट्यो

काठमाडौं । वैदेशिक रोजगारीको आकर्षक श्रम गन्तव्य मुलुक कतारमा डेढ महिनादेखि जारी कूटनीतिक संकट समाधान उन्मुख नभएकाले कतारलगायत अन्य खाडी मुलुकतर्फ जाने कामदारको संख्या घटेको छ । असारमा कतारमा संस्थागत रुपमा अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या ५ हजार ५ सय १५ बजना रहेको छ । सो महिना कतारका लागि ३८ हजार ९ सय ८५ जनाको मागपत्र आएको थियो । गत वर्षको यही महिना कतारका लागि ८ हजार ८ सय ५६ जना कामदार संस्थागत रुपमा अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको तथ्यांक रहेको छ ।


कालोसुचीको कम्पनीलाई कारवाहीको सट्टा बुढीगण्डकी आयोजना दिनु राष्ट्रिय स्वाभिमान विपरित

असार २८, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चीनको गेजुवा ग्रुप कम्पनी दिएकोप्रति आपत्ति जनाउँदै निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ।


नेपालमा पहिलो पटक सुरुङ खन्ने उपकरण टिबिएम चीनबाट आउँदै

असार २७, काठमाडौं । विकास निर्माणको कामलाई तीव्रता दिन नेपालमा पहिलो पटक सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) प्रयोग गरिने भएको छ। जुन २७ मा चीनको सांघाई बन्दरगाहबाट बोर्ड गरिएको उक्त मेसिनजुलाई १५ सम्ममा कोलकाता बन्दरगाह आएर त्यसपछि स्थल मार्ग हुँदै नेपाल आउने छ।


कोसीमा नयाँ ब्यारेज बन्ने

असार २६, काठमाडौं । दोस्रो ठूलो नदी कोसीको सतह खिइँदै गएर सिँचाइ प्रणाली मृतप्रायः भएपछि बाह्रै महिना किसानका खेतमा पानी पुर्‍याउन सरकारले कोसीमा ब्यारेज निर्माण गर्ने भएको छ ।


अटो लोन :सवारी किन्दा ३५ प्रतिशत ‘डाउनपेमेन्ट’ भए पुग्ने

असार २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले अटो लोनमा गरेको कडाईलाई खुकुलो गरेको छ । मूल्यको तुलनामा कर्जा अनुपात (लोन टु भ्यालु रेसियो) लाई राष्ट्र बैंकले घटाएको छ । आगामी आर्थिक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले निजी सवारीको अटोमा जाने कर्जामा मूल्यको ६५ प्रतिशतसम्म मात्र बैंकहरुले लगानी गर्न पाउने व्यवस्था गरेको हो । आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर चिरञ्जीवि नेपालले यस्तो जानकारी गराए ।


आज स्थानीय तहको बजेट प्रस्तुत हुने

असार २५, काठमाडौं । मुलुक संघीय संरचनामा प्रवेश गरेपछि पहिलो पटक स्थानीय तहले आज वार्षिक राजस्व तथा व्ययको अनुमानसहितको बजेट प्रस्तुत गर्दैछन्। स्थानीय तहले पहिलो पटक आफ्नो आयव्ययको अनुमान आफ्नै सभामा पेस गर्न लागेका हुन्।


आज १ बजे मौद्रिक नीति सार्वजनिक हुने

असार २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्ष २०७४/७५ को मौद्रिक नीति आइतबार ल्याउने भएको छ। शनिबार साँझ बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले भोली दिउँसो १ बजे होटल र्याडिसनमा मौद्रिक नीति सार्वजनिक गर्ने निर्णय गरेको हो।


वाणिज्य मन्त्रालयले नेपालबाट निकासी हुने वस्तुमा जिएसटी नलगाउन भारतलार्इ आग्रह

असार १९, काठमाडौं । वाणिज्य मन्त्रालयले नेपालबाट निकासी हुने वस्तुमा गुड्स एण्ड सर्भिस ट्याक्स (जिएसटी) नलगाउन भारतीय पक्षलार्इ आग्रह गरेको छ।


स्थानिय तहको निर्णय अब जग्गा बाँझो राख्न नपाइने

लमजुङ । उत्तरी लमजुङमा रहेको मस्याङ्दी गाउँपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्र जमिन बाँझो राख्न नपाइने निर्णय गरेको छ ।


वर्षमा ५४ लाख मेट्रिकटन धान उत्पादन गर्ने योजना

असार १५, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ५४ लाख मेट्रिकटन धान उत्पादन गर्ने योजना रहेको छ । १४ औं राष्ट्रिय धान दिवसको अवसरमा सरकारले यस्तो जानकारी गराएको हो ।


‘वान बेल्ट, वान रोड’को परियोजनाले तराई मधेशलाई पनि समेट्नु पर्छ

असार १४, काठमाडौं । उत्तरी छिमेकी चीनले अघि सारेको महत्वाकांक्षी परियोजना ‘वान बेल्ट, वान रोड’ (ओबिओआर) ले नेपालको तराई मधेशलाई पनि समेट्नुपर्ने सरोकारवालाहरूले माग गरेका छन् ।


लायन्स क्लव काठमाडौं होराइजनमा पुनः शिव अधिकारी निर्विरोध निर्वाचित

काठमाडौं, १३ असार । लायन्स क्लव इन्टरनेशनल डिस्टिक ३२५–एटु नेपाल, लायन्स क्लव अफ काठमाडौं होराइजनको अध्यक्षमा गन्तव्य नेपालका अध्यक्ष, लायन शिव अधिकारी पुन ः निर्विरोध निर्वाचित हुनुभएको छ । राजधानीमा हिजो सम्पन्न क्लवको पन्ध्रौ कार्यसमिति निर्वाचनले उहाँको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा नेपाल पर्यटक यातायात व्यवसायी संघका सल्लाहकार लायन मनोजकुमार श्रेष्ठ, द्वितिय उपाध्यक्षमा रसुवा–नुवाकोट पयृटन समाजका अध्यक्ष लायन बलराम न्यौपाने, सचिवमा पर्यटन व्यवसायी लायन टिका भण्डारी, कोषाध्यक्षमा लायन हरिशरण थपलिया र मेम्बरसिप कमिटि चेयरम्यान रामकुमार थपलिया निर्विरोध निर्वाचित हुनुभएको छ ।


फोहरबाट ग्यास र बिजुली निकाल्न सुरु

असार १३, काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजदेखि फोहरबाट बायोग्यास निकाल्न आरम्भ गरेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले लामो समयको परीक्षणका रुपमा रहेको बायोग्यास उत्पादन विधिवत् रुपमा सुरु गरेको हो ।


टुरिजम डेभलपमेण्ट बैंक प्रविधि युक्त बन्दै

काठमाडौं । टुरिजम डेभलपमेण्ट बैंक लिमिटेडले प्रविधमा आधारित बैंकिङ सेवा थप गरेको छ । बैंकले प्रदान गर्दै आईरहेको सेवालाई अझ परिस्किृत, अत्याधुनिक, विश्वसनिय र पहुँचमुखि बनाउन बैंकले प्रविधिमा आधारित बैंकिङ सेवालाई अझ प्रभावकारी बनाउन चाहेको बैंकका प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले वताए ।


नेपाल–चीन परामर्श संयन्त्र बैठक

असार ६, काठमाडौं । नेपाल–चीन परामर्श संयन्त्रको ११ औं बैठक आजबाट काठमाडौंमा सुरु भएको हो । दुई मुलुकका परराष्ट्र सचिव नेतृत्वको छलफलमा नेपाल चीनबीचको आर्थिक सहयोग, लगानी, व्यापार, दुबै देशबीच सडक र हवाई मार्गबाट सम्पर्क विस्तारलगायत विषयमा परामर्श भएको थियो ।


साउन १ देखि भारतीय च्यानललाई नयाँ नियम लागु हुने

असार ५, काठमाडौं । सरकारले आगामी साउन १ गतेबाट नेपाली टीभीमा विदेशी च्यानल आउँदा विज्ञापनरहित हुनुपर्ने नीति (क्लिन फिड) कार्यान्वयन गर्ने भएको छ ।


कैदीबन्दीको लागि उपचार खर्च रु आठ करोड

असार ४, काठमाडौं । कारागार व्यवस्थापन विभागले कैन्दीबन्दीको उपचारका लागि वार्षिक करिब रु आठ करोड खर्च गर्ने गरेको छ ।


सरकार र चीनबीच बूढीगण्डकी जलविद्युत आयोजनाको सम्झौता पत्रमा हस्ताक्षर

जेठ २१, काठमाडौं । नेपाल सरकार र चीनको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) बीच १२ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।


हावाबाट विजुली निकाल्न डेनिस कम्पनीले पायो जिम्मेवारी

काठमाडौं । सरकारले हावाबाट विजुली निकाल्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले डेनमार्कको भेटास वाइन्ड सिस्टम एएस कम्पनीलाई हावाबाट बिजुली निकाल्न सम्भाव्यता अध्ययनको जिम्मेवारी दिएको हो ।


भारतले रोक लगाएपछि अब चीनबाट उन्नत नस्ल गाई ल्याउने

काठमाडौं । दूधमा आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले दूध उत्पादन बढाउन नसकेपछि विदेशबाट उन्नत नस्लका गाई ल्याउन पहल सुरु गरेको छ।


स्थानीय तहले आफुखुसी बजेट बाँड्न नपाउने

जेठ १८, काठमाडौं । स्थानीय तहमा निर्वाचित पदाधिकारी तथा कर्मचारीले केन्द्रीय सरकारले दिएको बजेट आफूखुसी बाँड्न नपाउने भएका छन्।


दुई पांग्रेको ८० प्रतिशत कर बढ्यो

जेठ १६, काठमाडौं । दुई पांग्रेस सवारीमा भन्सार, अन्त शुल्क भ्याटलगायत गरी करिब ८० प्रतिशत कर लाग्दै आएको छ।


आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रम पारित

जेठ १४, काठमाडौं । आईतबार बसेको संसद बैठकमा सरकारले ल्याएको आगामी आर्थिक २०७४/०७५ वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।


प्रधानमन्त्रीद्वारा फास्ट ट्र्याक शिलान्यास

जेठ १४, बारा । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं—तराई जोड्ने राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको द्रुतमार्ग (फास्ट ट्र्याक)को शिलान्यास गरेका छन्। नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने उक्त सडक ७६.२ किमी दूरीको हुनेछ।


नेपालको आर्थिक विकासमा भारतको भूमिका छ : विश्व बैंक

काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक विकासमा भारत साधक र बाधक दुबै बन्न सक्ने बताएको छ । विश्व बैंकले मंगलबार राजधानीमा सार्वजनिक गरेको मध्यम आय तर्फ नेपाल नामक अध्ययन प्रतिवेदनमा नेपालको आर्थिक विकासमा भारत साधक र बाधक दुबै बन्न सक्ने उल्लेख गरेको हो ।


बजेटको लाइभ जानकारी अब मोबाइलबाटै हेर्न सकिने

काठमाडौं। अर्थ मन्त्रालयले बजेट सम्बन्धी सबै जानकारी दिने नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ। ‘बजेट’ एपको आज एक समारोहका बीच अर्थमन्त्री कृष्णबहादुर महराले लञ्च गरेका हुन्।


विवादित दु्रतमार्ग अब शिलान्यास हुने

काठमाडौं । सरकारले यही जेठ १४ गते काठमाडौं–तराई दु्रतमार्ग परियोजनाको शिलान्यास गर्ने भएको छ । नेपाली सेनालाई निर्माण जिम्मा दिइएको ७६ किलोमिटर लामो यो सडक राष्ट्रिय गौरवको आयोजना हो ।


जागिरेले पाउने छन् अब १५ लाख धितो बिना ऋण

काठमाडौं । जागिरे हुनुहुन्छ बैंकबाट ऋण लिन कुनै धितो छैन भने अब बैंक तथा वित्तीय संस्थाले जागिरेलाई बढीमा १५ लाख रुपैयाँसम्म बीना धितो ऋण उपलब्ध गराउँछन् । तर, ऋणका केही शर्तहरु भने छन् ।


एडिबीका अध्यक्षसँग अर्थमन्त्रीको भेट : ठूला र परिणाम देखिने परियोजनामा सहयोग गर्न आग्रह

नेपालले आफ्नो सामाजिक–आर्थिक रुपान्तरणमा मद्दत पुग्ने ठूला र परिणाम देखिने परियोजनामा सहयोग गर्न एसियाली विकास बैंक (एडिबी) सँग आग्रह गरेको छ ।


यार्सागुम्बा व्यवस्थापन गर्नका लागि निर्देशिका जारी

वैशाख १९, काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यार्सागुम्बालाई व्यवस्थित गर्न ‘यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका–२०७३’ जारी गरेको छ ।


चालु आवमा ६.९४ प्रतिशतको आर्थिक वृद्धि

काठमाडौं । गत आर्थिक वर्षमा भूकम्पको प्रभाव तथा सीमानाकामा भएको अवरोधका कारण संकुचित भएको यस क्षेत्र, चालु आर्थिक वर्षमा भने अनुकुल वातावरणका कारण अधिक मात्रामा उत्पादन हाशिल गर्न सफल भएको छ।


कर तिर्न भनेपछि एनसेलले डिलरलाई खारेज गर्यो

काठमाडौं । नीजि क्षेत्रको दूर संचार प्रदायक कम्पनी एनसेलका देशभरका डिलरहरु आन्दोलित भएका छन् । सम्झौताको समयावधी बाकी रहदै एनसेल व्यवस्थापन एक्जियटाले अवैध रुपमा जोनल एजेन्ट खडा गरेर दश वर्ष देखि काम गर्दै आएका डिलरहरुलाई खारेज गरेपछि उनीहरु आन्दोलित भएक हुन् ।


राष्ट्रसंघले नेपालको विकासका लागि थप लगानी जुटाउने

वैशाख ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्र संघसम्वद्ध विभिन्न विकास संगठनका कार्यकारी प्रमूखहरुले संयुक्त रुपमा भेट गरेका छन् ।


टेलिभिजन केवलबाट डिजिटलमा जाने प्रक्रिया अघि बढ्यो

चैत २५, काठमाडौं । सरकारले वैशाख १५ पछि केबल टेलिभिजनलाई डिजिटमाध्यममा लाने निर्णय गरेसंगै केवल टेलिभिजनले समेत डिजिटलमा जाने प्रक्रियामा सुरु गरेका छन ।


पुनर्निर्माणको समयमा सिमेन्टको मुल्य नबढानु आग्रह : उद्योगमन्त्री

चैत २५, काठमाडौं । उद्योगमन्त्री नवीन्द्रराज जोशीले पुनर्निर्माणको अहिलेको समयमा सिमेन्टमा गरिएको मूल्य वृद्धिलाई पुर्नर्विचार गर्न नेपाल सिमेन्ट उत्पादन संघलाई आग्रह गरेका छन् ।


अब ‘पिक आवर’मा पनि लोडसेडिङ नहुने माथिल्लो तामाकोशी सम्पन्नपछि निर्यात गर्ने सम्भावना

चैत २२, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले अब देशभर ‘पिक आवर’ मा पनि लोडसेडिङ नहुने बताएका छन् ।


विनोद चौधरीको सम्पत्ति एक खर्ब ३६ अर्ब

चैत ८, काठमाडौं । विश्वचर्चित म्यागेजिन फोर्ब्सले मङ्गलबार अर्बपतिहरुको सुची सार्वजनिक गरेको छ ।


आयल निगमले भारतसँग आपूर्ति सम्झौंता गर्दै, नाकाबन्दीको दुःख बिर्सियो

फागुन २३, काठमाडौं । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशन (आइओसी) बीचको पाँच वर्षे आपूर्ति सम्झौंता यही महिना सकिदैँछ।


​नेपाली इन्जिनियरहरुले निमार्ण गरेको चमेलिया आयोजनाले यसै बर्ष परीक्षण उत्पादन गर्ने

फागुन २२, काठमाडौं । दार्चुलाको शिखर गाविस बलाँचमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको सुरुङको सबै काम सम्पन्न भएको छ।


नेपालमा ११ खर्ब लगानी गर्ने प्रतिबद्धता

फागुन २०, काठमाडौंं । राजधानीमा जारी लगानी सम्मेलनमार्फत विभिन्न देशबाट ११ खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ।


ऊर्जा क्षेत्रको प्रगतीले नै देशलाई विकशित राष्ट्र बनाउने : शर्मा

फागुन २०, काठमाडौं । लगानी सम्मेलनमा ऊर्जामन्त्री जनार्दन शर्माले भने नेपालमा लगानीको प्रशस्तै सम्भावना भएको देश हो त्यसैले सबैलाई लगानी गर्न आह्वान गरेका छन् ।


लगानी सम्मेलनमा भाग लिन भारतीय अर्थमन्त्री जेट्ली काठमाडौंमा

फागुन १९, काठमाडौं । राजधानीमा भइरहेको लगानी सम्मेलनमा भाग लिन भारतीय अर्थमन्त्री अरुण जेट्ली काठमाडौं आइपुगेका छन्।


विश्वका अढार्इ सय लगानीकर्ताको सहभागितामा नेपालमा लगानी सम्मेलन आज हुँदै

विश्वका अढार्इ सय लगानीकर्ताको सहभागितामा नेपालमा लगानी सम्मेलन आज हुँदै


आगामी वर्षको बजेट सिलिङ ११ खर्ब

फागुन १७, काठमाडौं । आगामी आर्थिक वर्षको लागि बजेटको सिलिङ ११ खर्बको सीमामा राख्ने तयारी भएको छ । राष्ट्रिय योजना आयोगका अनुसार चालु आर्थिक वर्षको तुलनामा यसपटक सिलिङ नै २१ प्रतिशतले बढाइएको हो ।


कोरियाले नेपाली कामदारको कोटा बढायो, २०१८ मा १० हजार २ सय जना लैजाने

फाल्गुन १७, काठमाडौं । दक्षिण कोरियाले आगामी वर्ष रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नेपालबाट लाने कामदारको कोटा बढाएको छ ।


टेलिकमको भ्यालेन्टाइन अफर, २५ रुपैयाँमा २५० मिनेट कल

फागुन ४, काठमाडौं । नेपाल टेलिकमले भ्यालेन्टाइन्स डेको अवसरमा जीएसएम प्रिपेड र पोस्टपेड सेवाका प्रयोगकर्ताहरुको लागि अफर ल्याएको छ।


एनसेलबाट अब ९० दिनसम्म निःशुल्क फेसबुक

फागुन ४, काठमाडौं । एनसेलका ग्राहकहरुले बुधबारदेखि मोबाइल डेटा सपोर्ट गर्ने मोबाईल फोनबाट सामाजिक सञ्जाल फेसबुक निःशुल्क चलाउन पाउने भएका छन् ।


राष्ट्रिय उपभोक्ता मञ्चद्वारा ग्यासको मूल्यवृद्धि फिर्ता गर्न माग

माघ २०, काठमाडौं । खाना पकाउने ग्यासमा गरिएको मूल्य बृद्धि फिर्ता गर्न राष्ट्रिय उपभोक्ता मञ्चले सरकारसँग माग गरेको छ । मूल्य बृद्धि अनुचित भएको र यसबाट आम उपभोक्ता मर्कामा परेको मञ्चको भनाइ छ ।


मेलम्ची खानेपानीको काम ८० प्रतिशत सकियो

माघ १९, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत काठमाडौँ उपत्यकामा खानेपानीको पाइप गाड्ने काम तीव्र गतिमा अगाडि बढेको छ।


भित्रियो अवैध सेतो अण्डा

माघ १७, वीरगञ्ज । नेपाल भारतबीच रहेको खुल्ला सीमाको कारण भारतीय सेतो अन्डा भित्रिनाले बर्डफ्लुको सन्त्रास कायमै रहेको छ ।


​अपरमाई हाइड्रोपावरले दुई महिनाभित्र उत्पादन सुरु गर्ने

माघ १६, इलाम । मावु गाविसमा निर्माण भएको अपरमाई हाइड्रोपावर कम्पनीको क्यासकेड आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।


प्राधिकरणका १६ कर्मचारी प्रक्राउ, कुलमान घिसिङलाई प्रहरीको पनि साथ

काठमाडौं । विद्युत चोरी नियन्त्रणमा प्रहरीले मेजर अपरेशन थालेको छ । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले थालेको विद्युत चुहावट नियन्त्रणमा प्रहरीले पनि साथ दिँदै अपरेशन थालेको हो।


अब नेपालले बंगलादेशलाई बिजुली बेच्न सक्ने

माघ ९, काठमाडौं । बंगलादेशलाई नेपालबाट विद्युत आयातका लागि भारतले आफ्नो भूमि प्रयोग गर्न दिन भएको छ।


विद्युत् बेचेर भारतबाट वार्षिक साढे १० खर्ब आम्दानी

माघ ७, काठमाडौं । नेपालले आगामी २७ वर्षमा भारतसँगको विद्युत् व्यापारबाट बर्सेनि साढे १० खर्ब आम्दानी गर्नसक्ने एक अध्ययनले देखाएको छ ।


अब मापदण्ड पूरा नगर्ने पेट्रोल पम्प बन्द

माघ ७, काठमाडौं । मुलुकभर सञ्चालनमा रहेका पेट्रोल पम्पले पूर्वाधार निर्माणको मापदण्ड पूरा नगरे नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आपूर्ति बन्द गर्ने भएको छ।


अन्डाको मूल्यमा एकरुपता ल्याउन मूल्य निर्धारण

माघ ६, चितवन । व्यवसायमा एकरुपता ल्याउन कुखुरा व्यवसायीले अन्डाको मूल्य निर्धारण गरेका छन् । नेपाल अन्डा उत्पादक सङ्घ केन्द्रीय समिति र अन्डा बिक्रेताले मूल्यमा एकरुपता ल्याउन मूल्य निर्धारण गरेका हुन् ।


निगमले पेट्रोलियम पदार्थबाट ५ प्रतिशत भन्दाबढि नाफा लिन नपाउने

माघ ५, काठमाडौं । नेपाल आयल निगमले अब पेट्रोलियम पदार्थमा परल मूल्यको पाँच प्रतिशतभन्दा बढी नाफा लिन नपाउने भएको छ ।


अमेरिकाका नेपाली राजदूतले भूकम्पपीडितको करोडौं रकम हिनामिना गरे

माघ ५, काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूतले भूकम्पपीडितका नाममा उठेको करोडौं रकम नेपाल सरकारलाई बुझाउन आनकानी गरेको समाचार प्राप्त भएको छ ।


अवैध रुपमा शेयरबाट नेपालको पैसा बाहिरिदै

माघ २, काठमाडौं । अमेरिकी सेनाबाट अवकाश पाएका एक गैर–आवासीय नेपालीले सन्चालन गरिरहेको सामाजिक सन्जाल तथा इ–कमर्श साईट ‘सगुन डटकम’ ले २ अर्बभन्दा बढीको सार्वजनिक निष्काशन (आईपिओ) गर्दैछ ।


राष्ट्रिय प्रसारणमा १ मेगावाट बिजुली थपियो

माघ २, खोटाङ । राष्ट्रिय प्रसारण लाइनमा खोटाङको एक मेगावाट क्षमताको मेवाखोला हाइड्रोपावर थपिएको छ । जिल्लालाई लोडसेडिङमुक्त बनाउने लक्ष्य साथ साप्सु–कालिका हाइड्रोपावर कम्पनीले पूरा गरेको हाइड्रोपावर उद्घाटनसँगै राष्ट्रिय प्रसारणमा एक मेगावाट विद्युत थपिएको हो ।


विद्युत् चोरको नयाँ शैली

पुस २९, भक्तपुर । सामान्यतया कसैले पत्ता लगाउन नसक्ने विशेष प्रकारको विद्युत् चुहावट भक्तपुरमा हुने गरेको पत्ता लागेको छ । विद्युत्को खपत मापन गर्ने मिटरभित्रै तार घुसाएर (मिटरमा इन्टरनल लुक) विशेष प्रकारले भक्तपुरमा विद्युत् चुहावट हुने गरेको पत्ता लागेको हो ।


भारतलाई नदिई नेपाल आफैले बनाउने हुलाकी राजमार्ग

पुस २४, काठमाडौं । काठमाडौं–तराई–मधेसको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग निर्माण गर्न नेपाल सक्रिय भएको छ। भारतको आर्थिक तथा प्राविधिक सहयोगमा बनाउन खोजिएको हुलाकी राजमार्ग विभिन्न कारणले बन्न नसकेपछि नेपालले भारतीय ठेकेदारसँग सम्झौता तोडेर आफ्नै पहलकदमीमा बनाउन थालेको हो।


विश्व बैंकले फास्ट ट्रयाक बनाउन एक अर्ब डलर लगानी गर्ने प्रस्ताव

पुस १९, काठमाडौं । राष्ट्रिय गौरवको बहुप्रतिक्षित काठमाडौं–तराई–मधेश फास्ट ट्रयाकको सडक बनाउँन विश्व बैंकको प्रस्ताव आएको छ । भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको वैदेशिक सहायता माहाखाका अनुसार विश्व बैंकले फास्ट ट्रयाक बनाउँन एक अर्ब डलर तत्कालै ऋण दिन तयार भएको छ ।


२ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ बन्ने

पुस १५, काठमाडौं । सरकार र कोरियाको लगानी रहेको नेपाल वाटर एन्ड इनर्जी कम्पनीबीच २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् निर्माणका लागि आयोजना विकास सम्झौता पिडिएमा बिहीबार हस्ताक्षर भएको छ ।


२५ मेगावाटको अपरमादी जलविद्युतको निर्माण सम्पन्न

पुस १५, कास्की । आयोजना सुरु भएको ४ वर्षमै अपरमादी जलविद्युत् निर्माण पूरा भएको छ । विद्युत्गृह, लेखनाथ सबस्टेसनमा जडित मेसिन तथा उपकरणहरू सफलतापूर्वक परीक्षण गरी आयोजनाले पुस ५ देखि विद्युतको उत्पादन परीक्षणसमेत गरिरहेको छ ।


गाडीको इन्जिनभित्र लुकाएर ल्याएको ७ किलो तस्करी सुन कंलकीबाट बरामद

पुस १४, काठमाडौं । महानगरीय अपराध महाशाखाले काठमाडौंको कलंकीबाट ७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।


नेपाल र जापानबीच सम्झौता भएपछि बन्ने भयो नागढुंगा सुरुङ मार्ग

पुस ७, काठमाडौं । जापानले राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगामा यातायात सहजताका लागि सुरुङ (टनेल) मार्ग निर्माण गर्ने पक्का भएको छ ।


विश्व बैंकद्वारा नेपाललार्इ पाँच अर्ब ९४ करोड ऋण सहयोग

पुस ४, काठमाडौं । विगत १८ वर्षदेखि सञ्चालनमा रहेको सडक क्षेत्र विकास परियोजना कार्यान्वयनका लागि थप पाँच अर्ब ९४ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउन विश्व बैंक सहमत भएको छ।


विद्युत प्राधिकरणको काम सहज बनाउन तीन जना सञ्चालकलाई वर्खास्त गर्दै नयाँलाई नियुक्त

पुस ४, काठमाडौं । लोडसेडिङ हटाउन अवरोध गर्ने तीन जना सञ्चालकलाई वर्खास्त गरेर उर्जा मन्त्रालयले नयाँ नियुक्त गरेको छ।


सेयर बजार ६.६५ अंकले बढ्यो,कारोबार ५० करोड पनि पुगेन

बुधबार सेयर बजार ६.६५ अंकले उक्लिएपछि बजार १५१६ अंकमा पुगेको छ। बजार केही बढे पनि कारोबार रकम भने निकै घटेको छ। दिनभरीमा १३७ कम्पनीको ४८ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।


सुनको भाउ ह्वात्तै

मंसिर २०, काठमाडौं । सुनको मूल्य प्रतितोला ५४ हजार रुपैयाँबाट पनि ओर्लिएको छ । मंसिर लागेयता निरन्तर गिरावट देखिएको सुनको मूल्य आज तोलाको ५३ हजार ८ सय रुपैयाँमा आइपुगेको छ । मंसिरको महिनामा सुनको मूल्यमा आएको गिरावटले उपभोक्तालाई राहत भएको छ । विगत केही दिनदेखि ५४ हजारमा ओर्लिर्एर बसेको सुन आज २ सय रुपैयाँ सस्तो भएको हो ।


काठमाडौं–बिरगञ्ज विद्युतिय रेलको लागि ३१ दिने सार्वजनिक सूचना प्रकाशित

मंसिर १९, काठमाडौं । सरकारले आर्थिक बर्ष २०७३÷७४ कोे बजेटमा काठमाडौं–बिरगञ्ज रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने योजना अघि सारेको थियो ।


नागढुङ्गा–नौबिसे सुरुङमार्ग बन्ने निश्चित

मंसिर १५, काठमाडौं । बहुप्रतीक्षित थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग अब निर्माण हुने पक्का भएको छ ।


दोस्रो सर्किट ब्रेकपछि नेप्सेमा सुधार

मंसिर १३, काठमाण्डौ । दोस्रो सर्किट ब्रेकपछि खुलेको सेयर बजार सुधारको बाटोमा देखिएको छ । बजार खुलेको पहिलो घन्टामा ३ प्रतिशतले बढेपछि सर्किट ब्रेक मार्फत १५ मिनेटका लागि कारोबार रोक्का गरिएको थियो । त्यसपछि खुलेको बजारमा पनि घट्ने क्रम रोकिएन । परिणाम नेप्से ४ प्रतिशतले घट्यो र दोस्रो सर्किट ब्रेकमार्फत ३० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यसपछि खुलेको बजारमा सुधारको संकेत देखिएको छ । घट्दा १ हजार ४ सय ४ सम्म झरेको बजार १ बजेर ५० मिनेटसम्म बढेर १ हजार ४ सय ५६


भाटभटेनीलाई जरिवाना

मंसिर ९, पोखरा । सरकारी नियम मिचेर भवन निर्माण गरेको भन्दै पोखरा उपमहानगरपालिकाले न्युरोडमा रहेको भाटभटेनी डिपार्टमेन्ट स्टोरबाट बक्यौतासहित करिब ७४ लाख रुपैयाँ जरिवाना असुलेको छ ।


पोखरामा अल्ट्रालाइट दुर्घटना हुँदा चालकको मृत्यु

मंसिर ८, पोखरा । अल्ट्रालाइट दुर्घटना हुँदा एक रसियन चालक नागरिकको मृत्यु भएको छ ।


२० अर्बको विद्युत् उत्पादन कम्पनी दर्ता

मंसिर ६, काठमाडौं । जलविद्युत आयोजनाहरूको निर्माण गर्ने एकमात्र उद्देश्य राखी विद्युत् उत्पादन कम्पनी खुलेको छ ।


नेपालमा नयाँ डिजाईनको पुल बन्ने

मंसिर ६, काठमाडौं । माथिल्लो भागमा अर्धवृत्ताकार आकृतिका संरचना, अर्धवृत्ताकार संरचनामा बलिया तार जडान। बीचमा न कुनै पिलर। सवारी गुड्ने भागमा चिल्ला र आकर्षक कालोपत्रे। सँगै पैदलयात्रु हिँड्ने छुट्टै फुटपाथ।


बुढीगण्डीकी आयोजनाको काम अघि बढ्यो

मंसिर २, काठमाडौं । एक हजार दुई सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम अगाडि बढेको छ ।निर्माणमा आवश्यक पर्ने निजी जग्गा अधिग्रहण गर्न तीन महिनाभित्र मुआब्जा वितरण गरिने भएको छ ।


विमानस्थलबाट काँचो सुन ल्याउने गिरोह पक्राउ

मंसिर १, काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले काँचो सुन ल्याउने २० जनालार्इ नियन्त्रणमा लिएको छ।


ऊर्जा मन्त्रालयले २० अर्ब चुक्ता पुँजीको विद्युत् उत्पादन कम्पनी खोल्ने

मंसिर १, काठमाडौं । ऊर्जा मन्त्रालयले २० अर्ब चुक्ता पुँजी राखी विद्युत् उत्पादन कम्पनी खोल्ने प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार मन्त्रालयले ६१ लाख ६०


नेपाल बैंक ८० औँ वर्षमा प्रवेश

कात्तिक ३०, काठमाडौं । मुलुकको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड आजदेखि ८०औं वर्षमा प्रवेश गरेको छ ।


मकालु एयरको कार्गो विमान दुर्घटना

कात्तिक २६, काठमाडौं । सुर्खेतबाट कार्गो समान लिएर हुम्ला जाँदै गरेको मकालु एयरको विमान आज बिहान ८ बजे हुम्लाको सिमिकोटमा दुर्घटनामा परेको छ ।


निजी क्षेत्रको दादागिरीलाई कम गर्न इन्धन ढुवानी सेना र प्रहरीलाई दिईने

कार्तिक २६, काठमाडौं । नेपाली सेनाले ५ वटा पेट्रोल पम्प खोल्ने भएको छ। काठमाडौंको उपत्यकाको सितापाइला, महाराजगन्ज, नारायणहिटी,, चोभार सल्लाघारीमा पेट्रोल पम्प खोल्नका लागि अनुमति पाएको छ। आपूर्ति मन्त्रालयले सेनालाई ५ स्थानमा पम्प खोल्नका लागि


उपभोक्ताको सबैभन्दा बढी माग हुने समयमा उद्योगको साँझ ४ घण्टा विद्युत् कटौती

कात्तिक २५, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिहीवारदेखि उद्योगलाई साँझ ४ घण्टा बिजुली नदिने भएको छ । आम उपभोक्तामा


विश्वकै उत्कृष्ट परियोजना नेपालमा

कार्तिक २२, काठमाडौं । नेपालका अति दुर्गम भेगमा वातारणमैत्री दिगो विकास गरेर जलवायु अनुकुलन हुने गरी गरिबी निवारणमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै


हाइड्रो चाइना कर्पोरेसनले १ सय २ मेगावाट जलविद्युत उत्पादन गर्ने

कात्तिक २१, काठमाडौं । १ सय २ मेगावाट क्षमताको माथिल्लो त्रिशूली २ जलविद्युत् आयोजनामा चीनको हाइड्रो चाइना कर्पोरेसनले लगानी गर्ने भएको छ ।


निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी थलियो

कार्तिक १९, काठमाडौं । गत वर्ष वैशाखको भूकम्प, बाढीपहिरो र भारतीय नाकाबन्दीले निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना थलिएको छ ।


नेपाललाई एसियाली विकास बैंकले १२ अर्ब रुपैयाँ सहयोग गर्ने

कात्तिक १८, काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले नेपालको माध्यमिक शिक्षामा पहुँच विस्तार तथा गुणस्तर अभिवृद्धि गर्न १२ अर्ब रुपैयाँ ऋण सहयोगको घोषणा गरेको छ ।


३० प्रतिशत इन्धन चीनबाट ल्याउन नयाँ प्रक्रिया शुरु

कार्तिक ५, काठमाडौं । सरकारले चीनबाट इन्धन ल्याउननयाँ गृहकार्य सुरु गरेको छ। सरकारी स्वामित्वकै नेसनल ट्रेडिङ लिमिटेडलाई नेपाल आयल निगमको भगिनी संस्था बनाएर त्यसैमार्फत इन्धन आपूर्ति गर्ने तयारी थालेको आपूर्ति मन्त्रालयले जनाएको छ।


इमाडोलमा ग्यास उत्पादन आजदेखि सुरु हुने

कार्तिक ५, काठमाडौं । ललितपुरको इमाडोलमा रहेको मिथेन (प्राकृतिक ग्यास) उत्पादनको काम सुरु हुने भएको छ। आज दिउँसो उद्योग मन्त्री नविन्द्रराज जोशीले उक्त ग्यास उत्पादनको औपचारिक सुरुवात गर्ने उद्योग मन्त्रालयले जानकारी दिएको छ।


नेपालीका कन्टेनर किन समुन्द्रमा अलपत्र परे

असोज १७, काठमाडौं । समुन्द्रमा ढुवानी सेवा चलाउने हान्जन सिपिङ कर्पोरेसन आर्थिक समस्यामा परेपछि नेपाली व्यवसायीका करिब चार सय कन्टेनर सामान विभिन्न मुलुकका समुद्री तटमा अलपत्र परेका छन् ।


हेटौंडा कपडा उद्योग सञ्चालन गरिने

असोज ६, काठमाडौं । हेटौंडा कपडा उद्योग पुनः संचालन गर्ने सम्वन्धमा वस्तुस्थितिको अध्ययन गरी १५ दिनभित्र सुझावसहित प्रतिवेदन पेश गर्न अर्थशास्त्री एवं राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. पुष्कर बज्राचार्यको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरिएको छ ।


मुल्य बढाउँन नपाउँदा नाफा घट्यो : आयल निगम

असोज ४, काठमाडौं । नेपाल आयल निगमको नाफा अघिल्लो महिनाको तुलनामा दुई तिहाईले घटेको छ। प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखमा मूल्य समायोजन गर्दै आएको निगमको अगष्ट १६ को तुलनामा सेप्टेम्बरको सोही दिनसम्मको नाफामा दुईतिहाइ गिरावट आएको हो।


भारतलाई विस्थापित गर्दै स्वदेशी सिमेन्टमा आत्मा निभर बन्दै नेपाल

भदौ २८, काठमाडौं । नेपालमै उत्पादन भएको स्वदेशी सिमेन्टको प्रयोग बढ्न थालेपछि भारतीय सिमेन्टको आयात ठुलो मात्रामा घटेको छ ।


नाडा अटोशोमा साढे ३ अर्बको कारोबार गर्दै सकियो

काठमाडौं । ११ औं नाडा अटो-शोमा आइतबार सकिएको छ । भव्यतापूर्वक सकिएको शोमा साढे ३ सय करोड रुपैयाँ बराबरको कारोबार भएको मेलाका संयोजक शम्भुप्रसाद दाहालले पत्रकार सम्मेलनमा जानकारी दिए ।


५५ करोडमा किन्यो सुरेश राठी समूहले सीता एयर

भदौं १७, काठमाडौं । आन्तरिक उडानको वायुसेवा कम्पनी सीता एयर बिक्री भएको छ। विराटनगरका व्यापारी सुरेश राठीसहितको समूहले यो वायुसेवाको पूर्ण स्वामित्व खरिद गरेको छ।


जापान सरकारले काठमाडौं–नौबिसे सुरुङ मार्ग निर्माण गर्न १८ अर्ब रुपैयाँसम्म सहयोग गर्ने

भाद्र १५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जापानका विदेश राज्यमन्त्री नोबु किसाइले आज प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।


आरएसडिसीले ४ लाख कित्ता आइतबारदेखि निकाल्ने

काठमाडौं, भदौ ४ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ५ गते आइतबारबाट सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।


नेप्सेको कारोबार खस्के पनि १७ अंकमा वृद्धि

काठमाडां, भदौ १ । यो साताको पहिलो दुई दिन लगातार दोहोरो अंकले घटेको बजार पछिल्लो दुईदिन लगातार दोहोरो अंकले उकालो लागेको छ । कारोबारमा आएका अधिकांस समूहको सूचक बढेपछि बजार उकालो लागेको हो । बजार बढेपनि कारोबार रकममा भने गिरावट आएको छ ।बुधबारको कारोबारमा पाँच कम्पनीका लगानीकर्ताले दश प्रतिशतको हाराहारीमा कमाएका छन् ।


राइभेट प्लेसमेण्ट अफरिंग बन्द गरेको सगुनले नेपाली लगानीकर्तालाई कहिले दिएला त लगानी गर्न वाता

काठमाडौ,भदौ १ । अन्तर्राष्ट्यि शेयर बजारमा पहिलो पटक शेयर जारी गरेको नेपालीको कम्पनी सगुन डटकमले प्राइभेट प्लेसमेण्ट अफरिंग बन्द गरेको छ ।


१२ उद्योगको खाने तेल अयोग्य, गत आर्थिक वर्ष ३९ वटा मुद्दा दायर

काठमाडौं,भदौ,१ । मुलुकमा रहेका प्रतिष्क्षित कम्पनीबाट उत्पादन गरिएका गुणस्तरहीन खाने तेलमा मानवस्वास्थ्यलाई हानि गर्ने गुणस्तरहीन खाने तेल उत्पादन गरेको पाइएको छ ।


किन बन्द भयो उदयपुर सिमेन्ट उद्योग

उदयपुर । सरकारी स्वामित्वमा रहेको देशकै ठूलो उदयपुर सिमेन्ट उद्योग कच्चा पद्धार्थ उत्पादन गर्ने मेसिनको गियर बिग्रिएपछि १५ दिनदेखि बन्द भएको छ ।


नेपालमा बार्षिक २ अर्बको मदिराजन्य पदार्थ आयात

साउन १०, काठमाडौं । आर्थिक बर्ष २०७२–७३मा पौंने दुई अर्ब रुपैयाँ बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ । भन्सार विभागका अनुसार गत वर्ष १ अर्ब ८० करोड ७३ लाख रुपैया बराबरको विदेशी मदिरा नेपाल भित्रिएको हो ।


नेपालमै नोट छापिने

साउन ८, काठमाडौं । सरकारले स्वदेशमै बैंक नोट, राहदानी, चेकबुक र वायोभेट्रिक कागजातलगायतको एकिकृत छपाइ गर्न राष्ट्रिय सुरक्षण छपाई प्लाण्ट (सेक्युरिटी प्रेस) राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्डको राष्टिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदनलार्ई कार्यन्वयनका लागि मन्त्रिपरिषदमा पेश गरेको छ ।


आन्तरिक र बाह्य गरि नेपालले ६ खर्ब ऋण तिर्नुपर्ने

साउन ५, काठमाडौं । नेपालले विकासका गतिविधि सञ्चालन र पूर्वाधार विकास गर्न लिने आन्तरिक तथा बाह्य ऋण बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष ०७२र०७३ मा ९.९ प्रतिशत बढेर सरकारको कुल ऋण ५ खर्ब ९८ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा देशको ऋण भार ५३ अर्ब ७६ करोड रुपैयाँ बढेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।


अरोमाको नयाँ शाखा चावहिलमा

श्रावण ६, काठमाडौ । थाइल्याण्डको प्रसिद्ध फेशन ब्राण्ड अरोमाको अत्याधुनिक शोरूम राजधानीको चावहिलमा विस्तार भएको छ । विगत दुईवर्षदेखि राजधानीको उत्तरढोकाबाट सञ्चालित अरोमा फेशन एण्ड टेक्नोलोजिले नेपालभर बजार विस्तार गर्ने योजनाअनुरुप चाहिलमा शाखा विस्तार गरेको हो ।


राष्ट्र बैकले आज १० अब रुपैयाँको रिपो जारी गर्दै

साउन ५, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा भएको लगानी योग्य पुँजीको पर्याप्तता (अधिक तरलता) खिच्ने उद्देश्यले रिपो जारी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । ७ दिनको लागि राष्ट्र बैंकले रिपो जारी गर्न लागेको हो


भूकम्पपछि अपार्टमेन्टको कारोबार ठप्प

काठमाडौं । गत वर्षको भूकम्पपछि मुलुकमा अपार्टमेन्ट किनबेच ठप्प हुँदा नयाँ निर्माण समते हुन सकेका छैनन् ।


लक्ष्मी लघुबित्त र फस्टमाईक्रोको आयो प्रगति बिबरण

श्रावण ४, काठमाडौं । फस्ट माईक्रो र लक्ष्मी लघुबित्तले मंगलबार एकसाथ बित्तीय बिबरण प्रकाशित गरी लगानीकर्ताहरुको ध्यान तानेका छन् ।


२० रूपैयाँको नोटमा ब्याकरणीय त्रुटी,नोट परिवर्तन भयो

असार३०, काठमाडौं । २० रुपैयाँको नोटमा परिर्वतन भएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले २० रुपैँयाको नोटको डिजाइन परिवर्तन गरि बजारमा ल्याउन लागेको हो । चलनचल्तीमा रहेका नोटहरुमा समय अनुसारका नयाँ विशेषताहरु संलग्न गर्नुपर्ने भएकाले यो परिमार्जन गर्न लागेको बताईएको छ ।


इन्धन आपूर्तिर्को विषयमा छलफल गर्न नेपाली टोली चीन जाँदै

असार२६, काठमाडौं । चीनबाट इन्धन आपूर्ति गर्ने विषयमा छलफल गर्न आज नेपाली टोली चीन जाँदैछ । आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाको नेतृत्वको पाँच सदस्यीय टोली चीन जान लागेको लागेको हो । आपूर्ति मन्त्रालयका उपसचिव अर्जुन पन्त, निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का, निगमका पेट्रोलियम इन्जिनियर विजय सत्याल र उद्योग मन्त्रालयका इन्जिनियर प्रभातकुमार सिंह सहितको टोली चीन जान लागेको हो ।


बजेट विनियोजन विधेयक आज पारित हुने

असार २५, काठमाडौं । सरकारले पेस गरेको आगामी आर्थिक वर्षको बजेट सम्बन्धी बिनियोजन विधेयक व्यवस्थापिका संसदले आज पारित गर्दैछ । सांसदहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम सकिएपछि आजै उक्त विधेयक पारित गरिने छ ।


बजेट विनियोजन विधेयक आज पारित हुने

असार २५, काठमाडौं । सरकारले पेस गरेको आगामी आर्थिक वर्षको बजेट सम्बन्धी बिनियोजन विधेयक व्यवस्थापिका संसदले आज पारित गर्दैछ । सांसदहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम सकिएपछि आजै उक्त विधेयक पारित गरिने छ ।


विशेष आर्थिक क्षेत्र स्थापना हुने भयो

असार२१, काठमाडौं । व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिबाट विशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । सो विधेयकमा परेका संशोधनमा आजको बैठकमा छलफल भई पारित भएको हो । सो विधेयक अब संसद्को मूल बैठकमा चाँडै पेस हुनेछ ।


वैदेशिक व्यापारमा छ प्रतिशतले कमी

असार १७ । नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा ५.७ प्रतिशतले ह्रास आई ७४१.७७ अर्ब रुपैयाँ रहन गएको छ ।


भारतबाट थप १२० मेगावाट विद्युत आयात गरिने

असार१४,काठमाडौं । लोडसेडिङ अन्त गर्न भारतबाट १२० मेगावाट बिजुली आयात गरिने भएको छ । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशिय प्रसारणलाइनबाट भारत विद्युत दिन तयार भएको हो । हाल ढल्केबर–मुजफ्फरपुर पहिलो अन्तरदेशीय लाइन मार्फत ८० मेगावाट आयात भइरहेको छ ।


होटलमा लगानी बढ्दो

असार १४, कपिलवस्तु । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएसंगै रुपन्देहीमा होटलमा लगानी ह्वात्तै बढेको छ। रुपन्देहीमा दुई वर्षयता होटलमा ७ अर्ब लगानी भएको छ। सन् २०१७ को अन्त्यसम्म गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको छ ।


गौतम बुद्ध विमानस्थलबाट दैनिक ६० ओटा अन्तर्राष्ट्रिय उडान हुने

असार१३, काठमाडौं । सन् २०३३ सम्ममा दैनिक ६० अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्यका साथ गौतम बुद्ध विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको, कुनै पनि समस्या आउँदा भारत र नजिकका विभिन्न विमानस्थलमा जहाज डाइभर्ट गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै गौतमबुद्ध विमानस्थलको काम अगाडि बढाइएको हो ।


सरकारले सवारी कर बढायो

असार१३, काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि लागुहुने गरि सवारी साधनको बार्षिक करमा बृद्धि गर्ने भएको छ । सरसकारले मोटरसाइकल र स्कुटरमा एकैपटक ५ हजार रुपैयाँसम्म कर बृद्धि गरेको छ । यातायात व्यवस्था विभागले साउन १ गतेदेखि २५१ देखि ४००सीसी सम्मका मोटरसाइकलमा वाषिर्क ८ हजार रुपैयाँ कर लगाउनेभएको हो । यस अघि ६ हजार रुपैँया थियो ।


भारतमा नेपालका लागि नयाँ बन्दरगाह खुल्यो

असार ११, काठमाडौं । भारतको विशाखापटनम बन्दरगाह नेपालका लागि औपचारिक रुपमा खुल्ला गरिएको छ । नेपालका लागि शुक्रबार पहिलो कार्गो छुट्दा विशाखापटनम बन्दरगाहमा रहेका दुबै देशका सरकारी अधिकारीहरुले हरियो झण्डा फहराएका थिए । विशाखापटनम नेपालका लागि दोस्रो बन्दरगाह हो । यसअघि नेपालले कोलाकाता–हल्दिया बन्दरगाह प्रयोग गर्दै आइरहेको छ ।दुरीको हिसाबले कोलकाता भन्दा दक्षिण भारतमा पर्ने बिशाखापटनम नेपालबाट टाढा पर्छ । तर, सुविधाको हिसाबले कोलाकाता भन्दा यो बन्दरगाह फाइदाजनक भएको भारतीय अधिकारीहरुले बताएका छन् ।


विदेशबाट ५० ग्राम भन्दा बढि सुन ल्याउन प्रतिबन्ध

असार ११, काठमाडौं । विदेशबाट फर्किनेले ५० ग्राम भन्दा बढि सुन ल्याउन नपाउने भएका छन् । सरकारले लागु गरेको नयाँ भन्सार व्यवस्था अनुसार विदेशबाट ५० ग्राम मात्र सुन ल्याउन पाइने भएको छ । भन्सार विभागले आगामी साउन एक गतेवाट लागुहुने गरि यस्तो व्यवस्था गरको हो । नयाँ व्यवस्था अनुसार अव विदेशवाट आउने जो सुकैले पनि ५० ग्रामसम्म त्यो पनि तयारी गहना मात्र साथमा ल्याउन पाउने छन् । यो परिमाणमा तयारी गहना ल्याए कुनै


राष्ट्र बैंकले ऋणपत्र जारी गर्दै, १० अर्ब सम्मका लागि आवेदन गर्न सकिने

असार ११, काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ‘राष्ट्र बैंक ऋणपत्र’ आइतवार जारी गर्नेभएको छ । बैंकले एकबर्षे अवधिको उक्त ऋणपत्र असार १२ गतेबाट बोलकबोल मार्फत बिक्री गर्ने जनाएको छ । तरलता बढी भएपछि केन्द्रीय बैंकले ऋणपत्र जारी गरेर बजारबाट रकम उठाउन लागेको हो ।


नेपालमा आठ अर्ब लगानी गर्दै विदेशी उद्योग

असार ११, काठमाडौँ । १४ ओटा विदेशी उद्योगले नेपालमा करिब ८ अर्ब लागानी गर्नेभएका छन् । ब्रिटिस भर्जिन आइल्यान्डका उद्योगले नेपालका विभिन्न क्षेत्रमा लगानी गर्ने प्रस्ताव गरेको उद्योग विभागले जनाकारी दिएको छ । आइल्यान्डका उद्योगको उक्त लगानीबाट मुलुकमा दुई हजार ५४ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। ती उद्योगमध्ये नेपाल बोर्डस लिमिटेडको रु दुई करोड ८८ लाख ६८ हजार, होटल एन्ड लिजरको रु ९१ करोड पाँच लाख ६५ हजार, ह्वाइट हर्स फल्स कोपरेसनको रु दुई करोड २० लाख, प्लेन पान मसाला गुट्खा, स्वीट् सुपारीको रु चार करोड ५० लाख लगानी रहेको छ।


१० रुपैयाँमा कपडा ?

असार ११, काठमाडौं । सुन्दा अचम्म लाग्ला, राजधानीमा १० रुपैयाँमा कपडा किन्न पाइन्छ । सामाखुसी टाउनप्लानिङमा रहेको एक पसलमा १० रुपैयाँमा सर्ट पाइन्छ । केही वर्ष कोरिया बसेर फर्केका पर्यटन व्यवसायी चीजमान गुरुङको अवधारणामा पुराना सामान पुनः प्रयोग एवम् प्रशोधन गरी उक्त मूल्यमा बेच्ने गरिएको हो ।


कोरला नाका आजबाट खुल्यो

असार १, मुस्ताङ । चीनसँगको कोरला नाका आजदेखि २५ दिनका लागि खुलेको छ । सामान खरिदका लागि सिमा क्षेत्रमा भिड बढेको छ । नाका खुलेपछि पोखरा, बुटवल लगायतका स्थानबाट ब्यापारीहरु मुस्ताङ आएका छन् । ब्यापार मेलाका लागि नाका खुलेकोले कोरलामा रहेको बन्द भन्सार कार्यालय सक्रिय पारिएको छ । भन्सारले आफ्नो नियमित काम सुरु गरेको छ । सिमानामा आयात निर्यात हुने सम्पुर्ण जांचपासको तयारी पुरा भएको छ । भन्सार जांच गरेर मात्र सामान ल्याउन पाइनेछ ।


नेपालीको दैनिक बचत २८ रुपैयाँ

जेठ २९, काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै गरेको अध्यन अनुसार नेपालीको दैनिक बचत २८ रुपैयाँ ९० पैसा हुने गरेको देखिएको छ । बैंकको तथ्याङक अननुसार नेपालीको दैनिक प्रतिव्यक्ति आय औसतमा २ सय ४ रुपैयाँ र खर्च १ सय ७६ रुपैयाँ छ। राष्ट्र बैंकले तयार पारेको तथ्यांकलाई आधार मान्दा खर्च कटाएर नेपालीले दैनिक २८ रुपैयाँ ९० पैसा बचत हुने गरेको छ ।


घर जग्गा कर नतिर्नेहरुको सुचीमा दुगड र गोल्छा समुह अग्र स्थानमा

राजस्व नतिर्ने विराटनगरका एक दर्जन ठूला करदातालाई विराटनगर उपमहानगरपालिकाले कारबाही सुरु गरेको छ। कर नतिर्नेमा औद्योगिक घरानाका व्यवसायी बढी देखिएका छन्। विराटनगर ८ स्थित दुगड निवासका किसनलाल दुगडले नौ वर्षदेखिको घरजग्गा र व्यवसाय कर गरी रु १५ लाख र विकास दुगडले पाँच वर्षदेखिको रु आठ लाख, नमस्कार होटल विराटनगरका कृष्ण गोपाल श्रेष्ठले १५ वर्षदेखिको रु दश लाख, गोल्छा समूहका दिवाकर गोल्छाले पाँच वर्षदेखिको रु दश लाख तिर्न बाँकी देखिए


एनसेलबाट कर असुलेर मात्र पूँजी वृद्धि अनुमति दिन निर्देशन

जेष्ठ २२,काठमाडौं । व्यवस्थापिका संसदको अर्थ समितिले एनसेलबाट कर असुल नगरी पुँजी वृद्धि लगायतका व्यावसायिक योजना अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बिहान सिंहदरबारमा बसेको बैठकले उद्योग र सूचना तथा सञ्चार मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । एनसेलले पुँजी वृद्धिका लागि औद्योगिक प्रवर्द्धन बोर्डमा प्रस्ताव पेस गरेकै बेला अर्थ समितिबाट यस्तो निर्देशन आएको हो । समितिको निर्देशनपछि बोर्डले तत्कालै एनसेलको पुँजी वृद्धि प्रस्ताव स्वीकृत गर्न पाउने छैन । ’एनसेलबाट सम्पूर्ण कर असुली गरेसकेपछि मात्र सो कम्पनीको पुँजी वृद्धि लगायतका अन्य


करको दायरा नबढाएकोमा व्यवसायी चिन्तित

जेठ २०, काठमाडौं । सरकारले बजेटमा करको मात्रा बढाएकोमा व्यवसायीहरु चिन्तित भएका छन् । करको दायरा बढाउनुपर्ने व्यवसायीको मागलाई बेवास्ता गर्दै सरकारले करको मात्रा बढाएको हो ।


सवा खर्ब रुपैयाँ नयाँं नोट ल्याउँदै राष्ट्र बैंक

जेठ १९,काठमाडौं । बजारमा १ खर्ब २६ अर्ब रुपैयाँ बराबरका नयाँ नेपाली नोट आउने भएका छन्। २०, ५० र सय दरका नोट धमाधम विदेशमा छापिँदै छन् भने ५ सय दरका नोट छाप्न नेपाल राष्ट्र बैंकले हालै बोलपत्र आह्वान गरेको छ। अगामी वैशाखसम्ममा ती सबै नेपाली नोट नेपाल आइपुग्ने राष्ट्र बैंकको भनाइ छ।


सरकारको आर्थिक सर्वेक्षण अनुसार जीडीपी ०.७७ प्रतिशतले बढ्ने

जेठ १३,काठमाडौं । सरकारले सदनसमक्ष आर्थिक वर्ष २०७२र७३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेको छ । सर्वेक्षणअनुसार चालु आवमा मुलुकको कुल गार्हस्थ्य उत्पादन ० दशमलव ७७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । गत वर्ष त्यस्तो वृद्धिदर २ दशमलव ३२ प्रतिशत थियो । कृषि क्षेत्रको वृद्धिमा कमी, भूकम्पको प्रभावबाट गैरकृषि क्षेत्रका गतिविधिमा अधिक प्रभाव र भारतसँगको सीमा क्षेत्रमा भएको अवरोध र आपूर्तिमा त्यसबाट उत्पन्न व्यवधानले आर्थिक वृद्धिदर नबढेको सरकारको भनाई छ । चालु आवमा कृषि क्षेत्रको उत्पादन १ दशमलव ३ प्रतिश


विदेशी मुद्राको सटही दर के छ ?

जेठ ४, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ४० पैसा र विक्रिदर २८ रुपैयाँ ५६ पैसा रहेको छ। त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ २६ पैसा र विक्रिदर २९ रुपैयाँ ४३ पैसा छ भने युएई दिरहाम एकको खरिददर २९ र विक्रिदर २९ रुपैयाँ १६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४४ पैसा र विक्रिदर २६ रुपैयाँ ५९ पैसा तोकेको छ । त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७ पैसा र विक्रिदर ९ रुपैयाँ ११ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५३ रुपैयाँ ५ पैसा छ


आज विदेशी मुद्राको सटही दर के छ ?

जेठ २, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस्तो छ । साउदी रियाल एक को खरिददर २८ रुपैयाँ ४१ पैसा र विक्रिदर २८ रुपैयाँ ५७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ २७ पैसा र विक्रिदर २९ रुपैयाँ ४३ पैसा छ भने युएई दिरहाम एकको खरिददर २९ रुपैयाँ र विक्रिदर २९ रुपैयाँ १७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४४ पैसा र विक्रिदर २६ रुपैयाँ ५९ पैसा तोकेको छ । त्यस्तै, कोरियन वन १ सयको खरिद


१० खर्बको बजेट ल्याउने सरकारको तयारी

वैशाख२५, काठमाडौं । बजेट भाषणअघि नै ढल्नबाट जोगिएको केपी ओली नेतृत्वको सरकारले बजेटको आकार बढाउने भएको छ । विभिन्न मन्त्रालय तथा निकायहरुबाट तोकिएको सिलिङभन्दा झन्डै दोब्बर बजेट माग भएपछि सरकारले बजेटको आकार ९१ अर्ब रुपैयाँसम्म बढाउने र लोकप्रिय कार्यक्रमहरु घोपषण गर्ने तयारी गरेको हो । सरकार कहिले ढल्छ भन्ने टुंगो नभएपछि अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले बजेटको आकार बढाएर लोकप्रिय कार्यक्रमहरु घोषणा गर्नुपर्नेमा प्रधानमन्त्री ओलीलाई कन्भिन्स गरिसकेका छन् । ०५१ को ९ महिने शाशनका


एनसेल प्रकरणमा दोष कसको ?

वैशाख २४,काठमाडौं । एनसेलले पुँजीगत लाभकर नतिर्ने अडान लिएको छ । तर संसदको लेखा समितिले एनसेलले कर नतिरे खारेज गर्न सरकारलाई पत्राचार गरिसकेको छ । सरकारी निकाय आन्तरिक राजस्वले एनसेलको झण्डै ४० अर्ब रुपैयाँ अनुमान गरिएको पुँजीगत लाभकर तिराउनै नपर्ने भनेर लविङ गरेको थियो। प्राधिकरणले अनुमतिपत्र बिक्री हुँदा तिराउनपर्ने एक अर्ब रुपैयाँ राजस्वबाट उन्मुक्ति दिनुका साथै पुँजीगत लाभकर नतिराउन पनि एनसेललाई सहयोग पुर्याएको देखिएको छ। उद्योग विभागले कर छल्न खोजेको सार्वजनिक भइसकेपछि २० प्रतिशतको सेयर खरिदबिक्री सम्झौता (एसपीए) लाई स्वीकृत गरी टेलियासोनेराको एनसेलको स्वामित्व एक्सिएटालाई जिम्मा लगाउने बाटो खोलिदिएका थिए। स्रोतकाअनुसार टेलियासोनेरा(एक्सिएटाबीच एनसेल खरिदबिक्रीको सम्झौता हुनुअघि एक्सिएटाका सीईओ काठमाडौं आएर तिनै निकायका प्रमुखलाई भेटेका थिए। भेटका क्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माले विदेशी लगानीको कम्पनी विदेशमै खरिदबिक्रीको सम्झौता हुँदा पुँजीगत लाभकर लाग्दैन भन्दै ढुक्क हुन भनेका थिए। भेटको बन्दोवस्त एनसेलको २० प्रतिशत स्वामित्व निरजगोविन्द श्रेष्ठबाट खरिद गर्ने भावनासिंह श्रेष्ठका पती सतिशलाल आचार्यले मिलाएका थिए।


करनतिर्नेको सुचीमा पूर्वराजाको ज्ञानेन्द्रको कम्पनी

वैशाख २४,काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष लगानी रहेको दमकको हिमालय टि गार्डेन एन्ड फार्मिङले सम्पत्ति करबापतको रकम तिर्न बाँकी रहेको खुलेको छ । फार्मिङले करिब एक करोड ५० लाख रुपैयाँबराबरको कर तिर्न बाँकी रहेको बताइएको छ । दमक नगरपालिकाले एकीकृत सम्पत्ति कर लागू गरेयता दस वर्षको अवधिमा गुडरिकले एक करोड ६७ लाख ३२ हजार दुई सय ४३ रुपैयाँ उठाउन बाँकी रहेको जनाएको छ । ०६२–०६३ देखि गएको आर्थिक वर्ष ०७१–०७२ सम्म दमक–१५ स्थित गुडरिकले त्यति सम्पत्ति कर बुझाउन बाँकी देखिएको नगरपालिकाको राजस्व शाखाप्रमुख टीकाराज दाहाल


एक नेपालीको वार्षिक आम्दानी ८० हजार रुपैयाँ, आर्थिक बृद्धिदर नकारात्मक हुनबाट जोगियो

बैशाख २१ ,काठमाडौं । एक वर्षमा नेपालीहरुको आम्दानी औसतमा तीन हजार आठ सय रुपैयाँ मात्रै बढेको छ । केन्द्रिय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तथ्यांक अनुसार नेपालीको प्रतिव्यक्ति आम्दानी ८० हजार नौं सय २१ रुपैयाँ पुगेको छ ।


तपाईले खाना पकाउने ग्यास, पाउनुभएको छैन ? भने ०१–४२६२५८६मा फोन गर्नुहोस्

बैशाख २१ , काठमाडौं । तपाईले ग्यास पाउनुभएको छैन ? ग्यास नपाएर आजित हुनुभएको छ । अब ग्यासका लागि सास्ती भोग्नुपर्दैन् । तपाईले एक कल फोनमै आयल निगमले ग्यासको बारेमा सूचना दिनेछ । यही सूचनाको आधारमा ग्यास उपलब्ध हुने निगमले जनाएको छ । निगमले खाना पकाउने ग्यासका लागि कन्ट्रोल रुमको व्यवस्था गरेको छ । ०१–४२६२५८६ मा टेलिफोन गरेर ग्यासको बारेमा सबै जानकारी पाउने व्यवस्था गरेको निगमले जनाएको छ । अरु पेट्रोलियम पदार्थको हकमा पनि छुट्टै टेलिफोनको व्यवस्था गरेको छ ।


आजको बिदेशी मुद्राको बिनिमय दर कति ?

वैशाख २१, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको बिदेशी मुद्राको विनिमय दर यस्तो छ । साउदी रियल एकको खरिददर २८ रुपैयाँ २५ पैसा र विक्रिदर २८ रुपैयाँ ४१ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ९ पैसा र विक्रिदर २९ रुपैयाँ २५ पैसा छ भने युएई दिराम एकको खरिददर २८ रुपैयाँ ८४ पैसा र विक्रिदर २९ रुपैयाँ तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा र विक्रिदर २७ रुपैयाँ २७ पैसा तोकेको छ । त्यस्तै,


सुनको भाउ ह्वात्तै घट्यो

वैशाख २०,काठमाण्डौ । लगातार उकालो लागेको सुनको भाउ सोमबार घटेको छ । सुनको भाउ सोमबार तोलामा तीन सय रुपैयाँले घटेर ५६ हजार सात सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आइरहेकाले नेपाली बजारमा पनि भाउ घटबढ भएको हो । यस्तै सोमबार चाँदी पनि तोलामा पाँच रुपैयाँले घटेर तोलाको आठ सय रुपैयाँमा किनबेच भइरहेको छ । यो महिना लागेसँगै सुनचाँदीको भाउ बढ्न


बैंकहरुको नाफा बढ्दो

वैशाख २०,काठमाडौं । मुलुकमा उत्पन्न प्रतिकूल अवस्थाका बाबजुद बैंकहरुले यो वर्ष नाफा बढाएका छन्। विभिन्न बैंकहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरणहरु सार्वजनिक गरिरहेका छन्। उनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा बढेको देखिएको छ। चालु वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने सिटिजन्स बैंक पहिलो हो । यसले चैत मसान्तसम्मा ६७ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ । पोहोरभन्दा यस वर्षको नौ महिनामा यसले २६ करोड रुपैयाँले नाफा बढाएको छ । गत वर्ष सिटिजन्सले सो अवधिमा ४५ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो ।


न्युयोर्कमा नेपालमा उत्पादित सामानको मेला हुँदै

बैशाख १९, काठमाडौं । संसारकै राजधानीको रुपमा मानिने न्युयोर्कमा आँउदो सेप्टेम्बरमा नेपाल प्रदर्शनी तथा अन्तराष्ट्रिय ब्यापार मेला हुने भएको छ । बल्र्ड बिजनेश म्यानेजमेन्ट एण्ड कन्सल्ट्याण्टले न्युयोर्कको मुटु म्यानहटनको पियर ९२ मा मेला आयोजना गर्न लागेको हो ।


संसारकै चर्चीत अनलाईन अलिबाबामा गोल्डस्टार जुत्ता

वैशाख१८,काठमाडौं । नेपाली जुत्ता गोल्डस्टार संसारकै चर्चीत अनलाईन मार्केटप्लेस कम्पनी अलिबाबाको अनलाईन सपिङ साइटमा बिक्रीका लागि राखिएको छ । दैनिक अर्बौ कारोबार हुने अलिबाबामा नेपालबाट प्रतिनिधित्व गर्ने पहिलो कम्पनी बनेको छ ।


एनएमबि बैंकको कर्पोरेट क्यामपेयन, अत्मनिर्भरताको सकारात्मक उर्जालाई प्रचारप्रसार गर्ने

बैशाख १७ ,काठमाडौं । एनएमबि बैंकले आत्मनिर्भर नेपालको साथमा एनएमबि बैंक भन्ने नारा सहित आफ्नो कर्पोरेट क्यामपेयनको शुरुवात गरेको छ । क्यामपेयनको मुख्य उद्देश्य आत्मनिर्भर नेपालका लागि विभिन्न व्यक्ति, क्षेत्र र बैंकले पुर्याएको योगदानको कदर रहेको बैकले जनाएको छ।


एभरेष्ट र मेटलाइफबीच बैंक ईन्सुरेन्स सम्झौता

बैशाख १७ , काठमाडौं । एभरेष्ट बैंक र मेटलाइफ नेपालबीच बैंक इन्सुरेन्स सम्झौता भएको छ । बैकको मुख्य कार्यालयमा भएको कार्यक्रममा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत एके अहलुवालिया र मेटलाइफ नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत एम अलाउदिन अहमदले हस्ताक्षर गर्नुभएको छ । यस सम्झौता पश्चात अब एभरेष्ट बैंकका ग्राहकहरुले बैंकको शाखाहरुबाटै मेटलाइफ नेपालको बिमा सेवा पाउनेछन् ।


मुक्तिनाथ मन्दिरमा अस्पताल निर्माण गर्न माग

बैशाख १७, काठमाडौं । मुस्ताङको जोमसोममा रहेको प्रशिद्ध मुक्तिनाथ मन्दिर क्षेत्रमा अस्पताल खोल्न स्थानीयवासीले माग गरेका छन् । स्थानीयको माग अनुसार अस्पताल खोल्नेबारे छलफल भइरहेको मुक्तिनाथ आरधना परिषदका अध्यक्षसमेत रहेका डा. भोला रिजालले बताउनुभयो ।


शेयर दलालको कमाइ दिनहुँ ५० लाख

बैशाख १६ , काठमाडौं । मूल्य र कारोबारमा भएको बृद्धिसँगै सेयर दलालहरुको कमाइ दैनिक ५० लाख रुपैयाँसम्म पुगेको छ । गत असारदेखि फागुनसम्मको कारोबार रकम र त्यसमा दलालले लिने गरेको न्यूनतम कमिसनका आधारमा यो रकम आएको हो । यसका आधारमा प्रत्येक दलालले दैनिक औसत करिब १ लाख कमाएको देखिन्छ । कार्यरत ५० दलालहरुमध्ये कार्यक्षमताअनुसार केहीले धेरै र केहीले कम कमाउँदै आएका छन् ।


सेञ्चुरी बैकको नाफा २३ करोड २४ लाख रुपैयाँ

बैशाख १३ , काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक बर्षको तेश्रो त्रैमास अवधीमा २३ करोड २४ लाख रुपैंयाँ नाफा कमाएको छ । यो नाफा बैंकले अघिल्लो बर्षको सोही अवधीमा कमाएको भन्दा ६ करोड ९४ लाखले बढि हो ।


प्रहरीलाई पोसाक किन्न नगद

बैशाख १३ , काठमाडौं । नेपाल प्रहरीले आफ्नो कर्मचारीलाई पोसाकको सट्टा नगद नै दिने प्रस्ताव गरेको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले शनिवार अर्थ मन्त्रालयका अधिकारीहरुसँगको छलफलमा यस्तो प्रस्ताव गर्नुभएको हो ।


साहसिक र अग्रगामि बजेट ल्याउनुपर्ने उद्योगीको सुझाव

वैशाख १२, काठमाडौं । नेपाल उद्योग परिसंघले पुरातनवादी सोंचबाट बाहिर निस्किएर साहसिक बजेट ल्याउन अर्थमन्त्री विष्णु पौडेललाई सुझाव दिएको छ । आगामी आर्थिक वर्षको बजेट ओरालो लागिरहेको अर्थतन्त्रलाई माथि उठाउने खालको हुनुपर्ने उनीहरुको सुझाव छ ।


अमेरिकामा नेपाली सामाग्री प्रर्दशनी

शाख १२, काठमाडौं । अमेरिकाको न्यूरोर्कमा आगामी सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म तीन दिने बृहत्त नेपाल एक्जिबिसन एण्ड ईन्टरनेशनल ट्रेड शो हुँदै छ । यो प्रदर्शनीलाई विश्व बजारमा नेपालीहरुले आयोजना गरेको अहिलेसम्मकै ठूलो प्रदर्शनीका रुपमा लिइएको छ । अहिलेसम्म नेपालीहरुले निजी क्षेत्रबाट अन्तराष्ट्रिय बजारमा यति ठूलो प्रदर्शनी नगरेको आयोजकको दावी छ ।


चीनमै रोकिए ४ ओटा नेपाली विमान

वैशाख १२,काठमाडौं । नेपाल पठाउन तयार ४ वटा विमान चीनको कारखानामै रोकिएका छन् ।विमानका लागि नेपाल सरकारले आधा भन्दा बढी रकम तिरिसकेको छ । तर, समयमै नेपालले नलिंदा विमान कारखानामै अलपत्र परेका हुन । नेपाल वायु सेवा निगम लेखिएका, राष्टिय ध्वजाबाहक विमान ४ महिनादेखि वेवारिसे बनेका हुन् । डिसेम्बरमा नेपाली प्रतिधिनिमण्डल आई परीक्षण उडान समेत गरेका थिए ।


महानगरपालिकको ताकेता पछि राजधानीका सिनेमा हल कर तिर्ने चटारोमा

वैशाख ११, काठमाडौँ । महानगरपालिकाले २०५६ सालदेखि सिनेमा हलको घरजग्गा, सवारी, व्यवसाय, विज्ञापन तथा मनोरञ्जन कर लिन थालेको भए पनि हालसम्म मनोरञ्जन कर कुनै पनि सिनेमा हलले तिरेका थिएनन्। कर नतिर्दा सिनेमा हलको वार्षिक रु २५ लाखसम्म बक्यौता रहने गरेको थियो। पछिल्लो समय कर नतिर्ने सिनेमा हलमाथि कारबाहीको प्रक्रिया अघि बढाएसँगै कर तिर्न उनीहरु विवरणसहित काठमाडौँ महानगरपालिका आउन थालेका छन्। केही समय अघिदेखि काठमाडौँ महानगरपालिकाभित्र सञ्चालन हुँदैआएका तर कर नतिरेका सिनेमा हललाई कामपाले कारबाहीको प्रक्रिया सुरु गरेको थियो।


पुरानो बसपार्कलाई खुलामञ्चमा सारिँदै

वैशाख ९, काठमाडौं । भ्यू टावर निर्माण अवधिभर पुरानो बसपार्कमा रोकिन आउने र त्यहाँबाट छुट्ने सवारीहरुको व्यवस्थापन खुलामञ्चबाट गरिने भएको छ । राजधानीको पुरानो बसपार्कमा निर्माण गर्न लागिएको टावरको निर्माणको समयमा मात्र खुलामञ्चमा यातायातको साधन राखिने काठमाडौं महानगरपालिकाले बताएको छ ।


एसएलसी परिक्षामा सामेल भएका विद्यार्थीलाई विशेष छुटमा सिमकार्ड

चैत २८, काठमाण्डौ । नेपाल टेलिकमले एसएलसी परीक्षा दिएका विद्यार्थीलाई लक्षित गरी सहुलियत दरमा सिमकार्ड बजारमा ल्याएको छ । टेलिकमले सोमबारदेखि एसएलसी अफर अन्तर्गत डाटासहितको सिमकार्ड बिक्री गर्ने भएको हो । ९० रुपैयाँमा बिक्री गरिने यो सिमकार्डमा ५० रुपैयाँ बराबरको टक टाइम र तीन सय एमबीको डाटा निःशूल्क उपलब्ध हुने टेलिकमले जनाएको छ । यस्तै यो सिम एक्टिभ भएको ६ महिनासम्म प्रत्येक महिना ५० एमबीका दरले निःशुल्क डाटा प्रयोग गर्न पाइने छ । युवा तथा विद्यार्थी वर्गलाई लक्षित गरी सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।


आजको विदेशी मुद्राको सटही दर

चैत्र २५, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज तोकेको बिदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । साउदी रियाल १ को खरिददर २८ रुपैयाँ ३६ पैसा र विक्रिदर २८ रुपैयाँ ५२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ २० पैसा र विक्रिदर २९ रुपैयाँ ३७ पैसा छ भने युएई दिराम एकको खरिददर २८ रुपैयाँ ९५ पैसा र विक्रिदर २९ रुपैयाँ ११ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १५ पैसा र विक्रिदर २७ रुपैयाँ ३० पैसा तोकेको छ ।


प्रहरीको लगानीमा ४९ मेगावाटको जलविद्युत आयोजना बन्दै

चैत्र २२,काठमाडौं । नेपाल प्रहरीले आफ्ना बहालवाला र सेवा निवृत्त सदस्यको लगानीमा ४९ मेगावाटको जलविद्युत आयोजना बनाउने भएको छ । प्रहरीले दीर्घकालीन आम्दानीको स्रोत तयार गर्ने उदेश्यले जलविद्युत आयोजना निर्माण गर्न थालेको हो ।


पुनरुद्धार कोषद्धारा सरकारसंग ५० करोड बजेट माग

चैत्र१८, काठमाडौं । भूकम्प र नाकाबन्दीबाट पीडित उद्योगी व्यवसायीलाई राहत दिने उद्देश्यले स्थापना भएको आर्थिक पुनरुद्धार कोषले अर्थ मन्त्रालयसँग ५० अर्ब रुपैयाँ बजेट मागेको छ ।


ठमेल मम हटमा पर्यटकहरुको घुँइचो

काठमाण्डौको ठमेलमा सञ्चालित ठमेल मम हटमा स्वदेशी तथा बिदेशी पर्यटकहरुको आर्कशण बढ्दै गएको छ । सन २०१३ बाट ठमेलको नर्सिङहोम चोकमा सञ्चालित उक्त मम हटले ममको परिकारलाई अझ परिष्कृत रुपमा ग्राहकसामु पु¥याउने उदेश्यका साथ ममका बिभिन्न १६ वटा परिकार ग्राहकसामु प्रश्तुत गर्दै आएको छ ।


चालिस देशसंग व्यापार नाफा

काठमाडौं । नेपालको धेरै कारोबार हुने भारत र चीनसँगको व्यापारघाटा निरन्तर बढिरहे पनि केही देशहरूसँगको व्यापारमा भने नाफा भईरहेको छ । चालु आ.व सहित ४ वर्षयताको तथ्यांकअनुसार नेपालले कम्तीमा ३२ देखि बढीमा ४९ मुलुकसँग व्यापार नाफा गरेको देखिन्छ । चालु आर्थिक वर्षको ७ महिनामा मात्रै ४० वटा मुलुकसँग व्यापार नाफा रहेको तथ्याङ्कले देखाउँछ । भन्सार विभागका अनुसार यो वर्षको माघ मसान्तसम्म १ सय ६५ वटा देशसँग नेपालको व्यापार (आयात निर्यात) भएको छ ।


अलैँचीको मूल्य घट्दा किसान मर्कामा

काठमाडौं । अलैंचीको मूल्य प्रतिमन १७ हजार रुपैयाँसम्म घटेपछि किसानले बिक्री गर्न छाडेका छन् । एकै सिजनमा ठूलो मूल्यमा गिरावट आएपछि नाफा गुमाउने डरले किसानले अलैंची बिक्री गर्न छाडेका हुन् । यसै सिजनमा प्रतिमन (४० किलो) को ९७ हजारमा बिक्री भएको अलैंची अहिले ८० हजारमा झरेको छ । अलैंची व्यवसायी संघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईका अनुसार बिर्तामोडमा गत सोमबार ८० हजार प्रतिमनमा बिक्री भयो । भदौदेखि उत्पादन हुने अलैंचीको सुरु मूल्य ९१ हजार रुपैयाँ थियो । त्यसपछि ६ हजारसम्म बढेको मूल्य ८० हजारमा र्झयो ।


नेपालमा पहिलोपटक अष्ट्रेलियन बुटीक वाइन

काठमाडौ वाइनका पारखिहरुले अव नपाली बजारमै विश्व स्तरिय वाइन पाउने भएका छन् । अष्ट्रेलियन बजारको गुणस्तरीय वाइन नेपाली बजारमा भित्रिएको छ । दक्षिणी अष्ट्रेलियाको वाइन बजारमा चर्चित सिराज ब्राण्डको म्याकलर्न भेललाई एएनजेड लिक्वेर्स एण्ड ट्रेडिङ प्रा.लि.ले नेपालका वाइन पारखिकालागि नेपाल भित्र्याएको हो । नेपालमा पहिलो पटक भित्रिएको उक्त वाइन तीन क्याटेगोरीमा भएको कम्पनीका प्रवन्धक गगनराज न्यौपानेले बताए । ‘नेपालमा पहिलो पटक भित्र्याएको


एउटै बैंकबाट सम्पुर्ण बैंकको कारोबार गर्न सकिने

काठमाडौं । आउँदो वैशाखदेखि बैंक तथा वित्तीय संस्थामा अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली लागू हुने भएको छ । यो प्रणाली लागू भएपछि ग्राहकले एउटा बैंकबाट जुनसुकै बैंक तथा वित्तीय संस्थाको खातामा पैसा राख्न र झिक्न सक्नेछन् ।


हिमालय एयरलाइन्सले पहिलो जहाज नेपाल ल्याउदै

काठमाडौंं । निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले बुधबार आफ्नो पहिलो एयरबस नेपाल ल्याउने भएको छ । कम्पनीले आफ्नो ए३२० एयरबस दिउँसो एक बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी दिएको छ ।


रत्नपार्कले एकै दिनमा उठायो १ लाख राजस्व

काठमाडौं । बिगतमा दैनिक १५ देखि २० हजार मात्र राजस्व संकलन हुँदै आएको रत्नपार्कबाट विहीबार एकै दिन १ लाख भन्दा बढी राजस्व संकलन भएको छ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन समारोह हेर्न रत्नपार्क छिर्नेहरुको घुइँचोले यति बढी आम्दानी गराएको हो ।


बेलायती व्यवसायी नेपाल आउँदै

काठमाडौं । बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्षको अवसरमा ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) को नेतृत्वमा बेलायतस्थित बेलायती एवं नेपाली व्यवसायीहरुको एक प्रतिनिधिमण्डल नेपाल आउने अन्तिम तयारीमा छ । आगामी मार्च १४ देखि १७ तारिखसम्म नेपाल भ्रमण गर्न लागेको १२ सदस्यीय उक्त प्रतिनिधिमण्डलले नेपालमा लगानीको सम्भाव्यता एवं व्यापार व्यवसाय विस्तारको सुक्ष्म अध्ययन गर्ने जनाइएको छ ।


ग्यास छ सिलीन्डर छैन

काठमाडौ नाकाबन्दी खुलेसंगै ग्यास उद्योगमा ग्यास आएपनि उपभोत्ताको घरमा ग्यास सिलिण्डर होल्ड भएपछि धादिङका १३ वटा उद्योगले ग्यास विवतरण गर्न सकेका छैनन् । आधा भरीएका ग्यास वितरण गरेका कारण सिलिन्डर बजारमै होल्ड भएपछि उद्योगमा रहेको ग्यास बजार पठाउन कठिनाइ भएको हो ।


जडीबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष पक्राउ

नेपालगन्ज । जडीबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मोहम्मद याकुब अन्सारी प्रतिबन्धित जडीबुटी झ्याउसहित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शनिबार अपराह्न नेपालगन्जको राँझास्थित उनको गोदाममा छापा मारेर अन्सारीलाई जडीबुटीसहित पक्राउ गरेको हो ।


चैत ४ देखि अन्तर्राष्ट्रिय व्यापार मेला

काठमाडौं । चैत ४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ । उद्योग वाणिज्य महासंघले पाँचौँ संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०७२’ आयोजना गर्न लागेको हो नेपाल हस्तकला महासंघ र नेपाल जडिबुटी उत्पादक संघको सहआयोजनामा ५ दिनसम्म सञ्चालन हुने उक्त मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी र बिक्री गरिने महासंघले जनाएको छ ।


लेखनाथ महोत्सवमा धेरै प्रकारका जनावर अलोकन गर्न पाईने

पोखरा । बुधबारदेखि कास्कीकोे लेखनाथ नगरपालीकामा आन्तरीक पर्यटनलाई बढवा गर्ने उद्देश्यका साथ लेखनाथ महोत्सव सुरुभएको छ ।


कर नतिर्नेको सुचिमा तारे होटल

काठमाडौं । पछिल्लो समय करदाताको संख्यामा बृद्धि भएको तथ्याङक् देखिए पनि राजधानीका केही ठुला होटलहरुले कर तिरेका छैनन् । महानगरपालिकाले कर नबुझाउने ठूला होटललाई कारबाहीको प्रक्रिया सुरु गरेपछि केही होटलले व्यवसायी कर तिरे पनि सवारी र घरजग्गा घर कर भने तिरेका छैनन् ।


अब सीमामै व्यापारिक हब बन्ने

माघ २७, काठमाडौं । नेपाली व्यपारीलाई सीमामै तिब्बत सरकारले चीनबाट आयात हुने सामानको सीमामा नै आर्थिक हब बनाउने तयारी गरेको छ । चीनको गोन्जाओ र अन्य सहरबाट सामान आयात गर्दै आएका नेपाली व्यापारीले तिब्बतबाटै सो सुविधा उपलब्ध गराउनु भएको हो ।


डेढ अर्ब बिगो दाबीसहित ९०३ विरुद्ध मुद्दा

२२ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा भ्रष्टाचार अभियोगमा ९०३ व्यक्तिविरुद्ध १ अर्व ३९ करोड ४० लाख १६ हजार ७१ रुपैयाँ बिगो दाबी रकमसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ । बिहीबार आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पेस गरेको पच्चीसौं वार्षिक प्रतिवेदनमा गत वर्ष सो संख्यामा मुद्दा दायर भएको उल्लेख छ ।


जिल्लामा ९२ करोडको अलैँंची उत्पादन

अलैँंची निकासीबाट यसवर्ष ९२ करोड २८ लाख रुपैयाँ भित्रिएको छ । जिल्लामा उत्पादितमा अलैंचीबाट उक्त रकम भित्रीएको हो ।


अख्तियारद्वारा निस्शुल्क भिसा र टिकट बारे जानकारी

माघ १७, काठमाडौं । सरकारद्वारा घोषणा गरिएको ‘फ्रि भिसा, फ्रि टिकट’ योजनाबाट अधिकांश कामदार वञ्चित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अनुगमनका क्रममा कामदारहरूले उक्त सुविधा लिन नपाएको भेटिएको हो ।


इजरायल जानको नाम छनोट

काठमाडौं । इजरायलमा पठाउन १ सय जनाको नाम छनोट भएको हो। १ सय ३९ जनाले आवेदन दिएकोमा चिठ्ठा विधिबाट १ सय जनाको नाम छनौट भएको छ।


मह जोडिलाई सानिमा बैंकको ब्राण्ड प्रवर्धकमा निरन्तरता

सानिमा बैंकले मदन कृष्ण श्रेष्ठ तथा हरिबंश आचार्यलाई पुन ब्राण्ड प्रवर्धक दिने सम्झौता गरेको छ । विगत चारबर्ष देखि सानिमा बैंकको ब्राण्ड प्रवर्धकका रुपमा आवद्घ रहेका मह जोडिलाई बैंकले थप दुई बर्षको लागी निरन्तरता दिने भएको छ ।


इन्धनको मूल्य किन घटिरहेको छ अन्तर्राष्ट्रिय बजारमा

माघ ८, शुक्रबार । विश्व बजारमा इन्धन मूल्य १२ वर्षकै सबैभन्दा न्यून विन्दुमा पुगेको छ । सोमबार सबैभन्दा न्यून मूल्य ९प्रतिब्यारेल २७ दशमलव ६७ डलर० पुगेको हो । यो मूल्य सन् २०१३ मा भएको प्रतिब्यारेल २८ डलरभन्दा पनि न्यून हो ।


मौज्दान सकिन लाग्दा चिनीको थोक विक्री बन्द हुने अवस्थामा

गन्तव्य नेपाल न्यूज/काठमाडौँ साल्ट ट्रेडिङ कर्पोरेशनको गोदाममा चिनीको मौज्दात सकिँदै गएपछि थोक विक्री बन्द गर्नुपरेको छ । कर्पोरेशन लिमिटेडले भारतबाट चिनी किन्न गरेको प्रस्ताव एक वर्षदेखि अर्थ मन्त्रालयमा थन्किएको पनि यस्तो अवस्था बनेको हो ।


पुनर्निर्माणका लागि ४९ अर्ब ३३ करोडको बजेट स्वीकृत

गन्तव्य नेपाल न्यूज/काठमाडौँ विनासकारी भूकम्पका कारण क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि सरकारले ४९ अर्ब ३३ करोड रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको छ । पुनर्निर्माणसँग सरोकार राख्ने विभिन्न १५ मन्त्रालयलाई कार्यक्रमसहित सो रकम बराबरको बजेट स्वीकृत गरिएको योजना आयोगले जनाएको छ ।


इन्धन सम्झौताका लागि उच्चस्तरीय टोली चीन जाने

गन्तव्य नेपाल न्यूज/काठमाडौँ सरकारले चीनसँग व्यापार सम्झौताका लागि उच्चस्तरीय टोली बेइजिङ पठाउने भएको छ ।


नाकाबन्दी सहज भएसँगै नेपालगञ्जमा राजस्व संकलनमा वृद्वि

गन्तव्य नेपाल न्यूज/काठमाडौँ नाका सहज हुँदै जाँदा नेपालगन्ज भन्सार कार्यालयको राजस्ब संकलन वृद्वि हुन थालेको छ । आन्दोलन मत्थर हुन थालेसँगै आयातमा वढोत्तरी आएपछि मंसिर २४ गते पछि दैनिक करिब २ करोड भन्दा बढी राजस्ब संकलन भई रहेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।


चीनले नेपाललाई २० वटा अत्याधुनिक विद्युतीय बस अनुदान दियो

गन्तव्य नेपाल न्यूज/काठमाडौँ चीन सरकारले नेपाललाई २० वटा विद्युतीय बस अनुदान दिने भएको छ । अत्याधुनिक सुविधासहितका ती ठूला बसहरु साझा यातायातमार्फत सार्वजनिक सवारीका रुपमा उपत्यकामा प्रयोग हुनेछन् ।


नयाँ वर्ष पोखराको ‘सडकमा खाऔँ, सडकमा नाचौँ, सडकमै रमाऔँ’

सुवास भट्ट/काठमाडौँ ‘सडकमा खाऔँ, सडकमा नाचौँ, सडकमै रमाऔँ’ भन्ने मूल नाराका साथ रेष्टुराँ एण्ड बार एसोसियसन अफ नेपाल (रेबान) पोखराले आगामी पुस १३ गतेदेखि सत्रौँ ‘पोखरा सडक महोत्सव’ आयोजना गर्ने भएको छ ।


एडीबीद्वारा नेपाललाई १ अर्ब ५७ करोड रुपैयाँ सहयोग

गन्तव्य नेपाल न्यूज/काठमाडौँ एसियाली विकास बैंक (एडीबी) ले भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुको पुनर्निमाण तथा भूकम्प प्रभावित जनताको जीविका सुधारका लागि नेपाललाई १ अर्ब ५७ करोड रुपैयाँ दिने भएको छ ।


एक महिनाभित्रै खानी उत्खनन गरिने उद्योगमन्त्री पाण्डेको खुलासा

गन्तव्य नेपाल न्यूज/काठमाडौँ सरकारले दैलेखस्थित खानीबाट ग्यास र पेट्रोलियम पदार्थ उत्खननका लागि एक महिनाभित्रै प्रक्रिया सुरु गर्ने भएको छ । खानी तथा भू–गर्भ विभागले तत्काल उत्खनन गर्न सकिने सम्भावनाको क्षेत्र पुष्टि गरेपछि उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सोमबार खानीस्थलमै पुगेर यस्तो योजनाको खुलासा गर्नुभएको हो ।


नाकाबन्दीका कारण दैनिक २ अर्ब नोक्सान : उद्योगमन्त्री पाण्डे

सुवास भट्ट/काठमाडौँ उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नाकाबन्दीका कारण उद्योगधन्दाको उत्पादन र वितरण प्रभावित हुँदा दैनिक दुई अर्ब नोक्सान भएको बताउनुभएको छ । शुक्रबार बोष्टर मिडियाद्वारा आयोजित एक अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले इन्धन अभावका कारण उद्योगधन्दा धराशायी भएको बताउनुभयो ।


कालोबजारी बढेपछि प्रहरीद्वारा इन्धन बोक्ने गाडीमा कडाई

गन्तव्य नेपाल न्यूज/काठमाडौँ इन्धनको अबैध कारोबार र कालोबजारी बढन् थालेपछि चर्को इन्धन बोक्ने सवारी साधनको जाँचमा प्रहरीले कडाई गरेको छ ।


अनियमितता भएको पाईएपछि आयल निगमकै पम्पमा सिलबन्दी !

गन्तव्य नेपाल न्यूज/काठमाडौँ नेपाल आयल निगम क्षेत्रीय कार्यालय भलवारीअन्तर्गतको अञ्चलपुर भैरहवा पेट्रोल पम्प स्थानीय अनुगमन समितिले सिलबन्दी गरिदिएको छ ।


झण्डै चार हजार परिवारलाई दाउरा बेचेर सरकारले ५६ लाख कमायो

गन्तव्य नेपाल न्यूज/काठमाडौँ राजधानीका विभिन्न चार डिपोहरुबाट १० पहिलेदेखि वितरण थालिएको दाउराको विक्रिबाट हालसम्म ५६ लाख रुपैयाँ बढी कमाई भएको टिम्बर कर्पोरेसनले जनाएको छ । लाख ८६ हजार किलो दाउरा बिक्री भएको टिम्बर कर्पोरेशन अफ नेपाल (टीसीएन) ले जनाएको छ ।


दोहोरो कर हटाउन चीन असहमत

गन्तव्य नेपाल न्यूज/काठमाडौँ लामो समयदेखिको भारतीय नाकाबन्दीका कारण चरम इन्धन संकट झेलेका सर्वसाधरणले चीनबाट इन्धन आपूर्ति हुने आशा राखे पनि उक्त आशामा अवरोध देखिएको छ ।


इन्धन अभावले आन्तरिक उडान पुनः प्रभावित

गन्तव्य नेपाल न्यूज/काठमाडौँ लामो समयदेखिको इन्धन अभावका कारण हवाई उडान पुनः प्रभावित भएको छ । शुक्रबारका लागि नेपाल आयल निगमले आन्तरिक वायुसेवा कम्पनीलाई इन्धन उपलब्ध गराउन नसकिने जानकारी दिएको छ ।


इन्धन सम्झौता गर्न नेपाली टोली शनिबार चीन जाने

गन्तव्य नेपाल न्यूज/काठमाडौँ भारतीय नाकाबन्दीका कारण लामो समयदेखि इन्धन आपूर्ति हुन नसकेपछि ब्यापारिक सम्झौता गर्न नेपाली टोली भोलि शनिबार मात्रै चीन जाने भएको छ ।


चीनले व्यापारिक सम्झौता गर्न निगमलाई डाक्यो

गन्तव्य नेपाल न्यूज/काठमाडौँ चीन सरकार माताहतको पेट्रो चाइनाले व्यापारिक सम्झौता गर्न आउन नेपाल आयल निगमलाई सोमबार साँझ पत्राचार गरेको छ ।


तेस्रो मुलुकबाट इन्धन ल्याउन कूटनीतिक पहल

गन्तव्य नेपाल न्यूज/काठमाडौँ भारतीय नाकाबन्दीका कारण इन्धन आपूर्ति असहज बन्दै गएपछि सरकारले तेस्रो मुलुकबाट इन्धन भित्र्याउन पहल थालेको छ ।


बैँकमा निक्षेपको ब्याजदर घट्दै

गन्तव्य नेपाल न्यूज/काठमाडौँ ऋणको माग घटेपछि बैँकमा पैसा राख्न खोज्ने निक्षेपकर्ताले पाउने ब्याजदर पनि घट्ने भएको छ । निक्षेप बढ्दै जाने तर कर्जा नबढेपछि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाउन थालेका हुन् ।


पशुपतीको आम्दानी दैनिक सार्वजनिक गरिने

गन्तव्य नेपाल न्यूज/काठमाडौँ पशुपति क्षेत्र विकास कोषको दैनिक आम्दानी रकम सार्वजनिक हुने भएको छ । सुशासन, पारदर्शिताको क्षेत्रमा विगत १० वर्षदेखि क्रियाशील सञ्चारकर्मीको संस्था भरोसा नेपालको अग्रसरतामा कोषको रकम सञ्चार माध्यमबाट सार्वजनिक गर्न लागिएको हो ।


नाकाबन्दीका कारण राजस्व संकलनमा अत्यधिक गिरावट

गन्तव्य नेपाल न्यूज/काठमाडौँ नाकाबन्दी र तराई आन्दोलनले मुलुकका प्रमुख नाका ठप्प हुँदा भन्सार राजस्व संकलनमा भारी गिरावट आएको छ । भन्सार विभागका अनुसार कातिक लागेपछि राजस्व संकलन अत्यन्त न्यूनमा झरेको छ ।


तेल लिन निगमका ट्याङ्कर तिब्बत प्रस्थान

गन्तव्य नेपाल न्यूज/काठमाडौँ उत्तरी छिमेकी चीनले उपलब्ध गराउने पेट्रोलियम पदार्थ लिन आज बिहान ट्याङ्करहरु तिब्बततर्फ लागेका छन् । नेपाल आयल निगमको थानकोटस्थित भण्डारण केन्द्रबाट १२ हजार लिटर पेट्रोल बोक्न सक्ने १२ वटै गाडी तिब्बततर्फ लागेका हुन् ।


चीनले प्रदान गरेको अनुदानको पेट्रोल आइतबार काठमाडौं आइपुग्ने

गन्तव्य नेपाल न्यूज/काठमाडौँ चीनले अनुदानको दिन पेट्रोलको पहिलो खेप आइतबार काठमाडौं आइपुग्ने भएको छ ।


इन्धन किन्न सरकारले ग्लोबल टेण्डर आह्वान गर्‍यो

गन्तव्य नेपाल न्यूज/काठमाडौँ सरकारले इन्धन आयातका लागि ग्लोबर टेन्डर आह्वान गरेको छ । लामो समयसम्म पनि नाका क्षेत्रमा भारतले नाकाबन्दी नहटाएपछि सरकारले इण्डियन आयल कर्पोरेशनको एकाधिकार तोड्दै ग्लोबर टेन्डर आह्वान गरेको हो ।


नेपाललाई नजिस्क्याउन आयल निगमको आइओसीलाई चेतावनी

गन्तव्य नेपाल न्यूज/काठमाडौँ नेपाल आयल निगमले पेट्रोलियम पदार्थ रोक्ने भारतको निर्णयप्रति कडा आपत्ती जनाउँदै तेल नआएको अवधिको क्षतिपूर्ति भर्न इन्डियन आयल कर्पोरेसन(आइओसी)लाई कडा चेतावनीसहित पत्र पठाएको छ ।


निगमले निजी पम्पमा पेट्रोल बिक्री रोक्यो

गन्तव्य नेपाल न्यूज/काठमाडौँ नेपाल आयल निगमले निजी पम्पबाट हुने पेट्रोलको बिक्री, वितरण रोकेको छ । पेट्रोलियम पदार्थको आपूर्ति असहज भएपछि निगमले सोमबार निर्णय गरी सेना, प्रहरी, साझा र नेसनल ट्रेडिङको पम्पबाट पेट्रोल वितरण गर्ने बताएको हो ।


अझै आएन पेट्रोलियम पदार्थ

गन्तव्य नेपाल न्यूज/काठमाडौँ नेपालगन्ज नाकाबाट सोमबार बिहान ११ बजेसम्म ८ वटा मालवाहक ट्रक भित्रिएका छन् । इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार यी ट्रकहरुमा ५ वटा आलुका ट्रक, १÷१ वटा कुखुराको दाना, चुनाको गाडी र सिमेन्टमा प्रयोग हुने रसायन नेपाल भित्रिएको छ ।


दशैं र तिहारमा खाद्यवस्तु अभाव नहुने

दशैं, तिहार जस्ता चाडपर्वमा अत्यावश्यक खाद्यवस्तुको अभाव नहुने भएको छ । खाद्य संस्थान, साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङलगायतका संस्थानले खाद्यान्न, नुन लगायतका अत्यावश्यक वस्तु दशैं र तिहारसम्मलाई पुग्नेगरी भण्डार गरिएको जनाएका हुन् ।


एनआरएन उपाध्यक्षमा भवन भट्टद्धारा पुनः उम्मेद्वारी घोषणा

गैरआवासिय नेपाली संघ एनआरएनको वर्तमान उपाध्यक्ष भवन भट्टले सोही पदका लागि पुनः उम्मेद्वारी घोषणा गर्नुभएको छ ।


नेपालीको आम्दानीभन्दा खर्च तीनगुना बढी

नेपालीहरुको आम्दानीको तुलनामा खर्च अत्यधिक बढेको एक सर्वेक्षणले जनाएको छ । राष्ट्रबैंकद्धारा गरिएको एक सर्वेका अनुसार पछिल्लो एक दशकको अवधिमा आम्दानी र खर्चको फरक झण्डै तीनगुना देखिएको छ । आम्दानी दुई हजार सात सय ३८ रुपैयाँ बढ्दा खर्च १० हजार सात सय ९३ रुपैयाँले बढेको छ उक्त सर्वेले देखाएको छ । खर्चको आकार अत्यधिक बढेको, तर पनि आम्दानी नबढ्दा यस्तो फरक आएको हो ।


उपभोग्य वस्तुमा असोजदेखि एमआरपी

सरकारले आगामी असोजदेखि उपभोग्य वस्तुमा अधिकतम खुद्रा मूल्य प्रणाली (एमआरपी) लागू गर्ने तयारी गरेको छ ।


शेयर बजारमा दोहोरो अंकको सुधार |

काठमाडौं, भदौ १४ । सोमबार शेयर बजारमा दोहोरो अंकको सुधार आयो । बजार परिसूचक नेप्से पुनः १२ सय पुगेको छ । यसदिन नेप्से १६ अंकले उकालो लागेर १२ सय दशमलव एक छ कायम भएको हो । कारोबार सुरु भएदेखि नेप्से बुलिस ट्रेन्डमा अगाडि बढेको हो ।


‘विकास–निर्माणका काममा मन्त्री, कर्मचारी र ठेकेदारको मिलेमतोमै भ्रष्टाचार हुन्छ’ |

काठमाडौं, भदौ १४ । व्यवस्थापिका संसदको सुशासन तथा अनगमन समितिले सार्वजनिक खरिद ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवालाहरुसँग छलफल गरेर सुझावसहितको प्रतिवेदन पेश गर्न सात सदस्यीय उपसमिति गठन गरेको छ ।


पुस्तक प्रदर्शनी सकियो, ५० हजारबढीको सहभागीता

भदौ ४ गतेबाट राजधानीको भृकटीमण्डपमा सुरू भएको पुस्तक मेलामा ५० हजारभन्दा बढी सहभागी भएका छन् । उनिहरुले दुई करोड पच्चीस लाख बराबरको किताब किनेका मेला व्यवस्थापनले जनाएको छ । ग्लोबल एक्सपोजिसन एन्ड मेनेजमेन्ट सर्भिसेसले उक्त मेला आयोजना गरेको थियो ।


बन्द, हडतालका कार्यक्रम फिर्ता लिन चेम्बरको आग्रह |

काठमाडौं, भदौ ७ । मुलुकको विभिन्न भागमा भइरहेको लगातारको बन्दले सामान्य जनजीवन प्रभावित भइ मुलुकको उद्योग–व्यवसाय तथा आपूर्ति व्यवस्थामा आएको अवरोधप्रति नेपाल चेम्बर अफ कमर्सले चिन्ता व्यक्त गर्दै यस्ता कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।


भूकम्पको क्षतिको आधा सर्भे हुन बाँकी

गत बैशाख १२ गते गएको विनासकारी भूकम्प तथा त्यसपछिका परकम्पनका कारण क्षतिग्रस्त संरचनाहरुमध्ये आधाको पनि सर्भे भएको छैन । बिमा समितिलाई हालसम्म १६ हजार ७ सय २३ दाबी निवेदन परेमध्ये ८ हजार १ सय २९ दाबीको मात्र सर्भे भएको छ ।


बाणिज्य बैंकहरुलाई मर्जरको बाध्यता, ख र ग बर्गका कम्पनीहरु दबाबमा

केही समयपहिले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्जर सम्बन्धी विनियमावली– २०६८ ल्याएपछि नेपालमा बैंक तथा वित्तीय संस्था आपसमा गाभिन थालेका छन् ।


समितिले अनावश्यक हस्तक्षेप गरे : उर्जामन्त्री ज्ञवाली

काठमाडौं, भदौ १ । उर्जामन्त्री राधा ज्ञवालीले व्यवस्थापिका संसदको समितिहरुले उर्जा क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको आरोप लगाएकी छन् ।


औषधिको अधिकतम मूल्य तोकेको निर्णय फिर्ता लिन माग, सरकारविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं, भदौ १ । नेपाल औषधि उत्पादक संघले औषधिको अधिकतम मूल्य तोकेको निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।


सुनको भाउ बढ्यो

काठमाडौं, भदौ १ । अन्तर्राष्ट्रिय बजार भाउ पच्छ्याउँदै स्थानीय बजारमा सुनको भाउ तोलामा ५० हजारनजिक पुगेको छ । मंगलबार स्थानीय बजारमा छापावाल सुनको भाउ तोलामा ४ सयले बढेर ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


पूँजी बजारमा बृद्धि जारी, नयाँ रेकर्ड कायम गर्न ७ अंक बाँकी

काठमाडौं, भदौ १ । मंगलबार पनि शेयर बजार परिसूचक नेप्सेमा बृद्धि जारी रह्यो । पूँजी बजारले नयाँ रेकर्ड कायम गर्न ७ अंक बाँकी छ ।


गभर्नर भन्छन्ः पुँजी बढाउन बैंक तयार हुँदैछन्, राष्ट्र बैंकको गरिमाका लागि कर्मचारीसँग आग्रह -

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले बैंकहरु मौद्रिक नीतिको प्रावधान अनुसार पुँजी वृद्धि गर्न अग्रसर भएको बताएका छन् ।


दोस्रो इन्टरप्रेनर्स बुट क्याम्प हुने, ३० जना युवा छनौट गर्ने, देशभरबाट आवेदन

काठमाडौं । दोस्रो इन्टरप्रेनर्स बुट क्याम्पका लागि आवेदन खुल्ला गरिएको छ । नेपाली युवा उद्यमी मञ्चले इन्टरप्रेनर्स बुट क्याम्पका लागि आवेदन खुल्ला गरेको हो ।


आर्थिक समृद्धिका लागि श्रमको सम्मान आवश्यक

साउन , काठमाडौं । मुलुकको आर्थिक समृद्धिका लागि प्रत्येक वर्ष लाखौंको सङ्ख्यामा विदेशिने युवालाई स्वदेशमै रोक्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।


नेपालीलाई इजरायल खोलिँदै

रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको इजरायलमा अव नेपालीहरु कामदार पनि जान पाउने भएका छन् । इजरायल पठाउने नाममा कामदारसँग म्यानपावर कम्पनीले चर्को रकम असुलेको भन्दै चारवर्षअघि देखि इजरायलले नेपाली कामदार लिन बन्द गरेको थियो । त्यसपछि पटकपटकका वार्तापछि पनि नेपाली कामदार लिन नमानेको इजरायलले केही समयअघि नेपाली कामदार लाने जनाउ दिएको थियो । यहि कामदार पठाउने व्यवस्था मिलाउने विषयमा शुक्रबार सहमति हुने भएको छ ।


बजेटप्रति हान सकारात्मक

आर्थिक वर्ष २०७२÷०७३ का लागि सार्वजनिक बजेटका सम्बन्धमा विभिन्न क्षेत्रबाठ मिश्रित प्रतिक्रिया आइरहेको सन्दर्भमा होटल संघ नेपालले सरकारले घोषणा गरेकोे बजेट सकरात्मक भएका जनाएको छ ।


तोशिबा सीईओको राजीनामा

साउन , टोकियो (जापान) । जापानी बहुराष्ट्रिय व्यापारिक कम्पनी ‘तोशिबा कर्पोरेशन’ का प्रमुख कार्यकारी अधिकारी हिसाओ टानाकाले मङ्गलवार राजीनामा दिएका छन् ।


ईसीबीको कर्जा तिर्‍यो ग्रीसले

साउन , फ्र्याङ्कफर्ट (जर्मनी) । ग्रीसले यूरोपेली केन्द्रीय बैङ्क (ईसीबी)को कर्जा भुक्तानी गरेको छ । सोमवार यसले ईसीबीलाई करीब ४ अर्ब २० करोड यूरोबराबरको कर्जा चुक्ता गरेको हो ।


नयाँ प्रविधिको प्लान्ट सहित साढे दुई अर्बको लागतमा चिनी उद्योग खुल्दै

असार, लहान । सिरहाको चन्द्रोदयपुर गाविसको चोहर्वामा करीब रू. अर्ब ५० करोडको लागतमा स्थापना गरिएको हिमालय सुगर मिल्स सञ्चालनको अन्तिम अवस्थामा पुगेको छ । दैनिक ५० हजार क्विन्टल उखु क्रसिङ् गरी तीन हजार मेट्रिक टन चिनी उत्पादन गर्ने क्षमता रहेको सो उद्योग आगामी मङ्सिर १ गतेदेखि परीक्षण उत्पादन गर्ने गरी उपकरण जडानको काम भइरहेको छ ।


हेटौँडामा असल व्यावसायिक संस्कार प्रवद्र्धन गर्दै ट्रान्सपरेन्सी र एनसेल

असार , काठमाडौं (अस) । व्यावसायिक संस्कारमा सुधार भए भष्ट्राचार न्यूनीकरण हुने सरोकारवालाले बताएका छन् । असल व्यावसायिक संस्कार बसाउन सबै पक्षको संयुक्त प्रतिबद्धता आवश्यक रहेको भन्दै उनीहरूले सबै पक्षमा हुने भष्ट्राचार कम हुनुपर्ने धारणा राखेका हुन् ।


बजारमा तीब्र मोलमोलाइ, पहिलो सत्रमा रङ्फेर्दै नेप्से

असार ९, काठमाडौं । बुधबार नेप्से परिसूचक शून्य दशमलव ३२ अङ्कले बढेको छ । बजार खुलेदेखि सामान्य उतार चढावमा रहेको नेप्से १ घण्टा ३० मिनेटको व्यापारमा शून्य दशलमव शून्य ३ प्रतिशतले बढेर ९ सय २६ दशमलव ४१ विन्दुमा पुगेको छ । वित्त कम्पनी, उत्पादन तथा प्रशोधन र ‘अन्य’ समूहको परिसूचक बाहेक सबै समूहको परिसूचक बढेपछि नेप्से परिसूचक पनि उकालो लागेको हो ।


विश्व बैङकले ५० करोड डलर उपलव्ध गराउँदै

असार ८, काठमाडौं (अस) । विश्व बैङ्कले नेपालको पुननिर्माणका लागि ५० करोड डलरउपलव्ध गराउने भएको छ । साथै बैङ्कले भूकम्प प्रभावित क्षेत्रका गरीब जनताको पुर्नबासका लागि २० करोड डलर छुट्याएको छ । त्यस्तै बैङ्कले सरकारलाई १० करोड डलर बजेटरी साहयताका रुपमा उपलव्ध गराउने भएको छ ।


विकास निर्माण योजना आयोग र पुनःनिर्माणको काम विशेष संयन्त्रबाट गरिने

असार ८, काठमाडौँ । संसद्को सुशासन तथा अनुगमन समितिले नेपालको पुनःनिर्माणका लागि हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा नवनिर्माणको ठोस कार्ययोजना लिएर आत्मबलकासाथ प्रस्तुत हुन सरकारलाई सुझाव दिएको छ । समितिको मङ्गलबारको बैठकले भूकम्पपछिको नवनिर्माणका क्रममा प्रभावित जिल्लाका कतिपय स्थानमा एकीकृत बस्ती बसाउन अब तत्काल गुरुयोजना बनाउन राष्ट्रिय योजना आयोगलाई निर्देशन पनि दिएको छ ।


नेपाल राष्ट्र बैङ्कले १० अर्ब रुपैयाँको बिकास ऋणपत्र जारी गर्दै

असार ८, काठमाडौं (अस) ।नेपाल राष्ट्र बैङ्कले असार १० गते १० अर्ब रुपैयाँको ‘विकास ऋणपत्र २०८२’ जारी गर्दैछ । १० बर्ष परिपक्व अवधि रहको यस ऋणपत्रको व्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । ऋणपत्रको साँवा भुक्तानी २०८२ असार ११ गते हुनेछ भने व्याज भुक्तानी हरेक बर्षको दुई पटक हुनेछ । लगानीकर्ताले न्यूनतम ५० हजारदेखि अधिकतम ५० हजारले भाग जाने रकमसम्म गर्न सक्ने छन् । कुल निष्कासित रकममध्ये ८० प्रतिशत रकम प्रतिस्पर्धी र २० प्रतिशत रकम अप्रतिस्पर्धी प्रणालीबाट बाँडफाँट गरिने छ । बैङ्क तथा वित्तीय संस्थाले प्रतिस्पर्धीरकमको लागि मात्र आवेदन दिन पाउँछन् ।


जियोनीका नयाँ स्मार्टफोन सार्वजनिक, नेपाली बजारमा छिट्टै आउने

असार ७, काठमाडौं (अस) । मोबाइल निर्माता कम्पनी जियोनीले दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले हालै चीनको बेइजिङमा एक कार्यक्रमबीच इलाइफ ई– ८ र म्याराथन एम–५ स्मार्टफोन सार्वजनिक गरेको हो । स्मार्टफोनमा हालसम्म प्रयोग नगरिएका नयाँ प्रविधि यस फोनमार्फत पाउन सकिने कम्पनीको दावी छ ।


पुनर्निर्माणका लागि ‘हुण्डाई इन्स्पिरेशन’ अभियान

असार ७, काठमाडौं (अस) । लक्ष्मी इण्टरकण्टिनेण्टल प्रालिले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा सहयोग पु¥याउने उद्देश्यले हुण्डाई इन्स्पिरेशन अभियान थालेको छ । लक्ष्मी इण्टरकण्टिनेण्टल नेपालका लागि हुण्डाईका सवारीसाधनको एकल आधिकारिक विक्रेता हो ।


उद्योग विभाग परिसरमा ग्लोबल बैङ्कको एक्सटेन्सन काउण्टर

असार ७, काठमाडौं (अस) । उद्योग विभाग परिसरमा सरकारी राजस्व संकलनका लागि स्थापना गरिएको ग्लोबल आइएमई बैङ्कको एक्सटेन्सन काउण्टरको औपचारिक रुपमा उद्घाटन गरिएको छ । उद्योग विभाग परिसरमा सम्पूर्ण सरकारी राजस्व संकलनका लागि स्थापना गरिएको एक्सटेन्सन काउण्टर उद्योग मन्त्री महेश बस्नेतले सोमबार उद्घाटन गरेका हुन् ।


ठकुरीले मेगा बैङ्कको ‘हलोदेखि हाइड्रोसम्मको’ ब्राण्डिङ गर्ने

असार ७, काठमाडौं (अस) । मेगा बैङ्क नेपाल लिमिटेडले सञ्चारकर्मी सुरजसिंह ठकुरीलाई आधिकारिक रुपमा आफ्नो सदभावना दूत (ब्राण्ड एम्बेसडर) नियुक्त गरेको छ । टेलिभिजनमा विभिन्न कार्यक्रम चलाउंदै आएका ठकुरीलाई बैङ्कले ब्राण्ड एम्बेसडर बनाएको विज्ञप्ति मार्फत जनाएको हो ।


नबिल बैङ्कका कर्मचारीद्धारा भूकम्प पीडितलाई राहत सहयोग

असार ६, काठमाडौं (अस) । नबिल बैङ्कका कर्मचारीले सिन्धुपाल्चोकका भूकम्प पीडितलाई जस्ता पाता, झुल, सोलार टर्चलाईट सहयोग गरेका छन् । भूकम्पबाट आफ्नो बास गुमाउन पुगेका पीडित परिवारलाई तत्काल अस्थायी बसोबासका लागि बैङ्कका कर्मचारीले आफ्नो तलबबाट सो सहयोग प्रदान गरेका हुन् । सिन्धुपाल्चोक जिल्ला, भिमटारगा.बि.स. वडा नंं ९ का भूकम्प पीडितका लागि अस्थायी १ सय १२ घर निर्माणका लागि प्रत्येक परिवारलाई १ बन्डल जस्ता पाता, २ थानझुल र १ थान सोलार टर्चलाइट प्रदान गरिएको छ


उद्धार कोषमा नबिलको दुई करोड सहयोग

जेठ २८, काठमाडौँ । भूकम्पपीडितको सहयोगार्थ नबिल बैङ्क लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा विहीबार रू. दुई करोड एक लाख सहयोग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बैङ्कका अध्यक्ष शम्भुप्रसाद पौडेलले दिएको सो रकमको चेक ग्रहण गर्दै प्रधानमन्त्री सुशील कोइरालाले आफू लोकतान्त्रिक संविधान, शान्ति, स्थायित्व र विकासका लागि निरन्तर लागि पर्दै आएको बताए ।


सहायता सम्मेलनमा जापानले थप सहयोग रकम घोषणा गर्ने

भूकम्पपश्चात् ठूलो सहयोग रकम घोषणा गरेको जापानले पुनर्निर्माणका सहायता जुटाउन आयोजना गर्नलागिएको सम्मेलनमा समेत थप सहयोग रकम घोषणा गर्ने भएको छ । आगामी असार १० मा काठमाडौंंमा आयोजना हुने नेपाल सहायता सम्मेलनमा जापानले थप रकम सहयोग गर्ने तयारी गरिरहेको नेपालका लागि जापानका राजदूत मासासी ओगावाले बताएका छन् । सहायता सम्मेलनलाई सफल बनाउने तयारीको क्रममा शुक्रबार अर्थमन्त्री डा. रामशरण महतसँग अर्थ मन्त्रालयमा भएको भेटमा उनले यस्तो बताएका हुन् ।


पोखरामा लगानीकर्ता प्रशिक्षण कार्यक्रम

‘लगानीकर्तासँग नेप्से’ कार्यक्रम अन्तर्गत नेपाल स्टक एक्सचेञ्जको आयोजनामा शुक्रवार पोखरामा लगानीकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा करीब १ सय जना लगानीकर्ता सहभागी थिए । बजारमा साना लगानीकर्ताले ध्यान दिनुपर्ने कुरा, लगानीका विभिन्न अवसर, शेयर लगानी गर्नुपूर्व र लगानीपश्चात् अपनाउनुपर्ने सावधानीलगायत विषयमा कार्यक्रममा छलफल भएको थियो । नेप्सेका कामु उपप्रबन्धक निरञ्जन फुयालले लगानी गर्दा ध्यान दिनुपर्ने कम्पनी एवम् बजारसँग सम्बन्धित विभिन्न विषयमा एक कार्यपत्र प्रस्तुत गरेका थिए ।


भूकम्पको क्षतिले टेक्सटायल उद्योगमा करोडौँ क्षति

उपत्यकाकै सबैभन्दा ठूलो टेक्सटायल उद्योगमा गत १२ वैशाखमा आएको विनाशकारी भूकम्प र त्यसपछि लगातार आएका पराकम्पनबाट करोडौँको क्षति भएको छ । भक्तपुरको सल्लाघारीमा रहेको नेप्पो टेक्सटायल उद्योगमा भूकम्पकै कारण भवन कामै नलाग्ने गरी चर्किएको छ भने दर्जनौं स्वचालित मेसिनहरु बिग्रिँदा करोडौंको क्षति भएको बताइएको छ । त्यस्तै, कपडा बुन्दै गरेका दर्जनौँ तानहरु बिग्रिएको उद्योग सञ्चालक पवनकुमार संघाईले बताए । संघाईले नेपाली कपडा उद्योगहरुमा छुट्टै पहिचान बनाउन सफल भएको नेप्पो टेक्सटायल वैशाख १२ पछि हालसम्म पनि सञ्चालन गर्न नसकिएको जानकारी दिए ।


विपत्को फाइदा उठाउँदै निर्माण सामग्रीमा चर्काे मूल्य असुली

कालीमाटी तथा टेकुका हार्डवेयर तथा त्रिपाल व्यवसायीले घरटहरा निर्माणमा प्रयोग हुने अत्यावश्यकीय औजार तथा त्रिपालमा चर्काे मूल्य असुली गरेको पाइएको छ । बजार अनुगमनको जिम्मेवारी पाएको निकाय वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले मंगलबार गरेका अनुगमनमा यस्तो पाइएको हो । विभागका उप–महानिर्देशक कमल प्रसाद भट्टराईको नेतृत्वमा गएको अनुगमन टोलीले गौतम ओभरसिज टेकुमा गरेको अनुगमनका क्रममा घरटहरा निर्माणमा अत्यावश्यकीय औजारहरु करौँती, हथौडाको खुद्रा मूल्य प्रति इन्च छ रुपैयाँ पर्ने सामान (१४)को दुई सय ७५ रुपैयाँ असुल गरेको पाइएको छ ।


न्यादी हाइड्रो पावर र प्राधिकरणबीच ३० मेगावाटको विद्युत् खरिदबिक्री सम्झौता

न्यादी हाइड्रो पावर लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच ३० मेगावाट क्षमताको न्यादी जलविद्युत्् आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता भएको छ । न्यादी बुटवल पावर कम्पनी लिमिटेडको सहायक कम्पनी हो । बुटवल पावर कम्पनीका अनुसार गत मंगलबार उक्त सम्झौता भएको हो । विद्युत् खरिद दर प्रचलित ‘पोष्टेड’ दरअनुसार चार रुपैयाँ ८० पैसा वर्षायाम (वैशाखदेखि मंसिर महिनासम्म)को लागि र आठ रुपैयाँ ४० पैसा सुख्खायाम (पुसदेखि चैत महिनासम्म)को लागि लागू हुनेछ । उक्त दर वार्षिक तीन प्रतिशतका दरले सामान्य वृद्धि भई आठ वर्षसम्म कायम रहनेछ ।


पञ्चकन्याको यूपिभीसी पाइप बजारमा

चैत २८, काठमाडौं (अस) । पञ्चकन्या समूहले चिसोपानीका लागि उपयुक्त यूपीभीसी प्लम्बिङ पाइप तथा फिटिङ्स बजारमा ल्याएको छ । यी सामग्री ब्याक्टेरिया फ्री हुनुका साथै लिड फ्री रहेको कम्पनीको भनाइ छ ।


मेड इन नेपाल २०७१ को प्रदर्शनी सम्पन्न

चैत २८, काठमाण्डौं ९अस० । ‘हाम्रो पनि राम्रो पनि’ भन्ने नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा ‘मेड इन नेपाल’ प्रदर्शनी शुरु भएको छ । शुक्राबारबाट शुरु भएको प्रदर्शनीको उद्योग मन्त्रि महेश बस्नेतले उद्घाटन गरे । स्वदेशी वस्तुको प्रयोग गरी आयत प्रतिस्थापनमा सहयोग पु¥याउने उदेश्यले उक्त प्रदर्शनी आयोजना गरिएको हो । कार्यक्रमा बोल्दै मन्त्रि बस्नेतले भने ‘नेपाल अन्य मुलुकमा कामदार पठाउने देशका रुपमा मात्र चिनिएको छ अव नेपाली उत्पादन निर्यात गर्ने मुलुकको रुपमा पनि चिन्न आवश्यक छ,’ ।


डिम्याट कारोबारमा सात कम्पनी

चैत २६, काठमाडौं । डिम्याट (विद्युतीय अभिलेख गरिएका) शेयर कारोबारका लागि चरणबद्ध रूपमा कम्पनीहरू छनोट गरिरहेको सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले दोस्रो चरणका लागि सात कम्पनी छानेको छ । सीडीएससीले दोस्रो चरणमा एस डेभलपमेण्ट बैङ्क, एभरेष्ट इन्स्योरेन्स, नबिल बैङ्क, युनाइटेड फाइनान्स, सनराइज बैङ्क, बुटवल पावर कम्पनी र भिबोर विकास बैङ्कको डिम्याट कारोबार शुरू गर्ने भएको हो । ती कम्पनीको शेयर चैत २९ गतेदेखि कारोबार गर्दा खरीदकर्ताले शेयर पाउन अनिवार्य रूपमा डिम्याट एकाउण्ट खोलेको हुनुपर्छ । चैत २९ पछि खरीदकर्ताले डिम्याट एकाउण्टमा मात्र शेयर पाउनेछन् ।


गर्भनरसँग विदेशमा लगानिको अनुमति माग

चैत २७, काठमाडौँ । नेपाल समुद्रपार निकासी पैठारी सङ्घले नेपाली नागरिकलाई विदेशमा लगानीका लागि अनुमति दिनुपर्ने माग गरेको छ । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा चिरञ्जीवी नेपाललाई विहीबार भेटेर सङ्घको प्रतिनिधिमण्डलले त्यस्तो माग गरेको हो । सङ्घका अध्यक्ष रमेश गुप्ता नेतृत्वको प्रतिनिधिमण्डलले विदेशीले नेपालमा लगानी गरेर आकर्षक प्रतिफल लगिरहेकाले आफूहरूले पनि विदेशमा लगानी गर्न पाए त्यसबाट प्राप्त हुने प्रतिफल स्वदेश ल्याउने बताएका छन् । भारतमा क्षेत्रीय कार्यालय स्थापना गरेका बहुराष्ट्रिय कम्पनीले नेपालमा सामान आयात गर्दा भारतको कार्यालयको नाममा एलसी (लेटर अफ क्रेडिट) खोल्न लगाउने र उनीहरूलाई पायक पर्ने स्थानमा सामान हस्तान्तरण हुँदै आएको जनाउँदै सङ्घले भारतमा एलसी खोल्न पाउने व्यवस्था गर्न माग गरेको थियो ।


औद्योगिक क्षेत्रमा लोडसेडिङ कम नगरे चरणबद्ध आन्दोलनमा उत्रने ।

चैत २७, बुटवल । बुटवल औद्योगिक क्षेत्रमा अनियमित र लामो लोडसेडिङ भएको भन्दै उद्योगीले लोडसेडिङ घटाउन माग गरेका छन् । आवासीय क्षेत्रमा भन्दा बढी लोडसेडिङ भएको भन्दै उद्योगीले औद्योगिक क्षेत्रमा भइरहेको अनियमित लोडसेडिङले उत्पादनमा कम भएको पनि गुनासो गरेका छन् । सम्बन्धित निकाय र कार्यालयमा पटकपटक आग्रह गर्दा पनि उद्योगीहरुका मागमा सुनुवाइ नभएको भन्दै उनीहरुले अब पनि मागको सुनुवाइ नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।


टान चरम आर्थिक संकटमा फस्दै जानुमा मुख्य दोषि को ?

मागेर भोजभतेर गर्नेले फूर्ति गर्न मिल्दैन

मागीमागी छोराको बिहे गर्दा जुन खालको परिस्थितिको सामना गर्नुपर्छ, ठीक यही ढंगको समस्या टानले वर्तमानमा बेहोरिरहेको छ । टानको क्रियाकलाप हेर्दा व्यवसायीको उत्थानभन्दा पनि एनजियो शैलीमा प्रचारमुखी र उत्तेजनामा टान नेतृत्व अगाडि बढिरहेको छ । अन्धाधुन्ध कार्यक्रम आयोजना गर्दै संस्थालाई आर्थिक घाटा लगाएर व्ययभार बढाउनु भएन । कुहिरोमा हराएको कागजस्तै टानले आफ्नो लक्ष्य र दिशा पहिचान गर्न नसक्दा ठूलो आर्थिक ऋणमा फस्न गएको अवस्था हो ।

वर्तमानमा व्यावसायिक संस्थाको बीचमा टानको गरिमा भन्दा बेइज्जत भएको छ । व्यवसायीको पीरमर्का र भावनालाई आत्मसाथ नगर्ने र कार्यसमितीभित्र छलफल नै नगर्ने प्रबृत्तिकै कारण आर्थिक भार थपिन गएको कुरामा शंका छैन । संस्थाको सफलतामा कार्यसमितिकै महत्वपूर्ण भूमिका हुने भएपनि टान नेतृत्वले यसलाई गम्भिरताका साथ नलिने र बेलाबखत कार्यसमितिभित्रको विरोध शान्त पार्न आंशिक बजेट परिचालन गर्ने स्थितिकै कारण ऋणको बोझ थपिदै गएको हो ।
उत्तेजनाकै स्वरुपमा केही दिनअघि सम्पन्न टान साधारणसभामा रु ३९ करोडको बजेट टिम्सबापतको रकम भन्दै पर्यटन बोर्डबाट ल्याउने घोषणा भयो । रकम आउनु त सकारात्मक कुरा हो । यद्यपि लेखासमितिले पर्यटन बोर्डलाई टानको आर्थिक हैसियत पारदर्शी नभएको भन्दै कुनै पनि कारोबार नगर्नु भनेको स्थितिमा टिम्सबापतको रकम तत्काल टानले प्राप्त गर्ने स्थीति देख्दिन ।
उत्तेजक योजना होइन, व्यावहारिक हुन सक्नुपर्यो । टान कर्मचारीलाई समयमा तलब खुवाउन नसक्नेले भारी उपदानको चर्चा छाड्नुपर्यो । ट्रेकिङ आफैँमा जोखिमको क्षेत्र हो , पर्वतीय पर्यटन यात्राका दौरान फेरी पनि हुदहुद आँधीजस्ता समस्या सामना गर्नु नपर्ला भन्ने हुँदैन, यस्तोमा वर्तमानको टानको छविले उद्धार तथा राहतको स्थिति सबल हुने सम्भावना एकदमै कम छ । सहयोगी संस्थाको सहयोग नरहन सक्छ । यसर्थ यस किसिमको जोखिमको पूर्व तयारीका लागि टान नेतृत्वले सामूहिक छलफल गरेर नयाँ भिजनका साथ प्रस्तुत हुनुपर्छ । टानको ऋण तिर्न हामी सक्षम छौ । टानको हालत सधँै यही अवस्थामा रहन रहने छैन, अप्ठेरोलाई समाधान गरेरै छाड्छौँ ।

छेटुप तामाङ, प्रबन्ध निर्देशक –अल्टिच्यूट र्यान्डम ट्रेकिङ

यस्तो छ, पर्यटन व्यावसायीको दसैँ शैली

दसैँ मान्न यसपालि गृह जिल्ला धादिङ जाने तयारीमा छु ।   सप्तमीका दिन धादिङ घर पुग्ने कार्यक्रम छ । भूकम्पपछि पुर्ननिर्माण भएको पुर्खौली घरमा परिवारका सदस्यहरुमाझ यस वर्षको दसैँ मनाउने हाम्रो तयारी छ । तीन दाजुभाइमध्ये एक जना विदेशमा हुनुहुन्छ, हामी दुईजना दाजुभाइ, बुबा आमा र परिवारका अन्य सदस्य तथा छोराछोरी र भतिजभतिजीहरु सबै भेला हुँदा साँच्चै रमाइलो अनुभुति हुन्छ । परिवारको संख्या ठूलो भएको र परिवारमा सबैजसो मांसाहारी सदस्यहरु रहेकाले सदा झैँ यस वर्ष पनि ठूलो खसी काट्छौँ । मान्यजनको आर्शिवाद लिने र आफूभन्दा सानालाई टिका लगाइदिने, खानपिनमा परिवारका सदस्यहरुसँगै सहभागी हुन्छौँ ।

सानो छँदा गाँउमा रोटे पिङको चलन थियो । यद्यपि अहिले केही हराएजस्तो भएपनि केटाकेटीहरु त्यसमै झुम्मिएको देख्दा मन फुरङ्ग हुन्छ । दसैँ मान्न गाउँ जाने भएकाले यसपालि पर्यटकहरुलाई टिका लगाउने काम भने हुँदैन । सबै साथीहरुलाई बडादशैको शुभकामना भन्न चाहन्छु ।

 

राजेन्द्र सापकोटा, प्रबन्ध निर्देशक -मोजाइक एड्भेन्चर ट्रेकिङ

पर्यटनमन्त्रीलाई व्यवसायीको सुझाव ?

विदेशी एयरलाइन्सको अनुगमन आवश्यक

– आन्तरिक भ्रमण बर्ष २०७३ लाई सफल पार्न पर्यटन मन्त्रालयले तदारुकता देखाउन जरुरी छ ।
– विदेशी एयरलाईन्सको अनुगमन गर्नु जरुरी छ । सम्बन्धित एयरलाइन्सको जिडिएस सिस्टम सबैले नपाउने अवस्था छ, यसलाई सन्तुलित गर्नुप¥यो ।
– पर्यटन बोर्डमा कर्मचारीको संख्या बृद्धि गरिनु नितान्त आवश्यक छ । आवश्यक कर्मचारी अभावमा व्यवसायीको काम समयमै नभएको प्रति पर्यटन मन्त्रालयको ध्यान जाओस् । यसका साथै पुर्व मेची देखी पश्चिम महाकालीसम्मका पर्यटकीय संभावना बोकेका क्षेत्रलाई उजागर गर्न जरुरी छ ।

 

यम बहादुर खड्का, अध्यक्ष –सोसाइटी अफ ट्राभल एण्ड टुर्स अपरेटर्स

घुमफिर तथा आन्तरिक भ्रमण वर्ष २०७३ बारे के भन्छन् व्यवसायी ?

प्रचारप्रसारमा कञ्जुस्याई गर्नुहुँदैन

सरकारले कुनै योजना विना नै घुमफिर तथा आन्तरिक भ्रमण वर्ष २०७३ घोषणा ग¥यो । त्यस कारणले पर्यटन व्यवसायी र सरोकारवाला निकायहरु अन्योलमा परेका छन् । घोषणा गरेको जानकारी आम जनमानसमा राम्रोसँग नपुग्दा घोषणा भएको यत्तिका समय वितिसक्दा पनि त्यसको प्रभावकारिता देखिएको छैन । यस अवसरमा देशभित्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरेर टूर प्याकेजको घोषणा गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा प्रचारप्रसार गर्न कञ्जस्याई गर्नु हुदैन ।

ऋषि प्रसाद नेपाल, प्रबन्ध निर्देशक -इन्काउन्टर्स नेपाल डट कम प्रालि

पर्यटन विकास गर्ने सरकारी योजना तपाईलाई कस्तो लाग्यो ?

उत्साहित बनाउने कुरै छैन 

समग्रमा सरकारले आर्थिक वर्ष २०७३÷०७४का लागि ल्याएको नीति तथा कार्यक्रम राम्रो छ । पढ्दा र सुन्दा त लाग्छ नेपाल विकासको गतिमा कहाँ पुगेछ, तर विडम्बना हेर्नुहोला सरकारले ल्याएको यो कार्यक्रम कार्यन्वयन नै हुँदैन । यसले गर्दा मलाई  यो नीति तथा कार्यक्रम आएकोमा खासै उत्साह छैन ।

योजना बनाउनु राम्रो हो । त्यसलाई कार्यन्वयन गर्ने दृढता पनि देखाउनुपर्छ । जस्तो उदाहरणका लागि सरकारले २०१८ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको छ तर त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका विषयमा ध्याए दिए जस्तो मलाई लाग्दैन । ०१८ मा होइन ०१९ मा मनाऊ तर त्यसका लागि आवश्यक पूर्वाधारको विकास गरेर । अहिले सबै खालका पर्यटकीय गतिविधिहरु डामाडोल छन् । त्यसले यस्तो परिस्थितिबाट कसरी उकास्ने भन्ने तर्फ हामीले सोच्नुपथ्र्यो । हाम्रो कार्यक्रम र योजनाहरु त्यसतर्फ केन्द्रित हुनुपथ्र्यो ।  महत्वकांक्षी योजनामात्र बनाएर हुँदैन । अहिले हेर्नुुुस् आएका पर्यटकलाई त राम्रो सेवा दिन सकेका छैनौं उनीहरुलाई सुरक्षित महशुस गराउन सकेका छैनौं भने टाउको गनेर मात्र के हुन्छ । त्यसकारण पर्यटक विकास गर्ने हो भने धेरै महत्वकांक्षी योजना मात्र बुन्ने होइन, पाहुनालाई बोलाएर कसरी राम्रो सत्कार गर्ने भन्नेतर्फ पनि सोच्नुपर्छ ।  

एकराज अधिकारी, (सचिव –रेष्टुरेन्ट एन्ड बार एसोसिएशन)

वैशाख १२ लाई कसरी लिएका छन् पर्यटन व्यवसायीले ?

अन्तर्राष्ट्रिय संचारमाध्यलाई नेपाल झिकाउ

    बैशाख १२ को भूकम्पले हामीलाई  विनाश गर्‍यो र त्यहीअनुसार हामीले पुर्ननिर्माणको काम पनि थालनी गर्‍यौ । त्यसकारण यो दिनलाई  हामीले विनाशपछिको विकासको रुपमा मनाउनुपर्छ । जसले गर्दा बैशाख १२ को सन्देश नेपाल सुरक्षित छ र विकासको गतिमा अगाडि बढ्दैछ भन्ने पनि हो ।  
    अहिले भूकम्पपछि नेपालको पर्यटन क्षेत्री केही रुपमा खस्किएको छ । जसलाई माथि उठाउनु पनि आजको आवश्यकता हो । त्यसकारण पर्यटन प्रवद्र्धनका लागि सबै भन्दा महत्वपूर्ण कुरा भनेको प्रचार प्रसारनै हो । नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गनुपर्छ । जसका लागि नेपालका साथसाथै अन्तराष्ट्रिय संचारमाध्यमलाईसमेत नेपाल ल्याएर नेपालको बारेमा अन्तर्राष्ट्रिय जगतमा नयाँ सन्देश प्रवाह गर्नुपर्छ । नेपालबारे समाचार संकलनका लागि सरकारले बीबीसी, सीएनएन जस्ता संचार माध्यमका प्रतिनिधिलाई नेपाल बोलाई दियोस् हामी व्यवसायीले उनीहरुलाई भ्रमण र अन्य व्यवस्थापनको जिम्मा लिन तयार छौ । अर्को कुरा बैशाख १२ गतेको दिन हामीले यो एक वर्षमा पुनः निर्माण गरेको एउटा स्थानमा विशेष कार्यक्रमको आयोजना गरि पुनःनिर्माणमा हामीले गरेको कामको उदाहरण सबैमाझ प्रस्ततु गर्नुपर्छ । जसले गर्दा अन्तर्राष्ट्रिय साथ र सहयोग सदैव रहिरहोस् ।

मोहन लम्साल, प्रबन्धनिर्देशक –मकालु एड्भेञ्चर

नेपाल पर्यटन बोर्डका नवनियुक्त सिइओलाई व्यवसायीहरुको सुझावः

सम्झौता कार्यान्वयन गर्नुस्  

चार वर्षपछि नेपाल पर्यटन बोर्डले सीईओ पाएको छ । पर्यटनका लागि यो पक्कै पनि खुसीको कुरा हो । मुलुकको पर्यटन क्षेत्र गम्भिर मोडमा पुगेको बेला बोर्डले नेतृत्व पाउनुले आशाको सञ्चार गरेको छ । 

पर्यटन बोर्ड आफैँ ‘प्यारालाईज्ड’ भएको छ, राम्रोसँग कार्यसम्पादन भइरहेको छैन । विगतको कुराहरुबाट पाठ सिकेर बोर्डले अब आफ्ना गतिविधिहरु दु्रतगतिमा अगाडि बढाउनुपर्छ । नयाँ नेतृत्व आएपछि बोर्डको संरचनागत सुधार होला भन्ने अपेक्षा छ । विगतमा पर्यटन बोर्ड र टानबीच पदयात्री सूचना व्यवस्थापनलगायत ‘इस्यू’हरुमा विभिन्न सम्झौताहरु भएका थिए । अब बोर्डले ध्यान दिनु जरुरी छ । पहिले आधिकारीक व्यक्ति नहुँदा समस्या थियो । अब त्यो अवस्था छैन । 
समस्याहरु समाधान होलान्, अब ती सम्झौताहरु कार्यान्वयन होलान् भन्ने आशा छ । निजी क्षेत्र र बोर्डको सम्बन्ध पनि अब सुमधुर होला भन्ने हाम्रो अपेक्षा छ । अन्तर्राष्ट्रिय प्रवद्र्वनका कामले पनि गति पाउलान् । 

कर्ण लामा, महासचिव -ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)

पर्यटन क्षेत्रमा उत्पन्न समस्या र अबको बाटो ?

विकल्प खोजेर समस्या समाधान गर्नुपर्छ

नाकाबन्दीका कारण अहिले इन्धनलगायत अन्य अत्यावश्यक बस्तुको चरम अभाव छ । जसकारण देशका हर क्षेत्र प्रभावित भएको छ । यसको प्रभाव पर्यटन क्षेत्रमा अझ गम्भिर रुपमा परेको छ । अहिले नेपाल भ्रमणमा रहेका पर्यटकहरुले आफ्नो भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् भने नेपाल आउने तरखरमा रहेकाहरु पनि भ्रमण रद्ध गरेर बसेका छन् । 


पर्यटन जस्तो निकै संवेदनशिल र निकै महत्वपूर्ण यो क्षेत्रलाई यस्तो अभावका बेला राज्यले विशेष क्षेत्र तोकेर केही सहयोग गर्नुपथ्र्यो तर त्यो भएको छैन । भूकम्पपछि केही खस्किएको पर्यटनलाई माथि उकास्न हामीले नेपाल सुरक्षित छ भन्ने सन्देश दिन स्वदेश तथा विदेशमा प्रचारप्रसार पनि ग¥यौ । त्यसपछि हामीलाई केही आशा पनि पलाएको थियो तर अहिले विदेशीलाई नेपाल आउ भनेर भन्ने अवस्था समेत छैन । तथापी नाकाबन्दीको समस्या समाधानका लागि सरकारले तत्काल वार्ता र छलफलको बाटो अलम्बन गर्नुपर्छ । 

कमल सापकोटा प्रबन्ध निर्देशक : माउन्टेन डिलाइट्स ट्रेक्किङ

आगामी टान निर्वाचन बारेमा यसो भन्छन् व्यवसायी

टानमा शंका गर्नुपर्ने अवस्था देखिएको छ

टानले अहिले जे गरिरहेको छ, यो जिम्मेवारीपूर्ण कुरा भएन । आफ्नो मार्गबाट टान च्यूत भएको अवस्था देखिएको छ । विगतको अभ्यासअनुसार सेप्टेम्रबमै चुनाव सम्पन्न गर्नपर्ने हो । तर, यसका लागि तयारीका हिसावले शून्य देखिएको छ । अन्तिम घडीसम्म पनि निर्वाचनका लागि मिति घोषणा नगर्नुले टानमा शंका गर्नुपर्ने अवस्था देखिएको छ । 
टानको खर्च गर्ने प्रणाली पनि गलत छ । आफुलाई मन लागेको शिर्षक र क्षेत्रमा बजेट लैजाने, खर्च गर्ने परिपाटी छ । शिर्षस्त नेतृत्व र कार्यप्रणालीमा थुप्रै समस्याहरु देखिन्छ । 
हालसम्म निर्वाचनका लागि मिति तय गरिएको छैन् । अहिलेसम्म मिति घोषणा नगर्नुले सेप्टेम्बरमा चुनाव हुने सम्भावना टेरेको छ । अव डिसेम्बर वा यसको आसपासमा चुनाव होला । सेप्टेम्बरमै चुनाव गर्नका लागि हामी सचेत व्यवसायीहरु एक भएर नेतृत्वलाई दवाव दिनु जरुरी छ । 

 

शेखर बहादुर थापा, प्रबन्धनिर्देशक -अलपाईन एसियन ट्रेक्स एण्ड एक्स्पेडिसन

पर्यटनमा बजे‌ट ?

बजे‌टले‌ खासै‌ उत्साह दिन सके‌न आर्थिक वर्ष २०७२०७३ को‌ बजे‌टमा सर‌कार‌ले‌ पर्यटन क्षे‌त्रको‌ प्रवद्र्धन र‌ विकासका लागि खासै‌ उत्साहजनक रुपमा कार्यक्रम र‌ बजे‌ट छुट्याएको‌ दे‌खिँदै‌न । सर‌कार‌को‌ कार्यक्रम र‌ बजे‌ट अध्ययन गर्दा तीन÷चार‌वटा महत्वपूर्ण कुर‌ामा ध्यान नदिएको‌ दे‌खिन्छ । पहिलो‌ कुर‌ा पर्वतीय पर्यटनलाई पुनरुत्थान यो‌जनाअन्तर्गत र‌ाखे‌र‌ पुनर्निर्माण गर्नुपथ्योर्‌, त्यो‌ कुर‌ा आएन । भूकम्पबाट क्षतिग्रस्त पर्वतीय पर्यटनका रुटहरु र‌ प्रभावित क्षे‌त्रहरुको‌ पुनरुत्थानका लागि बजे‌ट विनियो‌जन भएको‌ पाइएन । साहसिक र‌ पर्वतीय पर्यटनको‌ पुनरुत्थानका लागि संसद्को‌ विकास समितिले‌ पर्यटन विकासका लागि सिफारि‌स गर‌े‌को‌ कुर‌ालाई समे‌त बजे‌टले‌ छो‌एको‌ छै‌न । अकोर्‌ कुर‌ा भूकम्पबाट प्रभावित पर्यटन क्षे‌त्रमा आबद्ध दुई लाख मजदुर‌ विस्थापित भएको‌ अवस्था छ । ठूलो‌ संख्याका मजदुर‌हरुलाई सम्बो‌धन गनेर्‌गर‌ी बजे‌ट छुट्याउनुपथ्योर्‌ त्यो‌ पनि छै‌न । त्यस्तै‌ पर्यटन क्षे‌त्रमा आबद्ध व्यवसायी र‌ लगानीकर्ताहरुलाई न्यूनतम ब्याजदर‌मा ऋण उपलब्ध गर‌ाउने‌ कुर‌ामा बजे‌ट मौ‌न छ । उपल्लो‌ मुस्ताङलगायतका क्षे‌त्रमा र‌ो‌यल्टी छुट्याउन सर‌कार‌ले‌ पहल गर‌े‌न । र‌ाज्यले‌ अर्थतन्त्रको‌ महत्वपूर्ण हिस्सा बो‌के‌को‌ पर्यटनलाई नजर‌अन्दाज गर‌े‌को‌ प्रष्ट छ । तर‌ यो‌ क्षे‌त्रलाई जति प्राथमिकता दिनुपथ्योर्‌ त्यो‌ पाइँदै‌न । शिक्षा, स्वास्थ्यलगायतका क्षे‌त्रमा संवे‌दनशील दे‌खिए पनि पर्यटनलाई स्थान दिएन । समग्रमा बजे‌टबाट हामी उत्साहित हुने‌ अवस्था छै‌न ।

र‌मे‌श धमला, अध्यक्ष -टान

पर्यटन र‌ाजनीति मुक्त हुनुपर्छ