Thursday, December 12, 2019

भ्रमण बर्षमा पर्यटनमै बसेर योगदान दिईरहेका व्यक्तिहरुको राय पनि लिनुपर्यो : पौडेल

प्रकाशित मिति: 2019/11/14

कार्तिक २८, काठमाण्डौ । नेपाल भ्रमण बर्ष २०२० सुरु हुनै लागेको छ । यद्यपी अहिलेसम्म पर्यटकहरुले पाउने सेवा सुबिधा सम्बन्धमा कुनै पनि प्याकेज स्पष्ट छैन । यही बर्षभित्र युरोप अमेरिकी मुलुकहरुको भ्रमणका क्रममा पनि नेपाल आउन आग्रह गर्दा स्पेशल प्याकेज के छ ? भ्रमण बर्ष नै किन भनेर उनीहरुले सोध्दा उत्तर नभेटिने स्थीती छ । हालैका दिनहरुमा पनि मेरो व्याक्तिगत सम्पर्कमा रहेका बिदेशी पर्यटकहरुले नेपाल घुम्न चाहेको र भ्रमण बर्ष प्याकेजको बारेमा सोधीखोजी गर्ने गरेका छन । यस्तोमा तपाई आफै भन्नुस, उनीहरुलाई हामीले दिने जवाफ खै ? सरकारी तवरबाट हुने सहुलियत सम्बन्धमा कुनै जानकारी छैन ।

भ्रमण बर्षलाई सफल बनाउनको लागि टुर, ट्राभल अपरेटर, नेपाली फिल्म डकुमेन्ट्रीका माध्यमबाट भ्रमण बर्षको प्रचार गर्न सकिन्छ । सुरज बैद्य भ्रमण बर्ष संयोजक भनिएको छ, उहाँ आफ्नै भुमिका केकति ?
भ्रमण बर्ष परिचालन कमिटिमा राजनीतिक व्यक्ति मात्र नभई पर्यटनमै बसेर योगदान दिईरहेका व्यक्तिहरुसँग पनि परामर्श गरेर भ्रमण बर्ष परिचालन संयोजकका हिसाबले रणनिति आदन प्रदान गर्नु नितान्त आवश्यक छ । यसो हुन सकेको खण्डमा बिदेश भ्रमणका क्रममा होस वा नेपाल आउने पर्यटकहरुलाई पनि आधिकारीक रुपमा केही कुरा भन्न पाईने थियो, पर्यटन प्रवद्र्धनमा थोरबहुत व्यावसायिक उर्जा पनि थपिने नै थियो । यसमा सबैले मनन गरौँ । भ्रमण बर्षको तयारीमा सबै जुटौँ ।

पर्यटनमा ३ दशक बिताएका बरिष्ठ पर्यटन व्यावसायी तेजन्द्र शर्मा पौडेल गाउँले पर्यटन प्रवद्र्धन मञ्च, एसिया नेपाल होलिडे प्रालि र नेपाल भिलेज स्टे कम्पनी का अध्यक्ष तथा सञ्चालक हुन । उनीसँगको कुराकानीमा आधारित ।  

तपाईंको बिचार