Sunday, April 23, 2017  |    

अझै आएन पेट्रोलियम पदार्थ

प्रकाशित मिति: 2015/09/28

गन्तव्य नेपाल न्यूज/काठमाडौँ 
नेपालगन्ज नाकाबाट सोमबार बिहान ११ बजेसम्म ८ वटा मालवाहक ट्रक भित्रिएका छन् । इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार यी ट्रकहरुमा ५ वटा आलुका ट्रक, १÷१ वटा कुखुराको दाना, चुनाको गाडी र सिमेन्टमा प्रयोग हुने रसायन नेपाल भित्रिएको छ । 

यसमा पेट्रोलियम पदार्थको अहिलेसम्म भित्रिएको छैन । आइतबार ६ वटा डिजेल ट्याङकरसहित १३ वटा मालबाहक ट्रक भित्रिएका थिए । शुक्रबार र शनिबार भने नेपालगन्ज नाकाबाट एउटा पनि मालबाहक सवारीसाधान भित्रिएका थिएनन् । 
६४ वटा पेट्रोलियम टयाङ्करसहित १५० बढी मालबाहक ट्रक सिमावर्ती बजार रुपेडियामा रोकिएका छन् । बाँके जिल्ला प्रमुख कार्यालयले स्थानीयस्तरमा सुरक्षा प्रत्याभूति दिलाएर रोकिएका पेट्रोलियम पदार्थ भित्र्याउने पहल भइरहेको बताएको छ । 
नेपालको सुरक्षा अवस्थाको बहाना बनाएर भारतले पेट्रोलियम पदार्थ नेपाल भित्र्याउन रोकिरहेको छ  । 

तपाईंको बिचार