Saturday, July 29, 2017  |    

निगमले निजी पम्पमा पेट्रोल बिक्री रोक्यो

प्रकाशित मिति: 2015/09/28

गन्तव्य नेपाल न्यूज/काठमाडौँ 
नेपाल आयल निगमले निजी पम्पबाट हुने पेट्रोलको बिक्री, वितरण रोकेको छ । पेट्रोलियम पदार्थको आपूर्ति असहज भएपछि निगमले सोमबार निर्णय गरी सेना, प्रहरी, साझा र नेसनल ट्रेडिङको पम्पबाट पेट्रोल वितरण गर्ने बताएको हो ।
सरकारी स्वामित्वका त्यस्ता पम्पहरु उपत्यकामा ११ वटा रहेका छन् । सोमबार दिउसो ती पम्पहरूलाई निगमको थानकोट डिपोबाट पेट्रोल दिइएको छ । 
डिजेल र मट्टितेलको बिक्री वितरण भने निजी पम्पहरुबाट पनि हुने जनाईएको छ । निगमले सोमबार थानकोट स्थित डिपोबाट ६० वटा निजी पम्पलाई डिजेल वितरण गरेको छ । 
यसअघि निगमले आजैदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थ वितरणमा लागू गरेको कोटा प्रणालीअन्तर्गत निजी सवारी साधनतर्फ प्रतिहप्ता मोटरसाइकललाई तीन लिटर तथा चारपाङ्ग्रे सवारी साधनलाई १० लिटर पेट्रोल उपलब्ध गराइने व्यवस्था मिलाइएको छ । सार्वजनिकतर्फ ट्याक्सीलाई १० लिटर, माइक्रोबसका लागि १५ लिटर, मिनीबस र स्कुलबसका लागि २० लिटर र ठूला बसका लागि पनि प्रतिहप्ता ३० लिटर इन्धन कोटा तोकिएको छ ।

 

तपाईंको बिचार