Thursday, July 18, 2019

११ महिनामा ४६ करोडको विदेशी डटपेन खपत

प्रकाशित मिति: 2019/07/09

असार २४, काठमाडौं । नेपालमै डटपेन, मार्कर तथा अध्यापन साम्रगीहरु निर्माण भएपनि सबै क्षेत्रमा पु¥याउन नसक्दा भारत तथा विभिन्न देशबाट आयात गर्नुपर्ने अवस्था नेपालको रहेको छ । पछिल्लो ११ महिनामा नेपालीहररुले ४६ करोड रुपैयाँ बराबरको लेख्ने डटपेन खपत गरेका छन् । 

यस्तै विभागको तथ्याङ्क अनुसार ११ महिनामा ६९ लाख ओटा मार्कर मात्रै आयात भएका छन । यसरी दिनानुदिन निर्यात हुने तथा आन्तरिक बस्तुको खपत भन्दा बाह्य बस्तुको खपत सँगै आयात बढ्नाले व्यापारघाटा बढ्दै जाने सम्बद्ध उद्योगीहरुले जानकारी दिएका छन् । उद्योगीका अनुसार नेपालीको बानीमा परिवर्तन गर्दै नेपाली उत्पादनको प्रयोग बढाउनाले व्यापारघाटा विस्तारै कम गर्न सकिने छ । 

विभागको ११ महिनाको तथ्याङ्क अनुसार व्यापारघाटा मात्रै १२ खर्ब बढी पुगेको छ । नेपालबाट निर्यात हुनेभन्दा नेपालमा आयात हुने बस्तुहरुको उच्च खपतका कारण १२ खर्ब ११ अर्ब ९६ करोड रुपैयाँ व्यापारघाटा पुगेको छ । उक्त ११ महिनामा नेपालबाट ८७ अर्ब ८३ करोड रुपैयाँ बराबरको बस्तु निर्यात हुँदा १२ खर्ब ९९ अर्ब बराबरको बस्तु आयात भएको छ ।

तपाईंको बिचार