Saturday, September 21, 2019

शेयर बजारमा उच्च वृद्धि

प्रकाशित मिति: 2019/07/17

साउन १, काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन बुधबार शेयर बजार बढेको छ । कारोबार रकममा खासै वृद्धि नभएपनि शेयरको माग उच्च हुँदा नेप्से बढेको देखिन्छ । कारोबार सुरुभएपछि नेप्से लगातार बढेको थियो ।

बुधबार शेयर बजारमा परिसूचक नेप्से १५ दशालव ८५ अंकले बढेको छ । नयाँ आर्थिक वर्षको पहिलो दिन बजारमा विक्रीकर्ता भन्दा खरिदकर्ता बढी भएपछि नेप्सेमा उच्च सुधार देखिएको हो । सेन्सेटिभ परिसूचक पनि झण्डै ३ अंकले बढेको छ ।

परिसूचक बढेपनि कारोबार रकममा कुनै सुधार भएको छैन् । बुधबार १ सय ६७ कम्पनीको ४२ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आर्थिक वर्ष २०७५÷०७६ को अन्तिम भएकाले यसअघि लगानीकर्ताले शेयर खरिद घटाएका थिए ।

जसका कारण नेप्से प्रभावित भएको थियो । तर कारोबारमा आएका अधिकांश समुहमा वृद्धि भएको छ । जसको प्रभाव नेप्सेमा देखिएको छ । नेपाल बैंक, नेपाल लाईफ इन्स्योरेन्स लगायतका कम्पनीको शेयर कारोबार उच्च छ ।

तपाईंको बिचार