Saturday, October 19, 2019

आज मौद्रिक नीति आउने

प्रकाशित मिति: 2019/07/24

साउन ८, काठमाडौं । चालु आर्थिक वर्ष ०७६÷७७ को मौद्रिक नीति आज बुधबार सार्वजनिक हुने भएको छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिबाकोटीले बुधबार अपराह्न ४ बजे र्‍याडिसन होटल, लाजिम्पाटमा मौद्रिक नीति सार्वजनिक हुने जानकारी दिए ।

‘हाम्रो सञ्चालक समितिबाट मौद्रिक नीति पारित भइसकेको छ’, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘साँझ ४ बजे सार्वजनिक हुने पक्का भइसक्यो ।’

राष्ट्र बैंकले असार मसान्तमै मौद्रिक नीति सार्वजनिक गर्ने जनाएको थियो । तर, यसका लागि आवश्यक बोर्ड बैठक बस्न नसक्दा ढिलाइ भएको थियो ।

तपाईंको बिचार