Thursday, November 14, 2019

सुन्दर यातायात प्रालीको बिजुली बस अब साउनभित्रै, अशक्त, अपांगलाई निशुल्क यात्रा

प्रकाशित मिति: 2019/07/24

साउन ८, काठमाडौं । काठमाडौंको रिङरोडमा साउनभित्र बिजुली बस चल्ने भएको छ ।

सुन्दर यातायात प्रालीले सञ्चालनमा ल्याउन लागेको यो बस अरु भन्दा अलि भिन्न प्रकारको हुने छ । सुन्दर यातायात प्रालीका अध्यक्ष भेषबहादुर थापाका अनुसार ७ वटा ल्याउने बसमा २ वटा आइसकेको र ५ वटा चाइनाबाट हिडिसकेको छ । बस हालका लागि रिङ्गरोडमा रुट परमिटका लागि निवेदन दिएको र पछि गाडी आउँदा रिङ्गरोड बाहेका सडकमा पनि बिजुलीबस संचालनमा ल्याइने अध्यक्ष थापाले जानकारी दिए । यो वर्षभित्र २५ वटा बिजुली बस सञ्चालनमा ल्याउने सुन्दर यातायात प्रालीको लक्ष्य रहेको छ ।

सुन्दरले सुरुवाती चरणमा ४० सिट र ३० जान उभिएर यात्रा गर्न मिल्ने ४ ओटा तथा ३५ सिट र २५ जाना उभिएर यात्रा गर्न मिल्ने ३ ओटा बस संचालनमा ल्याउने छ । यी बसको भाडा अरु सार्वजनिक गाडीका भन्दा ५ रुपैयाँ कम हुने थापाले जानकारी दिए ।
‘यो गाडीको खर्च निकै न्यून छ । त्यसकारण अरुले २० रुपैयाँ लिएको ठाउँमा हामी १५ रुपैयामा यात्रा गराउछौ। विद्यार्थी लाई पनि त्यही अनुसार छुट छ,’ थापाले भने ।

त्यसैगरी अशक्त, अपांगलाई निशुल्क यात्रा गराउने उनले जानकारी दिए । यात्रा क्यास लेस बनाउन सुन्दर यातायातले ‘काठमाडौ सुन्दर कार्ड’ जारी गर्दै छ जो २ सय १५ रुपैयाँमा खरिद गर्न सकिन्छ । त्यसमा २ सय ६५ रुपैया व्यालेन्स हुने थापाले जानकारी दिए ।

त्यस्तै प्रभु पे बाट भाडा तिर्न सकिने र भाडा तिर्न सहजताको लागि अरु तरिका प्रयोग गर्ने तयारी भइरहेको उनले जानकारी दिए । गाडीमा ७ ओटा सिसि क्यामरा, जिपिएस, ह्याङ्गर लगाएतको विशेषताहरु रहेका छन्।

तपाईंको बिचार