Friday, October 18, 2019

सेयर बजारमा दोहोरो अंकको गिरावट

प्रकाशित मिति: 2019/07/25

साउन ९, काठमाडौं । साताको दोस्रो दिनदेखि  लगातार बढेको सेयर बजार साताको अन्तिम दिनसम्म भने टिक्न सकेन । 

साताको अन्तिम  बिहिबार सेयर कारोबार मापन गर्ने  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ  ।

बिहिबार नेप्से १४.१५ अंकले घटेर १ हजार २ सय ६९.९२ अंकमा पुगेको हो । नेप्से घटेको दिन सेन्सेटिभ इन्डेक्स पनि २.६६ अंकले घटेर २ सय ७३.४७ अंकमा पुगेको छ । 

यस दिन बजारमा कारोबारमा आएका १२ वटै समूहगत उपसूचक ओरालो लागेका छन्  । नेप्से घटेको दिन बजारमा १ सय ७१ कम्पनीका २१ लाख ९८ हजार १ सय २६  कित्ता सेयर ५५ करोड ५ लाख ३२ हजार १ सय ४६ रुपैयाँमा कारोबार भए । 

आज सेयर बजारमा प्रभु बैंकको कारोबार सबैभन्दा धेरै भयो । यस दिन कम्पनीको सेयर ६ करोड १७ लाख ५१ हजार ८ सय २७ रुपैयाँमा कारोबार भएको हो ।

यस दिन नेपाल ल्युब ओयलका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यस दिन कम्पनीको सेयर ८.८१ प्रतिशतले बढेको हो । त्यसैगरी, युनियल हाइड्रो पावरका लगानीकर्ताले सर्वाधिक ९.५७ प्रतिशत सेयर मूल्य गुमाए ।

तपाईंको बिचार