Wednesday, August 21, 2019

९ अंकले घट्यो नेस्से

प्रकाशित मिति: 2019/08/08

साउन २३, काठमाडौँ । बिहीबार नेप्से सूचक ९.९२ अंकले घटेर १२३८.५६ विन्दुमा आइपुगेको छ । १६६ कम्पनीको ४५ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

१८ लाख ७७ हजार ५४२ कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार भएका सबै समूहका सूचक घटेका छन् ।

निर्जीवन बिमा समूह सबैभन्दा धेरै ७५.४३ अंकले घटेको छ । वाणिज्य बैंक समूहको सूचक पनि ५.५४ अंकले तल झरेको छ ।

कारोबार रकममा रसुवागढी हाइ्रोपावर र सान्जेन जलविद्युत कम्पनी क्रमशः पहिलो र दोस्रो नम्बरमा परेका छन् ।

रसुवागढीको ९ करोड ७६ लाख रुपैयाँ र सान्जेनको ५ करोड १३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

सबैभन्दा धेरै सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले ५.७१५ ले कमाएका छन् । बढी गुमाउनेमा रसुवागढी हाइड्रोपावरका लगानीकर्ता छन् ।

यसको भाउ ९.७० प्रतिशतले घटेको हो । सान्जेनको पनि ४.६८ प्रतिशतले भाउ घटेको छ ।

तपाईंको बिचार