Thursday, October 24, 2019

नेप्सेमा सामान्य अंकको गिरावट ,कारोबार रकममा भने बृद्धि

प्रकाशित मिति: 2019/08/13

साउन २८,  काठमाडौ। साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्सेमा २ दशमलव ७८ अंकको सामान्य गिरावट देखिएको छ ।यस दिन नेप्से २ दशमलव ७८ अंकले घटेर १२३ दशमलव ०७ विन्दुमा झरेको छ। त्यस्तै यस दिन १६५ कम्पनीको १८ लाख ९६ हजार ४५४ कित्ता शेयर किनबेच भएर ४८ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार कारोबारमा आएका ११ उपसमुह मध्ये म्युचुअल फण्ड मात्रै सकारात्मक देखिएको छ जसको सूचक ० दशमलव ०१ प्रतिशतले सकारात्मक देखिएको हो ।

यसदिन होटल समुहको सूचक सबै भन्दा धेरै २२ दशमलव ५२ अंकले घटेको छ । यस्तै जीवन बीमा १९ दशमलव ४, उत्पादन तथा प्रशोधन ७ दशमलव ८१, विकास बैंक ७ दशमलव २४ र वाणिज्य बैंक समुहको सुचक १ दशमलव ३१ अंकले घटेको छ ।

तपाईंको बिचार