Friday, April 28, 2017  |    

नेपाललाई नजिस्क्याउन आयल निगमको आइओसीलाई चेतावनी

प्रकाशित मिति: 2015/10/05

गन्तव्य नेपाल न्यूज/काठमाडौँ 
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ रोक्ने भारतको निर्णयप्रति कडा आपत्ती जनाउँदै तेल नआएको अवधिको क्षतिपूर्ति भर्न इन्डियन आयल कर्पोरेसन(आइओसी)लाई कडा चेतावनीसहित पत्र पठाएको छ । निगमले शुक्रबार पठाएको पत्रमा तेल आपूर्ति नहुँदा आयल निगमले ठूलो बित्तीय घाटा व्यहोर्नुपरेको तथा कम्पनीको साखमा परेको नकारात्मक प्रभावको आइओसीले क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ । 
निगमले आईओसीलाई पठाएको पत्रमा उल्लेख छ, ‘एनओसी र आइओसीबीचको ४० वर्ष पुरानो सम्बन्ध अहिले दोबाटोमा छ । आइओसीसँग सम्झौंता नभए पनि एनओसीले व्योहोर्नु परेको ठूलो बित्तीय घाटा र कम्पनीको साखमा भएको क्षतिमा आइओसीले क्षतिपूर्ति दिनुपर्छ,’ यस विषयमा पछि पुनः पत्राचार गर्ने निगमले उल्लेख गरेको छ । 
आइओसीले डिपोमा पुगेका ट्यांकरमध्ये एकाधलाईमात्रै तेल दिएर ‘जिस्काएको’ निगमको ठहर छ । ‘यसले हाम्रो गम्भीर रुपमा ध्यान आर्क्षित भएको पनि छ । यो क्षेत्रको बहुराष्ट्रिय कम्पनीका रुपमा आइओसी जस्तो संस्था यस्ता अव्यवसायिक तथा गैरजिम्मेवार क्रियाकलाप, त्यो पनि एनओसी जस्तो लामो समयको व्यापारिक साझेदार संस्थासँग सुहाउने होइन।’ निगमले पत्रमा भनेको छ । 
निगमको संचालक समितिको बिहीबार बसेको बैठकले आइओसीलाई पत्र पठाउने निर्णय गरेको थियो ।

 

तपाईंको बिचार