Tuesday, March 28, 2017  |    

इन्धन किन्न सरकारले ग्लोबल टेण्डर आह्वान गर्‍यो

प्रकाशित मिति: 2015/10/08

गन्तव्य नेपाल न्यूज/काठमाडौँ 
सरकारले इन्धन आयातका लागि ग्लोबर टेन्डर आह्वान गरेको छ । लामो समयसम्म पनि नाका क्षेत्रमा भारतले नाकाबन्दी नहटाएपछि सरकारले इण्डियन आयल कर्पोरेशनको एकाधिकार तोड्दै ग्लोबर टेन्डर आह्वान गरेको हो । 
नेपाल आयल नियमले इन्धन पैठारीका लागि दैनिक पत्रिकामा सूचना छापेर टेन्डर आहृवान गरेको छ ।
स्वदेशी तथा विदेशी सप्लायर्सहरुले टेण्डरमा भाग लिन सक्ने सूचनामा जनाईएको छ । हवाइ मार्ग वा स्थलमार्गबाट काठमाडौंमा सरकारले कम्तिमा १५ दिनका लागि दैनिक २०० के एल डिजेल, पेट्रोल १०० केएल र हवाई इन्धन र मटिलेल २०० केएल र ग्यास १०० मेट्रिकटनका लागि टेण्डर आहृवान गरेको हो । सरकारले तीन दिनभित्र टेण्डर भर्न आहृवान गरेको छ ।

 

तपाईंको बिचार