Wednesday, August 23, 2017

मेड इन नेपाल २०७१ को प्रदर्शनी सम्पन्न

प्रकाशित मिति: 2015/04/11

चैत २८, काठमाण्डौं ९अस० । ‘हाम्रो पनि राम्रो पनि’ भन्ने नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा ‘मेड इन नेपाल’ प्रदर्शनी शुरु भएको छ । शुक्राबारबाट शुरु भएको प्रदर्शनीको उद्योग मन्त्रि महेश बस्नेतले उद्घाटन गरे ।

स्वदेशी वस्तुको प्रयोग गरी आयत प्रतिस्थापनमा सहयोग पु¥याउने उदेश्यले उक्त प्रदर्शनी आयोजना गरिएको हो । कार्यक्रमा बोल्दै मन्त्रि बस्नेतले भने ‘नेपाल अन्य मुलुकमा कामदार पठाउने देशका रुपमा मात्र चिनिएको छ अव नेपाली उत्पादन निर्यात गर्ने मुलुकको रुपमा पनि चिन्न आवश्यक छ,’ ।

त्यस्तै नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष निरञ्जन श्रेष्ठले स्वदेशी सामाग्रीको उत्पादन र प्रयोगले मात्र नेपालको विकास हुने बताए । उनले भने, ‘स्वदेशमा नै उद्योग खोल्न सके देशका युवाले रोजगार पाउने र विदेशमा गइरहेको जनशक्तिलाई स्वदेशमा नै उपयोग गर्न सकिन्थ्यो ।’

कार्यक्रममा बोल्दै अन्य वक्ताले स्वदेशमा नै उद्योग खोल्नु पर्ने  र स्वदेशी उत्पादनलाई प्रथमिकता दिनुपर्नेमा जोड दिए ।  यसका लागि राज्यको सहयोग आवश्यक रहेको उनीहरुको भनाइ थियो ।

प्रदर्शनीमा नेपाली बस्तु उत्पादनलगायत नेपाली सिने, म्यूजिक, साना तथा घरेलु, हस्तकला उद्योगलगायतका १ सय ३० स्टल रहेका छन् । त्यसमध्ये ३० स्टल साना तथा लद्यु उद्यमका छन् । प्रदर्शनीमा रहेका सामानको आन्तरिक मूल्य अभिवृद्धि ३० प्रतिशतभन्दा बढी रहेको आयोजकले बताएको छ । प्रदर्शनीमा रक्तदान र   फ्रि स्वास्थ्य जाँच समेत गर्न सकिने छ ।  चैत ३० गतेसम्म चलेको प्रदर्शनीमाको प्रवेश शुल्क २० रूपैयाँ थियो भने आयोजकले पठाएको निमन्त्रणा वा नेपाली सस्कृति झल्कने पोशाक लगाएर गएकाहरुलाई कुनै पनि शुल्क लिएको थिएन ।

तपाईंको बिचार