Saturday, September 21, 2019

चार सयले घट्यो सुनको मूल्य

प्रकाशित मिति: 2019/09/01

भदौ १५, काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला चार सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबार छापावाल सुन ७२ हजारमा कारोबार भएको छ । शुक्रबार तोलामा ७२ हजार ४०० मा कारोबार भएको थियो ।

बिहीबार सुनको मूल्य अहिलेसम्मकै उच्च पुगेको थियो । बिहीबार प्रतितोला ७३ हजार ४०० रुपैयाँ कारबोर भएको थियो ।

यस्तै चाँदी आइतबार तोलामा ८८५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईंको बिचार