Saturday, September 21, 2019

यस वर्ष सुन कारोबारमा कमीः ७५ प्रतिशतले कम भयो

प्रकाशित मिति: 2019/09/01

भदौ १५, काठमाडौं । गत वर्षभन्दा तुलनामा यस वर्ष सुनको कारोबारमा कमी आएको व्यवसायीहरुले बताएका छन् । यो वर्ष व्यापारमा ७५ प्रतिशले कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्माले तीज लक्षित सुनको कारोबार एकदमै न्यून रहेको बताएका छन् । उनका अनुसार झन्डै ७५ प्रतिशतले कारोबार घटेको छ । सुनको मूल्य ह्वात्तै बढेकाले कम कारोबार भएको हो,” उनले भने ।

सुनको मूल्य अन्तर्राष्ट्रिय स्तरमै बढेको बताउँदै उनले मूल्य बढेपछि कारोबार घटेको प्रष्ट पारे । नेपालमा करिब २२ हजार व्यवसायीले सुनको कारोबार गर्दै आएका छन् । सुनको मूल्य बढेसँगै किन्नेभन्दा बेच्ने र साट्नेको संख्या धेरै भएको विश्वकर्माले जानकारी दिए । 

तपाईंको बिचार