Monday, October 21, 2019

घट्यो सुन चाँदीको मूल्य

प्रकाशित मिति: 2019/09/12

भदौ २६, काठमाडौं । लगातार बढेर नयाँ नयाँ कीर्तिमान कायम गरेको सुनको मूल्य अहिले भने ओरालो लाग्न थालेको छ ।

सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य ७० हजार ८ सयमा झरेको बताएका छन् ।

बुधबार प्रतितोला ७१ हजारमा सुनको कारोबार भएको थियो । तेजावी सुनको मूल्य प्रतितोला ७० हजार ५ सयमा झरेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला १० रुपैयाँ बढेर ८ सय ८० भएको चाँदी बिहीबार ५ रुपैयाँ सस्तो भएको हो ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घट्न थालेपछि अहिले नेपाली बजारमा पनि सुनको मूल्यमा कमी आएको हो । अहिले अन्तर्राष्ट्रिय बजारमा औंस १४९० अमेरिकी डलरमा सुनको कारोबार भइरहेको छ ।

तपाईंको बिचार