Thursday, October 24, 2019

दशैंका लागि ९५ प्रतिशत हवाई टिकट बुकिङ भइसकेको हवाई कम्पनीहरुको भनाइ

प्रकाशित मिति: 2019/09/17

भदौ ३१, काठमाडौं । सधै जस्तो यसवर्षपनि दशैंका लागि हवाई टिकट बुकिङ भइसकेको छ । अग्रिम टिकट बुकिङ खुल्ला गर्नुअघि नै महँगो शुल्कमा बुकिङ भएको बताइएको छ । हालसम्म असोज १६ र १७ गतेका लागि ९५ प्रतिशत बुकिङ भएको हवाई कम्पनीहरुले जनाएका छन् ।

हवाई कम्पनीहरुले अग्रिक बुकिङ खोल्नु अघि नै धेरै टिकट बुक भएको बताएका छन् । उनीहरुले अनलाईन मार्फत बुकिङ गर्न पाउने सुविधाका कारण यस्तो भएको बताएका छन् । ई–सेवा, आइएमई पे, प्रभु पे जस्ता एप्पबाट हवाई टिकट बुकिङ साथै भूक्तानी गर्न सकिन्छ । नेपाल वायुसेवा निगमले २५ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ला गरेको थियो । निगमका अनुसार आन्तरीक उडानतर्फ काठमाडौंबाट विराटनगर, नेपालगञ्ज, झापा र धनगढीतर्फको असोज १६ र १७ गतेको टिकट बुकिङ भइसकेको छ । अन्तर्राष्ट्रिय उडान तर्फ कोललम्पुर, दुवाई, हङकङ कतारबाट नेपाल आउनेको समेत असोज २० गतेसम्मको टिकट ९० प्रतिशत बुकिङ भएको वायु सेवा निगमले जनाएको छ ।

नेपाल वायु सेवा निगमको दुवाई–काठमाडौं हप्तामा ४ उडान भर्छ । असोज २० गतेसम्म एयरबसको क्षमताअनुसार मात्रै ९९ सिट बुकिङ हुन बाँकी छ । त्यस्तै मलेसिय–काठमाडौं असोज १६ र १८ गते भर्ने उडानमा क्षमताभन्दा ७ सिट बढी बुकिङ भइसकेको छ । निगमले क्षमता भन्दा बढी बुकिङ अन्य हप्तामा मिलाउने गरेको छ । त्यस्तै हङकङ–काठमाडौं, कतार–काठमाडौंको समेत बुकिङ सकिसेकेको निगमको भनाई छ । तर, नेपालका ग्रामिण क्षेत्रमा उडान तर्फ बुकिङ खुलेका छैनन ।

यता, बुद्ध एयरलाईन्सको पनि काठमाडौं – तुम्लिङटार सम्मको टिकट बुकिङ सकिएको छ । अन्य आन्तरिक विमानस्थलहरुको पनि लगभग बुकिङ सकिन लागेको जनाएको छ । बुद्ध एयरलाईन्सले एक महिना अघिदेखिनै अग्रिम टिकट बुकिङ खुल्ला गरेको थियो । अन्य यती, सौर्य एयसलाईन्सहरुको पनि धमाधम टिकट बुकिङ भइरहेको छ । दशैकै बेला काठमाडौं बाहिर हवाईयात्रामा जाने टिकट महँगो पर्छ । काठमाडौंबाट विभिन्न गन्तव्यमा जाने यात्रु हुने तर, फर्किदा यात्रु नहुने भएकाले घाटा व्यवस्थापनाका लागि वायु सेवा कम्पनीहरुले टिकट महँग्याइएको दाबी गर्छन् ।

तपाईंको बिचार