Thursday, December 12, 2019

सेयर बजारमा झिनो सुधार

प्रकाशित मिति: 2019/11/14

२८ कार्तिक, काठमाडौं । साताको अन्तिम दिन सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा झिनो सुधार आएको छ  । आज नेप्से ०.७९ अंकले बढेर एक हजार एक सय ३५.९५ अंकमा पुगेको हो । 

नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स्ट भने ०.११ अंकले घटेर २५०.०६ अंकमा पुगेको छ  । आज बजारमा १६३ कम्पनीका ८ लाख ३३ हजार ८८१ कित्ता सेयर २२ करोड ८३ लाख ५७ हजार ४९३ रुपैयाँमा कारोबार भए । 

यस दिन कारोबारमा आएका १२ वटा समूहगत उपसुचक मध्ये  आठ समूह उकालो लागे भने बाँकी चार समूह ओरालो लागे  । उकालो लाग्नेमा ट्रेडिङ समूह सर्वाधिक २२.४४ अंकले उकालो लाग्यो भने माइक्रो फाइनान्स् समूह सर्वाधिक ६.७ अंकले ओरालो लाग्यो । 

बिहिबार बजारमा एनएमबि बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर चार करोड २९ लाख ६८ हजार ३७ रुपैयाँका कारोबार भएको हो । यस दिन साल्ट ट्रेडिङका लगानीकर्ताले सर्वाधिक ९.९१ प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, ग्लोबल आईएमई सम्मुनतका लगानीकर्ताले सर्वाधिक ५.६६ प्रतिशत सेयर मूल्य गुमाए । 

तपाईंको बिचार