Thursday, December 12, 2019

प्रतितोला दुई सय घट्यो सुन

प्रकाशित मिति: 2019/11/15

२९ कार्तिक, काठमाडौं । साताको अन्तिम दिन बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बिहिबारको तुलनामा शुक्रबार सुन प्रतितोला दुई सय रुपैयाँ घटेको हो ।

बिहिबार प्रतितोला ७२ हजार रुपैयाँ रहेका सुन शुक्रबार प्रतितोला दुई सय रुपैयाँ घटेर कारोबार भइरहेको छ  । शुक्रबारको लागि बजारमा छापावाला सुन प्रतितोला ७१ हजार आठ सय र तेजावी सुन प्रतितोला ७१ हजार पाँच सयमा कारोबार भएको महासंघले जानकारी दिएको छ । 

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । बिहिबार प्रतितोला ८६० रुपैयाँ रहेको चाँदी शुक्रबार प्रतितोला पाँच रुपैयाँ घटेर प्रतितोला ८५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

तपाईंको बिचार