Thursday, December 12, 2019

रोकिएन नेप्सेको ओरालो यात्रा, नेप्से झिनो अंकले गिरावट

प्रकाशित मिति: 2019/11/19

३ मंसिर, काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ दशमलव १४ अंकले घटेर १ हजार १२९ दशमलव ९९ बिन्दुमा पुगेको छ ।

त्यस्तै यस दिन ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक ०.३१ अंकले बढेर २ सय ४८ दशमलव ९१ अंकमा पुगेर बन्द भएको छ ।

यस दिन कुल १६३ वटा कम्पनीको १० लाख १६ हजार ४० कित्ता शेयरको किनबेच भई २५ करोड ९३ लाख ३० हजार ५९५ रुपैया बराबरको कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका १२ वटा समूहमध्ये ६ वटा समूहको शेयर मूल्य बढेको छ भने ६ वटाका शेयर मूल्यमा गिरावट आएको छ । यस दिन ट्रेडिङ समूह २७ दशमलव ६४ अंक, होटल समूह ४९ दशमलव ११ अंक, विकास बैंक २ अंक, उत्पादन समूह ० दशमलव २८ अंक, अन्य समूह १ दशमलव ६६ अंक, म्युचल फण्ड ० दशमलव ०२ अंकले बढेको छ भने बैकिङ समूह १ दशमलव ६२ अंक, जलविद्यूत समूह १ दशमलव ६२ अंक, वित्त समूह २ दशमलव ८९ अंक, निर्जिवन विमा समूह ३९ दशमलव ७१ अंक, लघुवित्त समूह ० दशमलव ८७ अंक र जीवन विमा समूह २५ दशमलव ११ अंकले घटेको छ ।

 

तपाईंको बिचार