Thursday, December 12, 2019

सुनको मूल्यमा गिरावट, चाँदी स्थिर

प्रकाशित मिति: 2019/11/22

६ मंसिर, काठमाडौं । शुक्रबार बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला तीन सय रुपैयाँ घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । 

महासंघका अनुसार शुक्रबारको लागि छापावाला सुन प्रतितोला ७१ हजार सात सय र तेजावी सुन प्रतितोला ७१ हजार चार सय रुपैयाँ निर्धारण गरिएको हो ।

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला ८६० मा कारोबार भइरहेको चाँदी शुक्रबार पनि सोहि स्थिर मूल्यमा कारोबार भइरहेको महासंघको भनाई छ ।

 

तपाईंको बिचार