Tuesday, February 18, 2020

सुन प्रतितोला दुई सय घट्यो

प्रकाशित मिति: 2019/12/05

१९ मंसिर, काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघले दिएको जानकारी अनुसार बुधबार प्रतितोला ७२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा दुई सय रुपैयाँ घटेको हो । 

महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ७२ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला ७१ हजार सात सय रुपैयाँ निर्धारण गरिएको छ ।

बिहीबार सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला ८६५ रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला १५ रुपैयाँ घटेर आज प्रतितोला ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको बिचार