Tuesday, May 30, 2017  |    

तेल लिन निगमका ट्याङ्कर तिब्बत प्रस्थान

प्रकाशित मिति: 2015/10/30

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
उत्तरी छिमेकी चीनले उपलब्ध गराउने पेट्रोलियम पदार्थ लिन आज बिहान ट्याङ्करहरु तिब्बततर्फ लागेका छन् । नेपाल आयल निगमको थानकोटस्थित भण्डारण केन्द्रबाट १२ हजार लिटर पेट्रोल बोक्न सक्ने १२ वटै गाडी तिब्बततर्फ लागेका हुन् । 
निगमका निमित्त निर्देशक दीपक बराल र चिनिया पक्षसमेत पेट्रोलियम पदार्थ ल्याउनका लागि हिडेका छन् । नाकाबन्दीका कारण भारतले निगमलाई उपलब्ध गराउँदै आएको इन्धनमा कटौती गरेपछि नेपालले पहिलोपटक इन्धन आपूर्तिका चीनबाट गर्नका लागि पहल गरेको हो ।

तपाईंको बिचार