Thursday, September 21, 2017

तेस्रो मुलुकबाट इन्धन ल्याउन कूटनीतिक पहल

प्रकाशित मिति: 2015/11/10

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
भारतीय नाकाबन्दीका कारण इन्धन आपूर्ति असहज बन्दै गएपछि सरकारले तेस्रो मुलुकबाट इन्धन भित्र्याउन पहल थालेको छ ।  परराष्ट्र मन्त्रालयले बंगलादेश, रूस र साउदी अरेबियाका काठमाडौंस्थित राजदूत एवं कूटनीतिक प्रतिनिधिसँग यसबारे परामर्श थालेको हो । 
यद्यपी, तेस्रो मुलुकबाट दीर्घकालीन रूपमा इन्धन ल्याउन अहिलेकै पूर्वाधारले सम्भव नभएको परराष्ट्रकै अधिकारीहरु बताउँछन् ।  इन्धन संकट टार्ने सम्बन्धमा विकल्पहरुको खोजी भईरहेको पनि ति अधिकारीले बताए । 
विमानबाट इन्धन आयात गर्ने विषयमा कूटनीतिक प्रतिनिधिसँग राय पनि मागिएको बताईएको छ । बंगलादेशबाट पेट्रोल र हवाई इन्धन आयात गर्न सकिनेबारे सकारात्मक कुरा भएको ती अधिकारीले बताए । मन्त्रालयले बंगलादेश, रुस र साउदी अरेबियाका काठमाडौंस्थित कूटनीतिक प्रतिनिधिसँगसमेत परामर्श गरेको छ । 
यसअघि नै सरकारले चीनलगायत अन्य मुलुकबाट पनि इन्धन भित्र्याउन कूटनीतिक प्रयास गर्ने निर्णय गरेको थियो । 

 

 

तपाईंको बिचार