Sunday, March 26, 2017  |    

इन्धन सम्झौता गर्न नेपाली टोली शनिबार चीन जाने

प्रकाशित मिति: 2015/11/20

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
भारतीय नाकाबन्दीका कारण लामो समयदेखि इन्धन आपूर्ति हुन नसकेपछि ब्यापारिक सम्झौता गर्न नेपाली टोली भोलि शनिबार मात्रै चीन जाने भएको छ ।
यसअघि शुक्रबार नै जाने तय भए पनि अन्तिम समयमा आएर शनिबार जाने कार्यक्रम तय भएको छ । 
टोलिले सोमबारदेखि चाइना नेशनल पेट्रोलियम कर्पोरशन (पेट्रो चाइना) सँग खरिद समझौताबारे छलफल थाल्नेछ । टोलीमा परराष्ट्र, कानुन, अर्थ, गुणस्तर विभागका प्रतिनिधि सहभागि हुनेछन् ।
भारतले अघोषित नाकाबन्दी गरेपछि नेपालले चीनसँग ब्यवयायिक इन्धन आपूर्तिका लागि समझदारी गरिसकेको छ ।

 

तपाईंको बिचार