Tuesday, November 21, 2017

इन्धन अभावले आन्तरिक उडान पुनः प्रभावित

प्रकाशित मिति: 2015/11/20

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
लामो समयदेखिको इन्धन अभावका कारण हवाई उडान पुनः प्रभावित भएको छ । शुक्रबारका लागि नेपाल आयल निगमले आन्तरिक वायुसेवा कम्पनीलाई इन्धन उपलब्ध गराउन नसकिने जानकारी दिएको छ । निगमको घोषणासँगै शुक्रबारका लागि तय भएका दुई सयभन्दा बढी उडानमध्ये ७० प्रतिशतसम्म रद्द भएको छ । 
वायुसेवा सञ्चालक संघले आयल निगमले काठमाडौंमा तेल नपाइने र बाहिरका विमानस्थलमा भने दिने भनेकाले बढीमा ३० प्रतिशतसम्म उडान गर्न सकिने जनाएको छ । 
संघले उडान रद्द गर्नुपरेकोमा यात्रुसमक्ष क्षमासमेत मागेको आचार्यको भनाइ छ । 
इन्धन अभावकै कारण यसअघि गत कात्तिक २२ गते ९० प्रतिशतसम्म र सोमबार आधा उडान रद्द भएका थिए ।

 

तपाईंको बिचार