Sunday, April 23, 2017  |    

दोहोरो कर हटाउन चीन असहमत

प्रकाशित मिति: 2015/11/22

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
लामो समयदेखिको भारतीय नाकाबन्दीका कारण चरम इन्धन संकट झेलेका सर्वसाधरणले चीनबाट इन्धन आपूर्ति हुने आशा राखे पनि उक्त आशामा अवरोध देखिएको छ । नेपालमा चीनबाट इन्धन आयात गर्ने सम्बन्धमा दोहोरो करका विषयमा कुरा नमिल्दा इन्धन सम्झौता रोकिएको छ ।  
इन्धन ल्याउँदा लाग्ने कर छुट गर्न सरकारले गरेको प्रस्ताव चीन सरकारले नमानेपछि सम्झौता रोकिएको हो । दोहोरो कर हटाउने विषयमा चीन सकरात्मक नभएको अधिकारीहरुले बताएका छन् ।  
यथावत अवस्थामा चीनबाट इन्धन आयात गर्दा भारतबाट भन्दा प्रतिलिटर तेलमा थप १३ रुपैयाँ महँगो पर्छ । नेपाल ल्याउदाँ फेरि भन्सारमा पनि कर तिर्नुपर्छ जसका कारण सर्वसाधरणले इन्धन पाएको खण्डमा साविककोभन्दा चर्को मूल्य तिर्नुपर्ने हुन्छ । 
चीनसँग इन्धन सम्झौता गर्न गत शुक्रबार नै एक टोली त्यसतर्फ जाने भनेपनि टोली अझै गएको छैन् । इन्धन सम्झौतामा वाणिज्य मन्त्रालयले पनि ढिलासुस्ती गरिरहेको आयल निगमका एक अधिकारीले बताए । 
व्यावसायिक सम्झौतापछि नेपालले  चीनबाट पेट्रोल, डिजेल, ग्यासलगायत सबै प्रकारको इन्धन आयात गरिने तयारी गरेको छ ।

 

तपाईंको बिचार