Wednesday, May 24, 2017  |    

झण्डै चार हजार परिवारलाई दाउरा बेचेर सरकारले ५६ लाख कमायो

प्रकाशित मिति: 2015/11/25

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
राजधानीका विभिन्न चार डिपोहरुबाट १० पहिलेदेखि वितरण थालिएको दाउराको विक्रिबाट हालसम्म ५६ लाख रुपैयाँ बढी कमाई भएको टिम्बर कर्पोरेसनले जनाएको छ । लाख ८६ हजार किलो दाउरा बिक्री भएको टिम्बर कर्पोरेशन अफ नेपाल (टीसीएन) ले जनाएको छ ।
कर्पोरेसनका अनुसार दाउरा बिक्रिबाट सरकारले ५६ लाख रुपैयाँ भन्दा बढी कमाइ गरेको छ ।
कर्पोरेसनका अनुसार काठमाडौंमा अझै एक लाख २९ हजार किलो दाउरा मौज्दात छ । सरकारले पाँच लाख ६ हजार सात सय किलो दाउरा काठमाडौं ल्याइसकेको पनि कर्पोरेसन बताउँछ
प्रतिपरिवार १५ रुपैयाँका दरले सय केजी दाउरा बिक्री भइरहेको छ । संस्थागत रुपमा दाउरा लैजानेलाई भने किलो १७ रुपैयाँ लिइएको छ ।

 

तपाईंको बिचार