Thursday, October 19, 2017

अनियमितता भएको पाईएपछि आयल निगमकै पम्पमा सिलबन्दी !

प्रकाशित मिति: 2015/11/26

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
नेपाल आयल निगम क्षेत्रीय कार्यालय भलवारीअन्तर्गतको अञ्चलपुर भैरहवा पेट्रोल पम्प स्थानीय अनुगमन समितिले सिलबन्दी गरिदिएको छ । 
वाणिज्य विभागको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रुपन्देही, नापतौल तथा गुणस्तर कार्यालय, प्रहरी र सञ्चारकर्मीसहितको टोलीले सुरु गरेको अनुगमनका क्रममा सरकारी पेट्रोल पम्पमा नै अनियमितता भएको पाइएपछि पम्पमा सिल लगाइएको हो । 
अनुगमनमा खटिएको टोलीले पम्पमा जाँच गर्दा पम्पमा डबल नोजल प्रयोग गरिएको पाइएपछि शिलबन्दी गरिएको हो । शिल गरिएपछि थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
अनुगमन टोलीले भैरहवाका अन्य स्थानमा पनि अनुगमन जारी राखेको छ । 

 

तपाईंको बिचार