Tuesday, May 23, 2017  |    

कालोबजारी बढेपछि प्रहरीद्वारा इन्धन बोक्ने गाडीमा कडाई

प्रकाशित मिति: 2015/11/27

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
इन्धनको अबैध कारोबार र कालोबजारी बढन् थालेपछि चर्को इन्धन बोक्ने सवारी साधनको जाँचमा प्रहरीले कडाई गरेको छ । 
काकडभिट्टा लगायतका क्षेत्रबाट काठमाडौं आउने सवारीसाधनले छत र सवारीसाधनभित्र पेट्रोलका ड्रम र ग्यालेन राखेर आउने क्रम बढेपछी प्रहरीले बिहीबार मात्रै १४ वटा सवारीसाधनलाई नियन्त्रणमा लिई उनीहरुले ल्याएको १५ हजार लिटर डिजेल ७ हजार लिटर पेट्रोल जफत गरेको छ । २ हजार लिटर मट्टितेल र ३७ सिलिन्डर ग्यास समेत नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 
गृह मन्त्रालयले कालोबजारी नियन्त्रणमा कडाइ गर्न प्रहरीलाई निर्देशन दिएपछि पछिल्लो समय इन्धन, खाना पकाउने ग्यास कालोबजारी गरेको आरोपमा पक्राउ पर्नेको संख्या बढेको छ ।
काठमाडौं प्रहरीले एक सातामा काठमाडौंका विभिन्न स्थानबाट कालोबजारीमा संलग्न रहेको आरोपमा ४१ जनालाई ५ हजार लिटर पेट्रोल र एक हजार लिटर डिजेलसहित पक्राउ गरीसकेको छ ।

तपाईंको बिचार